पढ्न करिब 2 मिनेट लाग्छ

प्रभात सुवेदी । मघ ११, बर्दिया ।

खाली खुट्टा, माघ महिनाको पहारीलो घाम । उनी एक्लै थिइन् । विद्यालय समयमा कक्षाकोठामा नबसेर बाहिर फिल्डमा बसेर केही पढेको जस्तो देखिन्थ्यो दृश्य । आफ्नो भविष्य निर्माणका लागि विद्यालयमा शिक्षा लिन आएकी यी बालिका किन यसरी कक्षाकोठामा नबसेर एक्लै बाहिर बसिन् त ? सबैको चासोको विषय हुन सक्छ ।

यो दृश्य गुलरिया स्रोतकेन्द्र अन्तर्गत नि.मा.वि. क्षेत्र स्तरीय हिसाब दौड तथा हाजिरी जवाफ प्रतियोगिताको छनोट चरणका लागि गरिएको खेलकुद अन्तर्गत हिसाब दौडमा सहभागी भएकी छात्राको हो ।

बालबालिकाको मानसिक तथा शारीरिक स्वस्थताले पठनपाठनमा प्रभाव पार्ने भएकाले आज आयोजना गरिएको प्रारम्भिक छनोट चरण्को खेलकुदमा जम्मा १२ ओटा विद्यालयहरुको सहभागीता रहेको थियो ।

प्रतियोगितामा छात्रा हिसाव दौडतर्फ कोटही मा.वि. कि सपना पाण्डे, भानोदय नि.मा.वि. कि सलिना पाण्डे, कोठीया प्रा.वि. कि नितु थारु र नारायणनाथ प्रा.वि. कि चाँदनी सुनार क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वना भएका छन् । यसैगरी छात्रतर्फ बाल मन्दिर प्रा.वि. का शिव ज्ञवाली, कोटही मा.वि. का गणेश गोडिया, बालापुर प्रा.वि. का शिव चौधरी र धु्रब मा.वि. का टाइसननाथ योगी क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वना भएका छन ।

यसैगरी आजै सम्पन्न हाजिरी जवाफ प्रतियोगितामा धु्रब मा.वि. तुलसीपुर, ने.रा.नि.मा.वि. सुहेलवा, वगलामुखी मा.वि. गुलरिया र कोटही मा.वि. गुलरिया क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वना भएका छन् ।

आजको कार्यक्रममा विजयी हुने बालबालिका तथा विद्यालयले आगामी १७ गते स्रोत केन्द्र गुलरिया स्तरीय प्रतियोगितामा सहभागीता जनाउने अवसर पाउने स्रोत व्यक्ति विमला गुरुङ्गले बताउनुभयो ।

प्रतियोगितामा विजयी बालबालिकाहरुलाई पुरस्कार वितरण गर्नुहुँदै आतिथ्य विद्यालय बगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालयका प्रधानाध्यापक भेजेन्द्रबहादुर थापाले क्षेत्र स्तरीय प्रतियोगिता सञ्चालन गर्ने अवसर पाएकोमा स्रोतकेन्द्रप्रति आभार व्यक्त गर्नुभयो । प्रतियोगितामा सभागी विद्यालयहरुका प्रधानाध्यापक तथा शिक्षकहरु, आतिथ्य विद्यालयका शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।