विद्युत्मा रैका/असोज ४, अछाम । लैंगीक समानता र समान सहभागीता विषयक छलफल कार्यक्रम आज मंगलसेनमा सम्पन्न भएको छ । 

क्रियाशिल पत्रकार महिला (डब्लुडब्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... विद्युत्मा रैका/असोज ४, अछाम । लैंगीक समानता र समान सहभागीता विषयक छलफल कार्यक्रम आज मंगलसेनमा सम्पन्न भएको छ । 

क्रियाशिल पत्रकार महिला (डब्लुडब्"/>

२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

क्रियाशिल महिला पत्रकार अछामको पहिलो सन्डे क्लब कार्यक्रम सम्पन्न

४ आश्विन २०७३, मंगलवार १३:०२

विद्युत्मा रैका/असोज ४, अछाम । लैंगीक समानता र समान सहभागीता विषयक छलफल कार्यक्रम आज मंगलसेनमा सम्पन्न भएको छ । 

क्रियाशिल पत्रकार महिला (डब्लुडब्लुजे) अछामले आयोजना गरेको छलफल कार्यक्रममा प्रमुख अतीथीको आसनबाट बोल्दै अछामका जिल्ला न्यायाधीस हरी प्रसाद शर्मा उपाध्याय पंगेनीले कोही पनि व्यक्तिले अधीकार प्राप्तीका लागि आफ्नो कर्तव्य पुरा गर्न बिर्सन नहुने बताउनु भएको छ । 

नयाँ संविधानमा महीलाको समान सहभागीता र समावेशीताका लागि थुप्रै कानुन भएपनि अधीकार प्राप्त गर्ने व्यक्तीले कर्तव्य पुरा गर्न तर्फ ध्यान नदीदा नीती नीयम कार्यान्वयनमा समस्या भईरहेको बताउनुभयो । 

यस्तै समान व्यवहार र सहभागीताका लागि कानुन भएर मात्र प्रर्याप्त नहुने भन्दै उहाँले शिक्षा, संस्कार र व्यक्ति स्वयमको आनीवानीमा समेत परीवर्तन गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । यस्तै कार्यक्रममा बोल्दै विशिष्ट अतीथी नीमीत्त प्रमुख जिल्ला अधीकारी आनन्द शर्मा भुषालले अछाम जिल्लामा महिलाका समस्या र चुनौती धेरै भएपनि पछिल्लो समय समान सहभागीताको राम्रो प्रयास भईरहेको बताउनुभयो । साथै जिल्लाका संचारमाध्यममा पत्रकार महिलाहरुको उपस्थिती र सक्रियता लैंगिक समानताको बलीयो उदाहरण भएको बताउनुभयो ।

डब्लुडब्लुजे अछामका अध्यक्ष पुजा शाहीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ अछामका उपाध्यक्ष जनकराज भण्डारी, महीला तथा बालबालीका कार्यालयका महीला विकास अधीकृत भगवती अर्याल, अन्र्तपार्टी महिला सञ्जाल अछामका अध्यक्ष सरस्वती रावल, दलीत महीला संघ अछामका अध्यक्ष लक्ष्मी सोब लगायतले बोल्नु भएको थीयो । शाखाका कोषाध्यक्ष मेनुका ढुंगानाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन सचिव विधुत्मा रैकाले गर्नु भएको थीयो । 

यसैबिच डब्लुडब्लुजे अछामले महीलाका विविध सवालहरुमाथीको छलफल अन्र्तगत असोज र कात्तीक दुई महिनासम्म आठ वटा सण्डे क्लबको आयोजना गर्ने भएको छ । आज मंगलसेनमा बसेको संगठनको बैठकले यस्तो नीर्णय गरेको हो । 

सोही नीर्णय अनुसार आज पहिलो सण्डेक्लब अन्र्तगत जिल्लामा लैंगीक समानता र समान सहभागीता विषयक छलफल कार्यक्रम सम्पन्न गरीएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य