२०८२, १ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

ढुकुटीको कारोबारले ढुबायो

२०७३, ५ आश्विन बुधबार ०९:४६

असोज ५, धनगढी । तपाईं ‘ढुकुटी‘ खेलेर नगदको कारोबार गरिरहनुभएको छ भने सावधान रहनु होला । किनकी गैर कानुनी मानिने ‘ढुकुटी‘ खेलेकै कारण यहाँका कैयौँ व्यापारी र सर्वसाधारण यति बेला ठगिएर बिचल्लीमा परेका छन् । 

ढुकुटी खेलाएबापत सङ्कलन भएको करोडौँ रुपैयाँ लिएर सञ्चालक बेपत्ता हुने क्रम बढेपछि सर्वसाधारण ठगिने गरेका हुन् । एउटा समूह खडा गरी त्यसमा आवद्ध सदस्यले ढुकुटीबापत महिनैपिच्छे जम्मा गरेपछि सङ्कलित रकम महिनामा एक पटक समूहका सदस्यलाई पालैपालो भुक्तानी गरिन्छ । 

ढुकुटी खेल्नु गैर कानुनी भएकाले ठगिएका पीडितले आफ्नो नाम सार्वजनिक गर्न मान्दैनन् । धनगढीको ट्राफिक चौराहा क्षेत्रका सर्वसाधारण र व्यापारीको ढुकुटीबापत सङ्कलन भएको करोडौँ रकम कुम्ल्याएर केही महिनाअघि फरार भएको एक व्यक्तिलाई हालै प्रहरीले पक्राउ गरेको छ । 

सुदूपश्चिम क्षेत्रीय प्रहरी कार्यालय दिपायलको प्रहरी टोलीले ढुकुटी खेलाएर सङ्कलन भएको रकमसहित फरार रहेको कनकाई स्टोर धनगढीका लोकराज भट्टराईलाई नुवाकोटबाट पक्राउ गरेर सोमबार राति धनगढी ल्याइएको छ । उनीमाथि ठगी मुद्दा चलाउने तयारी गरिएकोमा प्रमाण नपुगेपछि सार्वजनिक अपराधमा मुद्दा चलाइएको कैलालीका प्रहरी उपरीक्षक राजेन्द्र बिष्टले जानकारी दिनुभयो । 

गैर कानुनी रुपमा ढुकुटी खेलाएर सङ्कलन भएको रकम लिएर अन्य व्यक्तिसमेत फरार छन् । बढी ब्याज पाइने लोभमा यहाँका सर्वसाधारणले ठगिनु परेको छ । स्थानीय बजारमा तरकारी व्यवसाय गर्दै आएका भारतीय नागरिक राजेश गुप्ता चर्को ब्याजमा स्थानीय सर्वसाधारणबाट लिएको रु तीन करोडभन्दा बढी रकम लिएर फरार छन् । 

केही वर्षदेखि मासिक दशदेखि बाह्र प्रतिशतसम्म ब्याज दिएर स्थानीयवासीको विश्वास जित्न सफल गुप्ता पछिल्लो पटक भने ठूलो रकम लिएर फरार भएका हुन् । धनगढी भन्सार रोडमा तरकारी तथा फलफूलको व्यापार गर्दै आएका गुप्ताको कारोबार अधिकांश स्थानीय महिलासँग हुने गरेको थियो । 

गुप्तासँगको विश्वासमा उनका भाइ नातापर्ने रामनाथ शाहलाई आफू समेतका थुपै्र महिलाले दिएको ऋण रकम लिएर फरार हुँदा बिचल्लीमा परेको मिलन चौककी पार्वती भट्टले बताउनुभयो । 

यस्तै धनगढी बोराडाँडीका लक्ष्मणसिंह भट्टले बैंकमा धितो राखेर निकालेको रु ११ लाख मासिक १० प्रतिशत ब्याजमा गुप्तालाई दिएका थिए । “विश्वास गर्दा नराम्रोसँग धोका पाइयो,” उहाँले भन्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ नेपालविरुद्ध इटलीको १० विकेटको सहज जित नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प छैन: प्रधानमन्त्री कार्की साँढेको जुधाइ बाच्छाको मिच्याइँ नहोस्: प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निषेधाज्ञा जारी टी– २० विश्वकप : दोस्रो खेलमा आज इटालीसँग खेल्दै नेपाल अटोरिक्सा र टिपर एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?