2026-09-19 12:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जलजला क्याम्पसले महोत्सवबाट उठाएको रकम सार्वजनिक नगरे मुद्दा दर्ता गर्ने चेतावनी

उमा केसी/असोज ६, रोल्पा । जलजला बहुमुखी क्याम्पस, रोल्पाले महायज्ञबाट उठेको डेढ करोड रकम सार्वजनिक नगर्दा दानीले मुद्दा गर्ने चेतावनी दिएका छन् । क्याम्पसले एक वर्षसम्म पनि रकम सार्वजनिक नगर्दा दानीले यस्तो चेतावनी दिएका हुन् । 

गत वर्ष असोज ३ देखि १० गतेसम्म जलजला बहुमुखी क्याम्पसमा स्नातकोत्तर कक्षा सञ्चालन गर्ने तथा अक्षयकोष स्थापना गर्ने भन्दै धार्मिक महोत्सव सञ्चालन गरिएको थियो । धार्मिक महोत्सवमा नगद, जिन्सी गरी दुई करोडभन्दा बढी रकम उठेको भनिए पनि अहिलेसम्म सोको हिसाब किताब सार्वजनिक नहुँदा दानीहरुले चेतावनी दिएका हुन् । 

महोत्सवमा रु एक लाख ९१ हजार नगद दान गरेका खटकबहादुर खत्रीले उठेको रकम अविलम्ब सार्वजनिक गर्नुपर्ने बताउनुभयो । रकम दुरुपयोग भएको विषयमा आफूलाई शङ्का नभए पनि बजेट सार्वजनिक नहुँदा शङ्का गर्ने ठाउँ देखिएको बताउनुभयो । क्याम्पसले सो रकम सार्वजनिक नगरे सम्बन्धित निकायमा उजुरी दिने उहाँले बताउनुभयो । 

महायज्ञमा स्वर्गवासी श्रीमान्को सम्झनामा रु ७५ हजार दान गरेकी तुलसा आचार्यले क्याम्पसको गेटमा श्रीमान्श्रीमतीको नाम अङ्कित गर्ने भनिएकोमा हालसम्म कुनै प्रक्रिया अगाडि नबढाइएकोमा असन्तुष्टि पोख्नुभयो । दान गर्दा जुन सर्त राखिएको थियो सो अनुसार नगरे आफूले सम्बन्धित निकायमा मुद्दा गर्ने बताउनुभयो । 

स्नातकोत्तर तहको पढाइ हुने आशामा रु ३१ हजार १११ दान गरेकी शान्ति कक्षपतिले हालसम्म पनि स्नातकोत्तर तहको पढाइ सञ्चालन गर्नेबारे कुनै प्रक्रिया नचालेको बताउनुभयो । क्याम्पसले स्नातकोत्तर तहको कक्षा सञ्चालन नगर्ने हो भने आफूहरुको पैसा फिर्ता हुनुपर्ने बताउनुभयो । यस सम्बन्धमा क्याम्पस प्रमुख कृष्णप्रसाद न्यौपानेले कबोल गरेका सबै पैसा प्राप्त नभएको हुँदा सार्वजनिक गर्न नसकेको स्वीकार गर्नुभयो । 

असोज महिनाभित्रै सबै हिसाबकिताब मिलान गरेर सार्वजनिक गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो । क्याम्पसको नियमित खातामा रकम अभाव भएका कारण शिक्षक कर्मचारीको तलबका लागि महायज्ञको खाताबाट केही रकम सापटीस्वरुप खर्च गरिएको पनि उहाँले जानकारी दिनुभयो । 

यसै विषयमा जलजला बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष प्रेमप्रकाश हमालको धारणा बुझ्दा हिमानी ट्रस्टबाट केही रकम दिने भनिए तापनि हालसम्म सो रकम आउने÷नआउने निश्चित नभएकाले पनि सार्वजनिक गर्नमा ढिलाइ भएको बताउँदै दानीले पनि घोषणा गरे अनुसारको रकम अझै नबुझाएको बताउनुभयो । 

महायज्ञमा नगद रु एक करोड ५० लाख उठेकोमा दाङमा रहेको एक बंैकमा रु ७५ लाख अक्षयकोषका रुपमा राखिएको छ भने करिब रु ४५ लाख जति महायज्ञमा खर्च भएको र बाँकी रकम क्याम्पसले सापटी लगेको अध्यक्ष हमालले जानकारी दिनुभयो । 

महायज्ञमा विभिन्न पाँचजना दानीले जग्गासमेत दान गरेको भएपनि हालसम्म कसैले पनि जग्गा क्याम्पसलाई रजिस्ट्रेसन पास नगरिदिएको हमालले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई