२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

म्याग्दीको बेगखोलामा पुल बगाएपछि सास्ती

५ आश्विन २०७३, बुधबार ०६:१९

असोज ५, म्याग्दी । बाढीले सडक, बेलिब्रिज र झोलुङ्गेपुल बगाएपछि म्याग्दीको बेगखोलामा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । 

बेगखोलामा भदौ १६ गते राति आएको बाढीले सडक, पदमार्ग र पुल बगाएपछि म्याग्दीको उत्तरी भेगका दश गाविसका साथै मुस्ताङका बासिन्दा, तीर्थयात्री र पर्यटक समस्यामा परेका छन् । बेगखोलामा आउने बाढीले छिनछिनमा धार परिवर्तन गरिरहेकाले सडक खुलाउने प्रयास सफल भएको छैन । पुल र सडक नहुँदा बाढीको पानीमा जोखिमपूर्ण तरिकाले वारपार गर्नुपर्ने बाध्यता रहेको दानाका कबिन तुलाचनले बताउनुभयो । 

उहाँका अनुसार केही ट्याक्टर चालकले यात्रुलाई खोला तारेबापत प्रतिव्यक्ति एक सय रुपैयाँ रकम लिने गरेका छन् । बेगखोला तिप्ल्याङ खण्डको वैकल्पिक बाटो तिप्ल्याङ, बादुक, औल, बेगखोला पैदलयात्रा गर्न कम्तीमा तीन घन्टा घुमाउरो बाटो हिँड्नुपर्छ । बेगखोलाको बाढी र सडक कटान भएकाले बेनी–जोमसोम सडकमा सिधा सवारी सञ्चालन हुन सकेको छैन् । सडक अवरुद्ध हुँदा स्थानीयवासी, पर्यटक र तीर्थयात्री अलपत्र पर्नुका साथै मुस्ताङ र उत्तरी म्याग्दीमा उत्पादित आलु निकासी हुन सकेको छैन । 

आलु र स्याउ कुहिन थालेपछि कृषक चिन्तित भएका छन् । कागबेनीमा सोह्र श्राद्ध गर्न जाने भक्तजन र मुस्ताङ भ्रमणमा आएका पर्यटक समस्यामा परेका छन् । कतिपय पर्यटक बेनीबाटै फर्किएका छन् । सडक अवरुद्ध हुँदा कृषि, पर्यटन र जनजीवन प्रभावित भएको छ । बाढीले विद्युत्का खम्बासमेत बगाएकाले उत्तरी म्याग्दी र मुस्ताङमा केन्द्रीय प्रसारण लाइनको विद्युत् आपूर्ति ठप्प भएको छ । विद्युत् अभावमा टावर नचल्दा मोबाइलको सञ्चार सेवा पनि अवरुद्ध भएको छ ।

मौसममा सुधार र बाढी रोकिएपछि सडक खुलाउने प्रयासले सार्थकता पाउने प्रजिअ केशवराज आचार्यले बताउनुभयो । सडक विभागको एकवटा डोजरले काम गरिरहेको भए पनि सफल भएको छैन । विद्युत् आपूर्तिका लागि पहल गरिए पनि बाढी नरोकिएकाले समस्या भएको नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रका प्रमुख सीताराम शाहले बताउनुभयो । 

बाढी र पहिरोका कारण बेग गाविसको विभिन्न वडामा ३७ घरपरिवार विस्थापित हुनुका साथै ११ घर जोखिममा परेका छन् । बेगखोला, बाँसबोट र लिस्नेबाट विस्थापित अस्थायी टहरा, सामुदायिक भवन, विद्यालय र आफन्तकामा आश्रय लिएर बसिरहेका छन् । विस्थापितले पुनर्वासको व्यवस्था गर्न अनुरोध गरेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने