२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नारायणगढ– मुग्लिन सडकखण्ड सहज बनाइने

५ आश्विन २०७३, बुधबार ११:२७

असोज ५, चितवन । नेपालीको पर्व बडा दसैँ र तिहारलाई लक्षित गरी राजधानी बाहिरिने यात्रुलाई सहज बनाउन नारायणगढ–मुग्लिन सडकखण्डमा सडक अवरुद्ध नहुने गरी विस्तारकार्य अगाडि बढाइने भएको छ । 

भित्तो काट्दा बेलाबेलामा सडक दुई तर्फी र एकतर्फी रुपमा बन्द गरेर काम गरिँदै आएको छ । चाडबाडमा ठूलो सङ्ख्यामा राजधानीबाट यात्रु बाहिरिने हुँदा उनीहरुलाई लक्षित गरी विस्तार कार्यलाई भन्दा आवागमनलाई प्राथमिकता दिन लागिएको हो । 

असोज ११ गतेबाट सडक अवरुद्ध हुने गरी विस्तारकार्य नगरिने भएको छ । सडक विस्तारको २७ प्रतिशत काम सम्पन्न भएको छ । हालसम्म ३५ प्रतिशत काम सम्पन्न गर्ने लक्ष्य रहेको भए पनि नाकाबन्दी र यस वर्ष बढी वर्षा भएसँगै काममा ढिलाइ भएको नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालले बताउनुभयो । 

निर्माणको जिम्मा पाएका कम्पनीले असोज– ८ गतेभित्र सडकमा भएका सबै खाल्डा पुर्ने र १० गतेभित्र सडक ग्रेडिङ गरिसक्ने बताएका छन् । भूइँमा ठूलाठूला खाल्डा भएका कारण सवारी आवागमनमा समस्या हुँदै आएको छ । पानी पर्दा र सुख्खा हुँदा दुबै समय पहिरो खस्ने समस्या देखिँदै आएको छ । 

पहिरो खसे तत्काल हटाउनका लागि दसैँको अवधिमा पाँचवटा लोडर, ६ वटा टिपर र तीनवटा ट्याक्टर चालु अवस्थामा राखेर दोहोरो गाडी सञ्चालन गरिने नारायणगढ – मुग्लिन सडक निर्माण अयोजनाका प्रमुख चन्द्रनारायण यादवले बताउनुभयो । 

सडक अवरुद्ध नहुने गरी कामलाई भने निरन्तरता दिने यादवले बताउनुभयो । ठेक्का दिँदा विस २०७४ को वैशाखमा काम सम्पन्न गर्नुपर्ने सम्झौता भए पनि भूकम्प र नाकाबन्दीका कारण लक्ष्य अनुरुप काम हुन नसकेपछि चार महिना १५ दिन थप गरी २०७४ को भदौमा काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता बढाइएको थियो । २०७२ सालको वैशाखबाट निर्माणकार्य थालिएको हो । 

भरतपुरको आँपटारीदेखि मुग्लिनसम्म सडक फराकिलो बनाउने काम भइरहेको छ । सडकको १६ किलोदेखि मुग्लिनसम्म नौ मिटर फराकिलो र १६ किलोदेखि आँपटारीसम्म ११ मिटर फराकिलो सडक निर्माण गरिँदै छ । 

विश्व बैंकको रु दुई अर्ब ९० करोडको आर्थिक सहयोगमा सो सडक निर्माण थालिएको हो । एसियन हाइवे अन्तर्गतको ‘ए एच’ ४ टु खण्ड अन्तर्गत नारायणगढ– मुग्लिन सडकखण्ड पर्दछ । 

इन्जिनियर खनालका अनुसार चीन हुँदै नेपालको कोदारी, काठमाडौँ, नागढुङ्गा नौबिसे, मुग्लिन– नारायणगढ, हेटौँडा र वीरगन्जबाट भारतको मोजफ्रपुर हुँदै जाने यो सडक एसियन हाइवेको एक खण्ड हो । आँपटारीदेखि दासढुङ्गासम्म भारतीय बिएलए तथा नेपाली श्रेष्ठ निर्माण कम्पनी, त्यसपछिको सिमलतालसम्म भारतीय उड हिल तथा नेपाली लामा निर्माण कम्पनी र सिमलतालदेखि मुग्लिनसम्म भारतको सुप्रिम र नेपाली रौताहा निर्माण कम्पनीलाई ठेक्का दिइएको छ । 

राजधानी काठमाडौँबाट तराईका जिल्ला बाहिरिने र भित्रिने मुख्य सडक भएकाले यो सडक व्यस्त रहने गर्दछ । सो सडक हुँदै दैनिक आठदेखि ९ हजार सवारीसाधन आवातजावत गर्ने गर्दछन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ