Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

चियाको बोटमा साँझमै सुर्योदय

By kit 6 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

सास । मंसिर १९, बर्दिया ।

जिल्ला सदरमुकाम गुलरियाको राधाकृष्णचोकमा आज साँझ विशेष साङ्गीतिक कार्यक्रमका साथ सुर्योदय सांस्कृतिक प्रतिष्ठानका कलाकारहरुले २६औँ नारायण गोपाल स्मृति दिवस मनाएका छन् ।

कलाकार एवम् प्रतिष्ठानका अध्यक्ष नरेन्द्र श्रेषठ गीत प्रस्तुत गर्नुहुँदै …..

‘विगतमा विविध कार्यक्रम र विशेष जमघटकाबीचमा मनाउँदै आएतापनि बजेट अभाव र विविध कारणहरुले गर्दा भव्य रुपमा मनाउन नसकिएको र आफ्नै प्रयासमा हामीले यो कार्यक्रम गरेका हौँ, प्रतिष्ठानका कलाकार विष्णु थापाले भन्नुभयो । हामीले जे जसरी भएपनि स्वर सम्राट नारायण गोपाललाई सम्झिने प्रयास गरेका हौँ भन्नुहुँदै, अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुटामा … र आफ्नै सिर्जना मस्त मस्त जवानी गीतहरु गाउनुभयो ।

कलाकार विष्णु थापा गीत प्रस्तुत गर्नुहुँदै …..

यसैगरी अध्यक्ष नरेन्द्र श्रेष्ठले स्थानीय निकायहरुबाट कलाकारहरु उपेक्षित भएको र कार्यक्रम गर्नका लगि सहयोग माग्न जाँदा सहयोग नपाएको गुनासो गर्नुभयो । नगरपालिका र जिविस जस्ता निकायहरुमा सहयोगका लगि जाँदा सहयोग नपाएपछि मन अमिलो बनाएर आउनु परेको तितो अनुभव पस्कँदै मैले पुण्य मन पराएँ या पाप मन पराएँ …. बोलको गीत गाएर स्वर सम्राटप्रति श्रद्धाञ्जली अपैण गर्नुभयो । देश विदेशमा आज नारायण गोपाललाई निकै सम्झना गरिएको छ, भारतका दार्जलिङ , सिक्किम, आसाम लगायतका क्षेत्रमरुमा वहाँको स्मृति दिवस भव्यताका साथ मनाइएको छ नेपालमा पनि विभन्न ठाउँहरुमा मनाइएको छ तर हामी हाम्रै निधीलाई चिनीरहेका छैनौ भन्दै वहाँले बर्दियामा आगामी वर्ष अझै भव्यताका साथ नारायण गोपालको स्मृति दिवस मनाइने बताउनुभयो ।

यसैगरी बर्दियाली कलाकार प्रभात सुवेदीले आज सबै नेपालीहरुले कमसेकम पनि एउटा कुनै गीत सुनेरै भएपनि नारायण गोपाललाई श्रद्धासुमन अर्पण गरौँ भन्दै श्रद्धाको फूल चढाईदिनु, केही मिठो बात गर, गल्ती हजार हुन्छन् लगायतका गीतहरु गाउनुका साथै आफ्नै सिर्जनामा रहको गीत ‘डोको र नाम्लोमा जिन्दगी गैगो’ गाउनुभएको थियो ।

कलाकार प्रभात सुवेदी गीत प्रस्तुत गर्नुहुँदै …..

कार्यक्रममा उपेन्द्र भण्डारी, रोशन अधिकारी लगायतका कलाकारहरुले आ–आफ्ना सिर्जनाहरु प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण पर्वत बख्रेलले गर्नुभएको थियो ।

कलाकारलाई साथ दिँदै स्थानीय …..