२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

शैक्षीक एवम धार्मीक महोत्सव तथा महायज्ञमा २ करोड बढिको कारोबार

२०७३, १४ फाल्गुन शनिबार १७:०६

कमल रावल/फागुन १४, अछाम । अछाम शैक्षीक एवम धार्मीक महोत्सव तथा महाँयज्ञ २०७३ को आयब्याय सार्वजनिकीकरण समारोह आज सम्पन्न भएको छ । 

अछाम बहुमुखी क्याम्पसलाई डिग्रि तह सञ्चालन गर्न तथा प्राविधिक शिक्षालय स्थापना गर्नका लागि यहि माघ २१ देखी २८ गतेसम्म सञ्चालन भएको महाँयज्ञको सम्पूर्ण आय ब्यय सार्वजनिक गरिएको हो । 

कार्यक्रमका अवसरमा मुल आयोजक समितीका बरिष्ठ कोषाध्यक्ष रमेश बहादुर रावलले कुल जम्मा २ करोड १ लाख ९५ हजार ४ सय १ बरावर दान संकलन भएको र २७ लाख १५ हजार ३ सय ३४ रुपैयाँ खर्च भएको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । महोत्सवमा जग्गा दानवाट ९७ लाख ७७ हजार ५५, सुन दानवाट २५ हजार १ सय ७१ र बाँकी सबै नगद दान संकलन भएको थियो । हालसम्म बैंकमा १९ लाख ९ हजार ७ सय २२ रुपैयाँ जम्मा रहेको र नगद ९ हजार ७ सय ८६ रुपैयाँ जम्मा रहेको जाँनकारी गराईएको थियो । 

यस्तै दान घोषणा गरेका दाताहरुलाई एक महिनाभित्र आफुले दान गरेको रकम मुल समितीको खातामा जम्मा गरिदिनका लागि पनि अनुरोध गर्ने निर्णय भएको छ । संकलीत रकमलाई सहि सदुपयोग गर्नका लागि बैठकमा बृहत रुपमाछलफल समेत गरिएको थियो । 

महोत्सव मुल आयोजक समिती संयोजक तथा क्याम्पस सञ्चालक समिती अध्यक्ष पदम बोहराको अध्यक्षतामा भएको उक्त कार्यक्रममा अछामका स्थानिय विकास अधिकारी तोयानारायण सुवेदी प्रमुख अतिथी रहनुभएको थियो । 

कार्यक्रममा जिल्ला शिक्षा अधिकारी झंकरबहादुर बिष्ट र मंगलसेन नगरपालिकाका कार्यकारी अधिकृत गणेश प्रसाद जैशी ढुंगाना बिशिष्ट अतिथी रहनुभएको थियो । बिभिन्न राजनीतिक दलका प्रमुख प्रतिनिधी, सरकारी कार्यालयका प्रमुख प्रतिनिधी, प्रमुख दान दाताहरु, पत्रकार, मुल समिती र उपसमितकिा पदाधिकारी लगायतको उपस्थिती रहेको उक्त कार्यक्रममा क्यामपस प्रमुख छत्र बहादुर बिष्टले स्वागत मन्तब्य राख्नुभएको थियो भने सञ्चालन उदयराज ढुंगानाले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा