दलसिंह गिरी/फागुन १२, कालिकोट । तत्कालिन सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री एवं अहिलेका बर्तमान गृहमन्त्री विमलेन्द्र निधीद्धारा सिलान्यास गरिएको क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी/फागुन १२, कालिकोट । तत्कालिन सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री एवं अहिलेका बर्तमान गृहमन्त्री विमलेन्द्र निधीद्धारा सिलान्यास गरिएको क"/>

2026-06-25 08:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पुलको खोजीमा कालिकोट स्थानीय वासी प्रशासन सम्म पुगे

2017-02-23


दलसिंह गिरी/फागुन १२, कालिकोट । तत्कालिन सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री एवं अहिलेका बर्तमान गृहमन्त्री विमलेन्द्र निधीद्धारा सिलान्यास गरिएको कर्नाली नदीको पक्की पुलको खोजीमा कालिकोटवासी जिल्ला प्रशासन सम्म पुगेका छन्, । 

२०७१ सालमा तत्कालिन भौतिक पूर्बाधार तथा यातायात मन्त्री रहदा कालिकोटको खुलालु मै आई पक्की पुल निर्माणको लागि शिलान्यास गरिएको पुल ३ बर्ष वितिसक्दा पनि निर्माण कार्यको कुनै सुरसार नेदिए पछि कालिकोटवासी यसको अवस्थाबारे खोजी गरिदिन जिल्ला प्रशासन सम्म पुगेका हुन् ।


पुलको शिलान्यासको क्रममा कर्नालीवासी संग आफ्नो माया गासिएको बताउदै आउदो बैशाख भित्र गाडी गुडाउने प्रतिवद्धता गर्नु भएका तत्कालिनका यातायातमन्त्री हाल गृहमन्त्री भैसक्दा सम्म पनि सम्बन्धित निकायबाट यसको अवस्थाबारे कुनै सोधी खोजी नभएको भन्दै यसको खोजीका लागि जिल्ला प्रशासन मार्फत भौतिक पूर्बाधार तथा यातायात मन्त्रालय एवं गृहमन्त्रालयलाई ज्ञापन पत्र बुझाएका छन् ।

आफ्नै भूमीबाट ह्याईजहाज चढ्ने सपना बोक्दाबोक्दै ३१ बर्ष कुर्नु परेझै आफ्नै आगनबाट गाडी चढ्ने सपना पनि विमानस्थल निर्माणको जस्तै ब्यथा आइलाग्ने होकी भन्दै कर्नालीपारीका बासिन्दाहरुले चिन्ता ब्यक्त गरेका छन् । २ बर्ष पहिले नेपाली सेनाले हुम्ला कर्नालीको खुलालु–सिमिकोट खडक खण्ड निर्माणका लागि जिम्मा लिई काम तिब्र अगाडी बढाई रहेपनि हुम्ला कर्नालीको मुलद्धारको रुपमा रहेको पक्कीपुल निर्माणमा कोही कसैले चासो नदिएको भन्दै स्थानीय वासीहरु गुनासो पोख्न थालेका छन् ।


खुलालु पुलको निर्माणको लागि टेण्डर आह्वान गरी कन्काई नेपाल प्रगतिजेभीले तत्कालै निर्माण कार्यको जिम्मा लिए पनि तत्कालै करिव ५ प्रतिशत काम गरी त्यसपछि कुनै पनि काम अगाडी नबढेको बारयसोशियनका जिल्ला अध्यक्ष हिक्मत बहादुर बिष्टले बताउनु भएको छ । यहि बुधवार प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार खड्का मार्फत यातायात मन्त्रालयका लागि ज्ञापन पत्र बुझाउदै विष्टले पुल निर्माका लागि जिम्मा पाएको निर्माण कम्पनीको यथासिघ्र खोजी गरी पुल निर्माणका लागि कार्वाहि अगाडी बढाउन तथा अनुगमन गरिदिन जिल्ला प्रशासनलाई समेत आग्रह गर्नु भएको छ ।

ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी खड्काले पुल निर्माणका लागि समुदायले गरेका गुनासाहरु सम्बोधनका लागि सम्बन्धित निकाय सम्म पुर्याउने प्रतिवद्धता गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ