२०८२, १ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नारायणगढ– मुग्लिन सडकखण्ड सहज बनाइने

२०७३, ५ आश्विन बुधबार ११:२७

असोज ५, चितवन । नेपालीको पर्व बडा दसैँ र तिहारलाई लक्षित गरी राजधानी बाहिरिने यात्रुलाई सहज बनाउन नारायणगढ–मुग्लिन सडकखण्डमा सडक अवरुद्ध नहुने गरी विस्तारकार्य अगाडि बढाइने भएको छ । 

भित्तो काट्दा बेलाबेलामा सडक दुई तर्फी र एकतर्फी रुपमा बन्द गरेर काम गरिँदै आएको छ । चाडबाडमा ठूलो सङ्ख्यामा राजधानीबाट यात्रु बाहिरिने हुँदा उनीहरुलाई लक्षित गरी विस्तार कार्यलाई भन्दा आवागमनलाई प्राथमिकता दिन लागिएको हो । 

असोज ११ गतेबाट सडक अवरुद्ध हुने गरी विस्तारकार्य नगरिने भएको छ । सडक विस्तारको २७ प्रतिशत काम सम्पन्न भएको छ । हालसम्म ३५ प्रतिशत काम सम्पन्न गर्ने लक्ष्य रहेको भए पनि नाकाबन्दी र यस वर्ष बढी वर्षा भएसँगै काममा ढिलाइ भएको नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालले बताउनुभयो । 

निर्माणको जिम्मा पाएका कम्पनीले असोज– ८ गतेभित्र सडकमा भएका सबै खाल्डा पुर्ने र १० गतेभित्र सडक ग्रेडिङ गरिसक्ने बताएका छन् । भूइँमा ठूलाठूला खाल्डा भएका कारण सवारी आवागमनमा समस्या हुँदै आएको छ । पानी पर्दा र सुख्खा हुँदा दुबै समय पहिरो खस्ने समस्या देखिँदै आएको छ । 

पहिरो खसे तत्काल हटाउनका लागि दसैँको अवधिमा पाँचवटा लोडर, ६ वटा टिपर र तीनवटा ट्याक्टर चालु अवस्थामा राखेर दोहोरो गाडी सञ्चालन गरिने नारायणगढ – मुग्लिन सडक निर्माण अयोजनाका प्रमुख चन्द्रनारायण यादवले बताउनुभयो । 

सडक अवरुद्ध नहुने गरी कामलाई भने निरन्तरता दिने यादवले बताउनुभयो । ठेक्का दिँदा विस २०७४ को वैशाखमा काम सम्पन्न गर्नुपर्ने सम्झौता भए पनि भूकम्प र नाकाबन्दीका कारण लक्ष्य अनुरुप काम हुन नसकेपछि चार महिना १५ दिन थप गरी २०७४ को भदौमा काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता बढाइएको थियो । २०७२ सालको वैशाखबाट निर्माणकार्य थालिएको हो । 

भरतपुरको आँपटारीदेखि मुग्लिनसम्म सडक फराकिलो बनाउने काम भइरहेको छ । सडकको १६ किलोदेखि मुग्लिनसम्म नौ मिटर फराकिलो र १६ किलोदेखि आँपटारीसम्म ११ मिटर फराकिलो सडक निर्माण गरिँदै छ । 

विश्व बैंकको रु दुई अर्ब ९० करोडको आर्थिक सहयोगमा सो सडक निर्माण थालिएको हो । एसियन हाइवे अन्तर्गतको ‘ए एच’ ४ टु खण्ड अन्तर्गत नारायणगढ– मुग्लिन सडकखण्ड पर्दछ । 

इन्जिनियर खनालका अनुसार चीन हुँदै नेपालको कोदारी, काठमाडौँ, नागढुङ्गा नौबिसे, मुग्लिन– नारायणगढ, हेटौँडा र वीरगन्जबाट भारतको मोजफ्रपुर हुँदै जाने यो सडक एसियन हाइवेको एक खण्ड हो । आँपटारीदेखि दासढुङ्गासम्म भारतीय बिएलए तथा नेपाली श्रेष्ठ निर्माण कम्पनी, त्यसपछिको सिमलतालसम्म भारतीय उड हिल तथा नेपाली लामा निर्माण कम्पनी र सिमलतालदेखि मुग्लिनसम्म भारतको सुप्रिम र नेपाली रौताहा निर्माण कम्पनीलाई ठेक्का दिइएको छ । 

राजधानी काठमाडौँबाट तराईका जिल्ला बाहिरिने र भित्रिने मुख्य सडक भएकाले यो सडक व्यस्त रहने गर्दछ । सो सडक हुँदै दैनिक आठदेखि ९ हजार सवारीसाधन आवातजावत गर्ने गर्दछन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ नेपालविरुद्ध इटलीको १० विकेटको सहज जित नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प छैन: प्रधानमन्त्री कार्की साँढेको जुधाइ बाच्छाको मिच्याइँ नहोस्: प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निषेधाज्ञा जारी टी– २० विश्वकप : दोस्रो खेलमा आज इटालीसँग खेल्दै नेपाल अटोरिक्सा र टिपर एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?