२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिशेष खबर

अनुगमन टोलिद्वारा बैतडी स्वास्थ्य सेवाको प्रसंशा

२० चैत्र २०७३, आईतवार ०२:५५


नरी बडु/चैत २०, बैतडी । सुदूरपश्चिमको दुर्गम क्षेत्रका रुपमा रहेको बैतडी जिल्लामा संञ्चालित स्वास्थ्य सेवा प्रवाहको स्वास्थ्य मन्त्रालयका सचिव सेनेन्द्रराज उप्रेतीको नेतृत्वमा रहेको अनुगमन टोलीले प्रसंसा गरेका छन् ।

दार्चुला जिल्लालाई पुण खोपयुक्त जिल्ला घोषणा गर्ने अवसरमा सुदूरपश्चिमका दुर्गम जिल्लाहरुमा स्वास्थ्य सेवा अनुगमनका लागि पुग्नुभएका उप्रेतीले बैतडीजस्तो दुर्गम क्षेत्रमा पनि डक्टर गुणराज अवस्थीको टीमले गरेको सेवा प्रवाहको उच्च प्रसंसा गरेका हुन् ।

नेपालमा विक्रम सम्वद २००८ सालमा सुरु भएको स्वास्थ्य सेवा बैतडीमा २०२८ सालदेखि सुरु भएको थियो ।

मन्त्रालयको स्वास्थ्य सचिव बैतडी जिल्लामा पुगेको यो पहिलोपटक हो । स्वास्थ्य सचिव र स्वास्थय सेवा विभागका माहाँनिर्देशकले बैतडी जिल्लाको स्वास्थय अवस्थाको बारेमा अनुगमन गरेका छन् ।

केहि उपकरणहरुको कमि रहेको यस जिल्ललामा स्वास्थ्य उपकरणका लागि पहल गरिने अनुगमन टोलिको भनाई छ । कार्य सम्पादन मुल्याङ्कनमा देशको ६८ औँ स्थानमा रहेको बैतडी जिल्ला दुर्गमका जिल्लाहरुमा काम गरेका डक्टर गुणराज अवस्थी आएपछि तेश्रो स्थानमा पुग्न सफल भएको स्वास्थ्य सचिव सेनेन्द्रराज उप्रेतीको भनाई छ ।

६८ स्वास्थ्य संस्था रहेको यस जिल्लाका दुर्गम गाँउ–गाँउमा रहेका सुत्केरी आमाहरुलाई सेवा दिन बैतडीका १ सय २५ ठाँउमा सुरक्षित प्रसुति सेवा केन्द्रको स्थापना गरिएको छ, जुन स्वास्थ्य संस्था भन्दा बाहिर देशकै सबैभन्दा बढी हो ।

दुर्गम र पछिडीएको जिल्ला भएपनि जनस्वास्थ्यका अभियानहरुले बैतडी जिल्ला स्वास्थय क्षेत्रमा अगाडी बढेको स्वास्थ्य सेवा विभागकका माहानिर्देशक डाक्टर राजेन्द्र प्रशाद पन्तको भनाई छ ।

आमा र बच्चाको स्वास्थ्य सेवामा उल्लेख्य प्रगती भएपनि जटील रोगको उपचारका लागि बैतडी लगायत सुदूरपश्चिमका नागरिकहरुले भारत जानुपर्ने बाध्यता भने हटेको छैन् ।

सर्वसुलभ स्वास्थ्य सेवा प्रवाहका लागि जिल्लामा स्वास्थ्यकर्मिका साथसाथै स्वास्थ्य मन्त्रालयले विभिन्न किसमका उपकरणहरुको पनि व्यवस्था गर्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ