उर्जा मन्त्री शर्मा द्धारा पश्चिम सेती जलबिधुत आयोजनाको अनुगमन तथा निरीक्षण, आयोजना निमार्ण प्रक्रीया अगाडी बढाउने प्रतिबद्धता ।।

ललित बोहरा , माघ २९ डडेल्धुरा ढुंगाड 

बिगत लामो समयदेखी चर्च"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... उर्जा मन्त्री शर्मा द्धारा पश्चिम सेती जलबिधुत आयोजनाको अनुगमन तथा निरीक्षण, आयोजना निमार्ण प्रक्रीया अगाडी बढाउने प्रतिबद्धता ।।

ललित बोहरा , माघ २९ डडेल्धुरा ढुंगाड 

बिगत लामो समयदेखी चर्च"/>

२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

उर्जामन्त्रीद्धारा पश्चिम सेती जलबिधुत आयोजनाको अनुगमन तथा निरीक्षण

२०७३, २९ माघ शनिबार १६:००


ललित बोहरा/माघ २९, डडेल्धुरा । ढुंगाड बिगत लामो समयदेखी चर्चामा रहेको पश्चिम सेती जलबिधुत आयोजनाको शनिबार उर्जा मन्त्री जर्नाधन शर्मा र नेकपा माओबादी केन्द्रका केन्दी्रय सदस्य तथा प्रदेश नम्बर सातका ईन्र्चाज  लेखराज भट्टले संयोक्त  अनुगमन तथा निरीक्षण गरेका छन् ।  

अनुगमन पछि बाँध स्थल बैतडी जिल्लाको ढुंगाड गाबिस वडा नं.७ मा  उर्जा मन्त्री सर्माले आयोजना निमार्ण प्रक्रीया केही दिन भित्र  अगाडी बढने बताएका छन् ।  पश्चिम सेती जलबिधुत आयोजनाको लगायत आयोजनाहरुको अनुगमन तथा निरिक्षण गर्न सुदुरपश्चि पुग्नु भएका मन्त्री शर्माले प्रभाबित घरपरिवारलाई उच्च बैज्ञानीक पुनः स्थापना गरी आयोजनाको सेयर प्रभाबित हुने क्षेत्रका नागरीकको पनी हुनेमा जोड दिनु भयो ।

निजी कम्पनी र स्थानीयको लगानीमा नेपालमा भएको जलस्रोतबाट उर्जा निकालिने बताउदै उर्जा मन्त्री शर्माले बिदेशमा रहेका नेपालीहरुलाई पनी सेयर खरिद गर्ने आग्रह गरेको बताए । उहाँले जलविद्युत उत्पादन गर्न मन्त्रालयले कर्णाली चिसा पानीमा समेत कार्यालय खोल्ने तयारी गरिरहेको बताउँदै चाडै नै सुदूरपश्चिमसहित नेपाल नै लोडसेडिङ मुक्त हुने बताउनु भयो । 

स्थलगत अनुगमनमा मन्त्री शर्माले यो क्षेत्र पर्यटकीय क्षेत्र हुनमा पनी जोड दिनु भएको थियो । चिनियाँ लगानीकर्ता कम्पनी थ्री गर्जेजको सहायक कम्पनी सिडब्ल्युइआईसँग सन् २०१२ मा आयोजना अगाडि बढाउने विषयमा प्रारम्भिक समझदारी भएको भए पनि बोर्ड र प्राधिकरणबीच रहेको केही असमझदारीका कारण परियोजनाले गति लिन नसकेको हो ।

डोटी, डडेल्धुरा, बैतडी र बझाङका १२ गाविसमा विकास निर्माण ठप्प भएको, आयोजना बनाउनुपर्छ भन्नेमा स्थानीयवासी सकारात्मक रहे पनि सरकारको निर्णय क्षमतामा देखिएको कमजोरीका कारण विगत लामो समय देखी  पश्चिम सेती जलविद्युत परियोजनामा अस्ट्रेलियन कम्पनी स्मेकलाई सर्वेक्षणको अनुमति पत्र दिएको र काम गर्न नसकेपछि सन २०११ मा खारेज गरेको थियो ।

स्मेकको अनुमतिपत्र खारेजसँगै सरकारले चिनियाँ कम्पनी सिडब्ल्युइआइको ७५ प्रतिशत र प्राधिकरणको २५ प्रतिशत सेयर रहने गरी आयोजना अगाडि बढाउने सहमति भएको थियो ।चिनियाँ पक्षले आफ्नो लगानीको विषयमा कुनै समस्या नरहेको बताए पनि प्राधिकरणले गर्नुपर्ने २५ प्रतिशत लगानीको विषयमा सरकार जमानीमा बस्ने वा अरु कुनै विकल््प अपनाउने भन्ने विषयमा प्रष्ट निर्णय नहुँदा प्रारम्भिक समझदारी भएको पाँच वर्ष बित्न लाग्दा समेत आयोजनाले गति लिन सकेको छैन ।

७ सय ५० मेगावाटको क्षमताको आयोजना पञ्चायत कालबाट निमार्ण हुन्छ भने सुन्दै आयौ बहुदलिय ब्यबस्था हुदै लोकतान्त्रिक गणतन्त्र स्थापन भई सक्दा पनी निमार्णको थालनी हुदाँ स्थानीय अन्यालमा परेको स्थानीय राम साउदले बताए । नेपाल विद्युत प्राधिकरण र लगानी बोर्डबीच आवश्यक समन्वय हुन नसक्दा पश्चिम सेती जलविद्युत आयोजनाको आवश्यक प्रक्रिया अगाडि बढ्न नसकेको हो । जनताको हक अधीकार मुक्ती स्थापीत गर्नका लागी आफु तयार रहेको बताउदै एक्काइसौ शदाब्दीमा आएर पनि यस क्षेत्रका जनताले बत्ति बाल्न नपाउनु यो क्षेत्रको प्रमुख समस्या रहेको पनि उहाँले बताउनु भयको छ ।

राष्ट बलियो बनाउने अभियानमा अहिलेको सरकार लागेकोले ,समझदारी गरेर राष्टिय सहमतिको आधारमा हामीले स्थानिय तहको निर्वाचन गर्ीयो भने गाउँपालिकामा महिलाहरु र दलीतको ४० प्रतिशत नेतृत्व त्यहाँ आइपुग्ने बताउनुभयो । पन्ध्र बर्षमा देशलाई सम्पन्नता गर्न सकिन्छ तर जनताप्रति उत्तरदायी नहुने, जनताप्रति विस्वासमा काम नगर्ने, व्यक्तिगत स्वार्थमा काम गर्ने प्रवृत्तिले बिगारेकाले त्यसको विरुद्ध संघर्ष गर्नुपर्ने पनि बताउनु भएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा