2026-06-24 03:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिशेष खबर

Doko App ले फोटोग्राफी प्रतियोगिता आयोजना गर्दै, पुरस्कार राशी दुई लाख पच्चिस हजार

पुस १७, काठमाडौँ । डोको एपले  'Capture your World' विषयवस्तुमा  फोटोग्राफी प्रतियोगिता सुरु गरेको छ । नेपालमा हालसम्मकै सबैभन्दा ठूलो र सर्वाधिक पुरस्कार राशीको मोबाईल फोटोग्राफी प्रतियोगिता दाबी गर्दै डोको एपले फोटोमा आफ्नो खुशी र भविष्य देख्ने सम्पूर्णलाई प्रतियोगितामा सहभागी हुन आव्हान गरेको छ ।  


यो प्रतियोगिता २०२३ सालको अंग्रेजी नयाँ वर्षबाट शुरू भएको र नेपाली नयाँ वर्षसम्म चल्ने छ । प्रतिस्पर्धामा सहभागी हुन चाहने फोटोग्राफरहरूले आफ्नो उत्कृष्ट र कलात्मक पहिचानले भरिएका फोटोहरू डोको एपमा रहेको फोटोग्राफी सेक्सनमा गई अपलोड गर्न सक्नेछन् ।  तीन महिना पन्ध्र दिन चल्ने यो प्रतियोगितामा फोटोग्राफीको विविधतालाई ध्यानमा राखी पोट्रेट फोटोग्राफी (Portrait Photography), स्ट्रीट एण्ड अर्बान एक्स्प्लोरेसन फोटोग्राफी (Street and Urban Exploration Photography), फेस्टिभल एण्ड कल्चरल फोटोग्राफी (Festival and Cultural Photography), नेचर एण्ड वाईल्ड लाईफ फोटोग्राफी (Nature and Wildlife Photography), म्याक्रो फोटोग्राफी  (Macro Photography), नाईट एण्ड एस्ट्रो फोटोग्राफी  (Night and Astrophotography), ट्राभल एण्ड एडभेन्चर फोटोग्राफी  (Travel and Adventure Photography), ब्ल्याक एण्ड व्हाईट फोटोग्राफी (Black and White Photography), फेसन एण्ड ग्ल्यामर फोटोग्राफी (Fashion and Glamour Photography) र फुड फोटोग्राफी  (Food Photography) गरि १० विधाका तस्विर मान्य हुनेछन् । 


कुल पुरस्कार राशी दुई लाख पच्चिस हजार रुपैँया रहेको यो प्रतियोगितामा विजयी बन्ने फोटोग्राफरले पहिलो पुरस्कारमा एक लाख रुपैयाँ, दोस्रो पुरस्कारमा पचास हजार रुपैयाँ, र तेश्रो प्रतियोगीले पच्चिस  हजार रुपैयाँ पुरस्कार जित्नेछन् । यसैगरी  प्रत्येक श्रेणीको विजेताले थप पाँच-पाँच हजार रुपैयाँ  पनि जित्नेछन् ।  एकजनाले प्रत्येक क्याटेगोरीमा तीन -तीन वटा गरेर बढीमा ३० वटा सम्म फोटो पठाउन सक्नेछन् ।  विजेताको छनोट डोको एपमा अपलोड भएको फोटोमा आउने लाईकलाई पचास प्रतिशत र जजको मुल्याङ्कनलाई पचास प्रतिशत मानेर गरिनेछ । विजेताको घोषणा वैशाख १५ गते डोकोका सबै प्ल्याटफर्मबाट लाईभ मार्फत हुने जनाएको छ ।   

डोकोले यस प्रतियोगिता मार्फत नेपाली फोटोग्राफीमा रुची भएका युवाहरुको लागी आफ्नो कला देखाउने  साथ साथै पैसा कमाउने अवसर पनि लिएर आएको जनाएको छ ।


यो प्रतियोगिताको बारेमा  बिस्तृत जानकारी लिन यो भिडियो पनि हेर्न सक्नुहुनेछ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक नगरकोटमा एक जना युवकको हत्या, तीन जना पक्राउ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्द सत्र आजका लागि स्थगित एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ रोल्पामा बस दुर्घटना हुँदा १२ जना घाइते गृहमन्त्री सुधन गुरुङविरुद्ध उजुरी दर्ता बेलायती प्रधानमन्त्री स्टार्मरले गरे राजीनामा दिने घोषणा संसदभित्र प्रतिपक्षीको आवाज भनेको तपाईंहरूको आवाज हो: भीष्मराज आङ्देम्बे