2026-09-21 07:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

स्कटल्यान्डद्वारा नामिबियालाई २२२ रनको लक्ष्य

फागुन ८,  काठमाडौँ | आईसीसी विश्वकप क्रिकेट लिग- २ अन्तर्गत त्रिदेशीय शृंखलामा सोमबार स्कटल्यान्डले नामिबियालाई दुई सय २२ रनको लक्ष्य दिएको छ। कीर्तिपुरमा जारी त्रिदेशीय एकदिवसीय शृंखलामा अन्तिम खेल खेलिरहेको नामिबियाले ४८.४ ओभरमा सबै विकेट गुमाएर दुई सय २१ रनको योगफल तयार गर्‍यो।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको स्कटल्यान्डका लागि क्रिस्टोफर म्याक ब्राइडले ७५ बलमा सात चौकासहित सर्वाधिक ४७ रनको योगदान गर्दा कप्तान रिची बेरिङ्टनले ३२ रन जोडे। यस्तै, टोमस म्याकिन्टोसले ३४, माइकल लिस्कले २९ तथा लियाम नेलरले २० रन बाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

नामिबियाका लागि रुबेन ट्रम्पेल्म्यानले ९.४ ओभरमा ३० रन खर्चेर सर्वाधिक पाँच विकेट लिँदा टाङ्गेनी लुङ्गामेनीले दुई विकेट लिए। बर्नार्ड स्कोल्ज, बेन शिकोङ्गो र पिकी या फ्रान्सले नामिबियाका एक–एक ब्याटरलाई घर फर्काएका थिए।

पहिलो खेलमा नेपाल, दोस्रो खेलमा स्कटल्यान्ड र तेस्रो खेलमा नेपालसँग नै पराजित भएको नामिबिया यो शृंखलामा जितविहीन छ। नेपालसँग पराजित भएको स्कटल्यान्ड दोस्रो जितको खोजीमा छ। शृंखलाको अन्तिम खेलमा मंगलबार नेपाल र स्कटल्यान्ड भिड्ने छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो