कालिका खड्का/माघ २२,  प्युठान । आफूले जे माग्यो, त्यही प्राप्त हुने जनविश्वासले स्वर्गद्वारीमा भक्तजनको निकै भिड लाग्ने गरेको छ । 

खासगरी भार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कालिका खड्का/माघ २२,  प्युठान । आफूले जे माग्यो, त्यही प्राप्त हुने जनविश्वासले स्वर्गद्वारीमा भक्तजनको निकै भिड लाग्ने गरेको छ । 

खासगरी भार"/>

१८ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्वर्गद्वारीमा भक्तजनको घुइँचो

२२ माघ २०७३, शनिबार ०५:१६

कालिका खड्का/माघ २२,  प्युठान । आफूले जे माग्यो, त्यही प्राप्त हुने जनविश्वासले स्वर्गद्वारीमा भक्तजनको निकै भिड लाग्ने गरेको छ । 

खासगरी भारतको उत्तर प्रदेश र नेपालका भक्तजन आफूले चाहेको कुरा प्राप्त हुने विश्वास र जानी/नजानी गरेका पाप पनि नष्ट हुने जनविश्वासका कारण यहाँ आउँछन् । 

स्वर्गद्वारीमा फागुनदेखि असारसम्म नेपाली भक्तजन तथा वैशाख, साउन र माघमा भारतीय भक्तजनको भिड लाग्ने गरेको छ । नेपाली भक्तजनको तुलनामा भारतीय भक्तजनको निकै घुइँचो लाग्छ । यहाँ पाण्डवहरु स्वर्ग जानुअघि आएको विश्वास गरिन्छ । कविशिरोमणि लेखनाथ पौड्यालले पनि यहाँ बसी कविता रचना गरेका थिए । 

मन्दिरका सहायक कोठारी प्रेम न्यौपानेले भन्नुभयो, “नेपाली भक्तजनको तुलनामा भारतीय भक्तजनको धेरै भिड लाग्छ, नेपालीहरु दैनिक धेरै भए एक हजारदेखि १५ सयसम्म हुन्छ तर भारतीय भक्तजन दैनिक १० हजारदेखि १२ हजारसम्म आउँछन् ।” 

भारतीय भक्तजन आउने समयमा त्यहाँ अत्यन्तै थाम्नै नसक्ने गरी पूरै मेला लाग्ने गरेको छ । “बालबच्चा नभएकालाई बालबच्चा, उपयुक्त वरबधु, सम्पत्ति र आफूले चाहेको इच्छा पूरा हुनेविश्वासका साथ नेपाली र भारतीय भक्तजन आउने गरेका छन्”,उहाँले थप्नुभयो । 

भारतीय भक्तजन प्रत्येकले एक माना चामल, रु ११ र नरिवल लिएर दर्शन गर्न आउँछन् ।

स्वर्गद्वारीमा वैशाख शुक्ल पूर्णिमा (स्वर्गद्वारीको स्थापना दिन÷बुद्धजयन्ती), दसँैको कोजागत पूर्णिमा, शिवरात्रि, स्वर्गद्वारी प्रभुको जन्मदिन (पुत्रदा एकादशी), मार्गशुक्ल चौथी र लक्ष्मीपूजाको दिन भक्तजनको बढी भिड र विशेष मेला लाग्ने गर्छ । 

स्वर्गद्वारी, महाप्रभुले विसं १९५२ वैशाख शुक्ल पूर्णिमा दिनदेखि ठूलो हवन कुण्ड आश्रय लिएको स्थान हो । स्वर्गद्वारीमा खासगरी यज्ञशाला, पाठशाला र गौशाला छन् । यहाँ यज्ञशालामा २४ पुजारी, गौशालामा चार सय गाई र पाठशालामा सय विद्यार्थी छन् । 

यी सबैको सम्पूर्ण खर्च मन्दिरले व्यवस्थापन गर्नुपर्ने हुन्छ । स्वर्गद्वारी महाप्रभुको पालादेखि नै गाई पाल्ने गरेको र त्यही गाईका सन्तति नै अहिलेका गाई हुन् । खासगरी यज्ञले पूर्णता पाउनका लागि गाई पालिएको हो । यज्ञमा अघ्र्य र पञ्चामृतका लागि गाईको आवश्यकता पर्छ । 

दुई हजार १२१ मिटरको उचाइमा रहेको सो मन्दिरको आयस्रोतका रुपमा दाङ देउखुरीमा एक हजार ५० बिघा जग्गा छ तर स्थानीयवासीको अतिक्रमणका कारण प्रभावित भएको छ । “भक्तजनको भेटी र मन्दिरको जग्गा नै मन्दिरको आयस्रोत हो, सरकारले अतिक्रमण भएको जग्गाको संरक्षण गर्ने संयन्त्र बनाइदिए राम्रो हुने थियो”मन्दिरका सहायक कोठारी न्यौपानेले सरकारसँग आग्रह गर्नुभयो । 

मन्दिरमा मुख्य पुजारी युवराज पोखरेलसहित २४ जना ब्राह्मणले पूजा गर्नुहुन्छ । मन्दिरको व्यवस्थापन गर्नका लागि कर्मचारी एक सय ४१ जना छन् । गाईलाई घाँस काट्ने आदि काम हुन्छ । मन्दिरमा हरेक दिन वैदिक अखण्ड महायज्ञ हुने गर्छ । 

मन्दिरमा भक्तजनको सहजताका लागि केवलकार लैजाने पनि लक्ष्य छ । तर पक्की सडक पहिला निर्माण गर्नुपर्नेमा मन्दिर व्यवस्थापनको चासो छ । मन्दिरको वार्षिक आम्दानी रु दुई करोड २५ हजार छ भने खर्च वार्षिक रु दुई करोड ९६ लाख छ । मन्दिर मुस्किले चलिरहेको अवस्थामा मन्दिरको जग्गा सदुपयोग भएमा राम्ररी चल्ने विश्वास मन्दिर व्यवस्थापनको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको राष्ट्रिय पहिचानको संरक्षणमा सबै जुट्नुपर्छः सञ्चारमन्त्री खरेल डा भुसाल र विष्टको जीवन रक्षा गर्न आग्रह तत्कालीन गृहमन्त्री लेखकको भ्रमण फुकुवा ट्रम्प बिना क्यापिटल दङ्गा सम्भव थिएनः स्मिथ जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओलीलाई पत्राचार गर्ने सरकार र नागरिक बचाउ अभियानबीचको वार्ता सकारात्मक ब्रिटिश कलेजद्वारा पत्रकारमाथि दुर्व्यवहार वर्तमान सरकारले निर्वाचनमार्फत जिम्मेवारी हस्तान्तरण गर्नेछः गृहमन्त्री अर्याल क्रान्स मोन्टानामा बार आगलागी, करिब ४० को मृत्यु युक्रेनको खेरसन क्षेत्रमा भएको ड्रोन आक्रमण २४ जनाको मृत्यु, ५० घाइते आयोगद्वारा समानुपातिकको बन्दसूची सच्याउन दलका प्रतिनिधिसँग छलफल अमेरिकाद्वारा भेनेजुएलाको तेल क्षेत्रमा नयाँ प्रतिबन्ध करिब छ महिनापछि सञ्चालनमा आयो रसुवागढी नाका गोली लागेर एक जनाको मृत्यु भरुवा बन्दुकसहित पाँच जना पक्राउ सुनचाँदीको मूल्य घट्यो नयाँ वर्ष सन् २०२६ सुरु समानुपातिकको बन्दसूचीमाथि पुनरावलोकन हुन्छ : सभापति लामिछाने सरकार सुशासन कायम गर्न र चुनावतर्फउन्मुखः प्रधानमन्त्री कार्की गुणस्तरीय पर्यटन प्रवर्द्धन गर्नुपर्छ : मन्त्री सिन्हा