2026-09-18 04:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

टिप्स

कपाल झर्ने समस्याबाट हैरान हुनुहुन्छ ? अपनाउनुहोस् यी घरेलु उपाय

काठमाडौँ | जाडो मौसममा कपाल झर्ने समस्या निकै सामान्य हो । यति बेला वातावरण निकै चिसो हुन्छ जसले वातावरणलाई सुख्खा बनाउँछ र कपाललाई पनि रुखो बनाउँछ । धेरै मानिसहरू यो समस्या हटाउन विभिन्न प्रकारका उत्पादनहरू प्रयोग गर्छन् । यी उत्पादनहरूले कपाललाई अस्थायी राहत त दिन्छ । तर यसको अत्यधिक प्रयोग कपालका लागि हानिकारक हुन सक्छ । यस्तो अवस्थामा कपाल झर्ने समस्याबाट छुटकारा पाउन यी आयुर्वेदिक टिप्सको मद्दत लिन सकिन्छ । यी आयुर्वेदिक टिप्स पालना गर्नाले कपाल बलियो हुनुका साथै चम्किलो पनि बन्छ । आउनुहोस् कपाल झर्ने समस्याबाट छुटकारा पाउन आयुर्वेदिक टिप्स बारे जानौँ ।

–नीम र बयरका पातलाई पानीमा पिसेर टाउकोमा लगाउनुहोस्। दुई घण्टापछि टाउको धुनुहोस्। एक महिनासम्म यसो गर्दा कपाल झर्न रोकिन्छ र नयाँ कपाल उम्रिन पनि मद्दत मिल्छ।

– अमला टुक्रा बनाउने र त्यसमा नरिवलको तेल राखेर एक छिन घाममा राखेर तातो बनाउने । सेलाएपछि यसलाई बिस्तारै कपालको जरामा लगाउने । यसो गर्दा पनि कपाल झर्ने समस्याबाट मुक्ति पाउन सकिन्छ ।

– कपाल झर्न रोक्न प्याजको रस प्रयोग गर्नु निकै फाइदाजनक मानिन्छ । किनभने प्याजको रसले कपाल झर्नबाट बचाउँछ । यसका लागि प्याज पिसेर यसको रस निकाल्नुहोस् । त्यसपछि यो रसलाई कपालको जरामा लगाएर मालिस गर्नुहोस् । त्यसपछि आधा घण्टापछि पानीले धुनुहोस् । यसो गर्दा यसको प्रभाव कपालमा छिट्टै देखिनेछ ।

–कपाल झर्ने समस्याबाट बच्न नरिवलको तेलमा अलिकति मेथीको दाना हालेर पकाउनुहोस्। त्यसपछि यो तेललाई छानेर बोतलमा राख्नुहोस्। यो तेल नियमित प्रयोग गर्नुहोस्।

–कागतीको ताजा बोक्रालाई पानीमा हालेर उमाल्नुहोस्। बोक्रा पुरै नगलुन्जेलसम्म उमाल्नुहोस्। पछि यो पानीलाई बिस्तारै–बिस्तारै टाउकोमा रगड्नुहोस्। यसबाट टाउकोको पुरै मैला निस्किन्छ तथा कपाल झर्नबाट रोकिन्छ।

–कपालमा अमलाको रसले मालिस गर्नुहोस्। खुइलिएको ठाउँमा नयाँ कपाल उम्रिन थाल्नेछ।

–अनारको पात पिसेर टाउकोमा लेप गर्नाले खुइलिएको स्थानमा कपाल पलाउँछ।

–एक गिलास पानीमा दुई चम्चा चिया हालेर उमालेर चिसो भइसकेपछि यसमा कागती निचोर्नुहोस्। कपाललाई राम्ररी धोएर अन्त्यमा यो पानीले धुनुहोस्, त्यसपछि सफा पानीले कपाल पखाल्नुहोस्। यसबाट कपाल स्वस्थ, चम्किलो र बलियो बन्नेछ। कपाल झर्न रोकिनेछ।

–तुलसीका बीउलाई बेल या नीमका पातसँग उमालेर, त्यस पानीले कपाल धुनाले लाभ हुन्छ ।

के नगर्ने ?

– यदि तपाईँले नियमित रूपमा एन्टी ड्यान्ड्रफ स्याम्पु लगाएर नुहाउने गर्नुहुन्छ भने त्यसलाई रोकिदिनुहोस् । एन्टी ड्यान्ड्रफ स्याम्पु धेरै समयसम्म प्रयोग गर्दा त्यसले तपाईँको कपाल लाई कमजोर र टाउकोको छाला चिल्लो बनाउँछ जसले गर्दा त्यस ठाउँमा फेरी कपाल पलाउँदैन । त्यसैले यसको प्रयोग महिनाको एक पटक मात्र गर्नुहोस् ।

– विभिन्न किसिमका रङ्ग नलगाउने । रङले कपालको सुन्दरतामा खराबी ल्याउँछ ।

– स्ट्रेट गर्नाले कपाल खराब हुन्छ अक्सर महिलाहरूले पार्लरमा एकै समयमा कपाललाई स्ट्रेटनिंग र कलरिंग ट्रिटमेन्ट गरीरहेको देख्न सकिन्छ तर तपाईँ आफ्नो कपाल साँच्चै नै राम्रो होस् भन्ने चाहनुहुन्छ भने यस्तो नगर्नुहोस् ।

-नुहाएपछि कपाल राम्ररी सुक्न दिएर मात्र कोर्ने । अफिसको हतारले गर्दा धेरै मानिसले नुहाउनासाथ कपाल कोर्ने बानी हुन्छ । तर, यो बानी राम्रो होइन । त्यसैले कपाल पुर्णरुपमा सुकेपछी मात्र कपालमा काइँयो लगाउने गर्नुहोस् ।

-हेड रोलर्सको प्रयोग धेरै नगर्ने । कपाललाई कर्ली बनाउन रात भरी हेड रोलर्स राखेर नछोड्नुहोस् । तपाईँ को कपालमा त्यसको अधिकतम समय ३/४ घण्टा मात्र हुन्छ । धेरै समय राख्दा तपाईँको कपाल रोलर्समा फसेर टुट्छ र कपाललाई कमजोर बनाउँछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई सरकार कानमा तेल हालेर आँखामा पट्टि बाँधेर बसेको छ : सांसद थपलिया