८ मंसिर २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

किन आए अचानक विप्लव काठमाडौँ ?

२२ माघ २०७९, आईतवार ०७:२३

माघ २२, काठमाडौँ | नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ पार्टीका बैठक सकेर कलिवस्तुको शिवगढीबाट काठमाडौं आइपुगेका छन् । गत शनिवार काठमाडौँ आएका विप्लव प्रधानमन्त्री प्रचण्डलाई भेट्न आएका हुन् । प्रधानमन्त्री प्रचण्डसहित नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरालाई भेट्न उनी कपिलवस्तुको  शिवगढीबाट काठमाडौँ आएका हुन् ।

पार्टीको सचिवालय, पोलिटब्यूरो र केन्द्रीय समिति बैठक सकेर विप्लव काठमाडौं आएका हुन् । महरालाई भेटे पनि प्रधानमन्त्रीसँग भेट हुन नसकेको विप्लव निकट एक नेताले बताए । प्रधानमन्त्रीसँग  समय माग गरिए पनि पाउन नसकिएको ती नेताले बताए । विप्लव बन्दी बनाइएका आफ्ना नेता कार्यकर्ताको  रिहाई र मुद्दा फिर्ताका विषयमा छलफल गर्न काठमाडौँ आएको हुन सक्ने आकलन गरिएको छ । 

यसअघि महरा विप्लवलाई भेट्न शिवगढी गएका थिए । गत पुस ३० गते गृहजिल्ला रोल्पा जानेक्रममा विप्लवलाई महराले भेटेका हुन् । विप्लवले पार्टी एकताका विषयमा प्रधानमन्त्रीसँग छलफल गर्न सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरहरा प्रवेश गर्न ५० रुपैंयाँ, चढ्न दुईसय रुपैंयाँ शुल्क लाग्ने नेपाल फिल्म सोसाइटीको अध्यक्षमा कृष्ण मल्ल निर्वाचित अस्ट्रेलियाविरुद्ध पहिलो टेस्ट क्रिकेटमा भारतको ४६ रनको अग्रता मित्रराष्ट्रहरुसँग हाम्रो सम्बन्ध सुमधुर हुनुपर्छ : मन्त्री सिंह जरिवाना तोकेपछि एमाले महासचिवले भने– मेयरको प्राथमिकता सरसफाइ नभएर स्टण्टबाजी हो जिल्ला प्रशासन महोत्तरीका नासु घुससहित पक्राउ आज काठमाडौँको यी स्थानमा ७ घण्टा विद्युत् अवरूद्ध हुने दरबारमार्गमा फोहोर गरेपछि एमालेलाई महानगरले तिरायो एक लाख जरिवाना एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल वार्ता यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर आजको मौसम :यी ४ प्रदेशमा हल्का वर्षा तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना दैलेखमा यात्रुवाहक बस दुर्घटना यी हुन् मन्त्रिपरिषद्का निर्णय मंसिर ९ देखि धरहरा सःशुल्क सञ्‍चालनमा आउने ‘१८ महिनापछि देउवा प्रधानमन्त्री, ०८४ सम्म यही समीकरण टिक्छ’ महाकाली सन्धिको नाममा पार्टीलाइ विभाजित गर्ने प्रयास भइरहेको छ: शंकर पोखरेल काठमाडौं सहित देशका विभिन्न स्थानमा ३ जना मृत भेटिए जनमतकी सांसद सापकोटालाई पदबाट हटाउन नमिल्ने सभामुखको निर्णय जागरण सभामा ओलीले भने- अमेरिकाको बैंकका आधा सम्पत्ति मेरै हो भन्दिए भो त दुर्गा प्रसाईंले सर्वोच्चमा दर्ता गराए बन्दी प्रत्यक्षीकरणको रिट, आइतबार सुनुवाइ