पढ्न करिब 2 मिनेट लाग्छ

प्रभात सुवेदी । पौष ७, बर्दिया ।

बुधबार बेलुका कैलालीको अत्तरियाबाट काठमाडौँका लागि छुटेको बसले ठक्कर दिँदा बर्दिया राष्ट्रिय निकुञ्जको आम्बासा र कुँवाभार नजिक एक वयस्क पाटेबाघ मरेको छ ।

बाघलाई ठक्कर दिएर जाने क्रममा बाँकेको ओभरीबाट ना ४ ख २८८७ नम्बरको बस नियन्त्रणमा लिइएकोमा अहिले आवश्यक अनुसन्धानको लागि बससहित ३५ वर्षिय बसका चालक गोपाल बहादुर बोहोरालाई बर्दिया राष्ट्रिय निकुञ्जमा ल्याइएको प्रमुख संरक्षण अधिकृत रमेशकुमार थापाले साझा सबाललाई बताउनु भयो । बाघको समेत पाेस्टमार्टम गरिने वहाँले जानकारी दिनुभयाे ।

कारवाहीका सम्बन्धमा अहिले नै भन्न नसकिने र कसुरको उद्देश्य र प्रकृति हेरी अदालतमा मुद्दा दायर गरिने प्रमुख संरक्षण अधिकृत थापाले बताउनुभयो । दुर्घटना वा नियत के हो सो अनुसार कारवाही प्रकृया अगाडि बढ्ने जानकारी दिनुहुँदै अनुसन्धान भैरहेको बताउनुभयो ।

केही समय अघि मात्रै बसको ठक्करबाट एउटा वयस्क चित्तलको मृत्यू भएको थियो ।तर यसरी बाघ मरेको पहिलो घटना भएको र निकुञ्जमा सवारी साधनको गतिलाई सिमित नगरी टाइम कार्डको परिपालना नगरेका कारण दुर्घटना भैरहेको बताउनुहुँदै टाइम कार्डको पालनालाई अब कडाइका साथ लागू गरिने अधिकृत थापाले बताउनुभयो ।