आजभोली गीतहरु प्राय मानिसहरुले सुन्न छाडिसकेको अवस्था रहेका छ । यसै सन्दर्भमा बर्दिया जिल्लामा पनि गीतसङ्गीत तथा मोडलिङको क्षेत्रमा पनि विभिन्न नवप्रतिभाहरुको उदय भैरहेको अवस्था छ । यसैबीच लामो समयसम्म निजी क्षेत्रमा रहेर शिक्षा सेवा तथा समाज सेवामा समर्पित दीपक लम्स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... आजभोली गीतहरु प्राय मानिसहरुले सुन्न छाडिसकेको अवस्था रहेका छ । यसै सन्दर्भमा बर्दिया जिल्लामा पनि गीतसङ्गीत तथा मोडलिङको क्षेत्रमा पनि विभिन्न नवप्रतिभाहरुको उदय भैरहेको अवस्था छ । यसैबीच लामो समयसम्म निजी क्षेत्रमा रहेर शिक्षा सेवा तथा समाज सेवामा समर्पित दीपक लम्स"/>
2026-06-25 01:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

मोडलिङमा जम्दै दीपक लम्साल (अन्तर्वार्ता विशेष) विशेष)

2016-11-04

आजभोली गीतहरु प्राय मानिसहरुले सुन्न छाडिसकेको अवस्था रहेका छ । यसै सन्दर्भमा बर्दिया जिल्लामा पनि गीतसङ्गीत तथा मोडलिङको क्षेत्रमा पनि विभिन्न नवप्रतिभाहरुको उदय भैरहेको अवस्था छ । यसैबीच लामो समयसम्म निजी क्षेत्रमा रहेर शिक्षा सेवा तथा समाज सेवामा समर्पित दीपक लम्साल पछिल्लो समयमा मोडलिङ क्षेत्रमा समेत देखा परेका छन् । उनैसँग गरिएको कुराकानीलाई आजको मोडलिङ संसारमा प्रस्तुत गर्ने जमर्को गरेका छौँ । प्रस्तुत छ हाम्रा बर्दिया सम्पादक प्रभात सुवेदीले उनीसँग गरेको कुराकानी । 


आजभोली के मा व्यस्त हुनुहुन्छ ?

– खासगरी विद्यालय सञ्चालन र व्यवस्थापनको कार्यमा नै व्यस्त रहेको छु । यसका अलावा साथीहरुको अनुरोध र मेरो रुचीका कारण कहिलेकाहीँ समय मिलाइएर मोडलिङमा पनि समय दिने गरेको छु । 

अनि समय कसरी व्यवस्थापन गर्नुहुन्छ त ? 

– सबैभन्दा ठूलो कुरा भनेको इच्छा शक्ति नै रहेछ । यदि मनदेखि नै कुनै पनि काममा ईच्छा छ भने समय त जसरी पनि मिलाउन सकिने रहेछ । 

मोडलिङको क्षेत्रमा आउने जाँगर कसरी पलायो ? 

– साथीभाइहरुको अनुरोध र प्रोत्साहनले नै मलाइ हौस्याएको हो । खासगरी विद्यालयमा पढ्दा देखि गायन विधामा मेरो रुची थियो । म राम्रो गीत गाउँथे तर अहिले अभ्यास नभएर पनि होला स्वर राम्रो छैन तर मोडलिङमा नै आफ्नो परिचय स्थापित गर्ने लक्ष्य भने यथावत रहेको छ । 

खासगरी कस्ता प्रकारका गीतहरुमा मोडलिङ गर्नुभएको छ र आजसम्म कति गीतमा मोडलिङ गर्नुभया ?

– खासगरी मलाई मानव संवेदना बोकेका गीतहरुमा नै अभिनय गर्न मन लाग्छ तर पछिल्लो समयमा आम दर्शकहरुको रुची र बजार हेरेर पनि यसमा लाग्नु पर्ने भएकोले रोमान्टिक खालका गीतहरमा पनि अभिनय गर्ने गरेको छु । आजसम्म बजारमा सबै नआएता पनि प्रमोद खरेलको गीतमा अभिनय गरेको छु । अहिले नै सख्या यति भन्दा पनि यसको गुणस्तरीयता र मेरो अभिनयमा निखार ल्याउनेतर्फ ध्यान दिएको छु । 

मोडलिङ र शिक्षा क्षेत्रमा एउटा रोज्नु प¥यो भने कुन क्षेत्रलाई रोज्नुहुन्छ ? 

– हा हा हा (हाँस्दै), यसरी रोज्नै परेमा त म त शिक्षा नै रोज्छु नि किनकी यो त मेरो पेशा हो मोडलिङ त शोखको विषय मात्रै हो । यसमा व्यवसायिकता भन्दा पनि मेरो सानैदेखिको शोख पूरा गर्न लागेको हुँ । 

अन्तमा, आफ्ना दर्शकहरुलाई के भन्न चाहनुहुन्छ ? 

– मोडलिङ क्षेत्रमा थुप्रै चुनौतीहरु छन् तसर्थ यस क्षेत्रमा आउन चाहनेहरुलाई विशेष तयारीका साथ आउन अनुरोध गर्छु र मेरा दर्शकहरुलाई अब केही दिनमा नै आउन लागेको पारु शाही र राजेन्द्रं बजागाईंको स्वरमा रहेको मेरो नयाँ म्युजिक भिडियो “छोक्री” पनि हेरेर सल्लाह सुझाब दिनुहोला भन्न चाहन्छु ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने