चैत ३१, चितवन । नवलपरासी, तनहुँ र चितवनको सङ्गमस्थल देवघाट धाममा त्रिकोणात्मक पुल निर्माण गरी तीनै जिल्लालाई जोडिने भएको छ । 

देवघाट क्षेत्र "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत ३१, चितवन । नवलपरासी, तनहुँ र चितवनको सङ्गमस्थल देवघाट धाममा त्रिकोणात्मक पुल निर्माण गरी तीनै जिल्लालाई जोडिने भएको छ । 

देवघाट क्षेत्र "/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

नवलपरासी, तनहुँ र चितवनको सङ्गमस्थल देवघाटमा त्रिकोणात्मक पुल निर्माण गरिने

३१ चैत्र २०७३, बिहीबार ०८:४८


चैत ३१, चितवन । नवलपरासी, तनहुँ र चितवनको सङ्गमस्थल देवघाट धाममा त्रिकोणात्मक पुल निर्माण गरी तीनै जिल्लालाई जोडिने भएको छ । 

देवघाट क्षेत्र विकास समितिको गएको पुस ३० गते त्यस क्षेत्रका सांसद रामचन्द्र पौडेलको उपस्थितिमा बसेको बैठकले बेनीमा पुल निर्माण गरी तीन जिल्लालाई जोड्ने निर्णय गरेको थियो । 

देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टङ्कनाथ पौडेलका अनुसार सो पश्चात् प्रधानमन्त्री पुष्पकमल दाहालसहित विभिन्न मन्त्रालय र निकायमा पुल निर्माणका लागि अनुरोध गरिएको थियो । पुल निर्माणका लागि सस्पेन्सन ब्रिज डिभिजन पुलचोकको टोलीले प्रारम्भिक अनुगमन गरी काम अघि बढाएको छ । 

बेनीमा मुख्य पुलको पिल्लर रहनेछ भने त्यसबाट नवलपरासीतर्फ गैँडाकोटको केलाँदी, तनहुँको देवघाट र चितवनको भरतपुर महानगरपालिका जोडिने छ । प्रारम्भिक अध्ययनअनुसार बीचको पिल्लरबाट नवलपरासीतर्फ दुई सय २०, तनहँुतर्फ दुई सय २० र चितवनतर्फ तीन सय मिटर हाराहारी लामो पुल बन्ने अध्यक्ष पौडेलले बताउनुभयो । 

पुल निर्माण गर्न करिब रु ४५ करोड खर्च हुने अनुमान गरिएको छ । बेनी सङ्गममा निर्माण गरिने पिल्लर अग्लो बनाई भ्यू टावरसमेत बनाइने छ । सो झोलुङ्गे पुलबाट सवारीसाधन चलाउन दिइने छैन । देवघाटको धार्मिक महिमालाई अरू बढाउन सहयोग पुग्ने गरी सो पुल निर्माण गर्न लागिएको हो । 

कति लम्बाइको बनाउने भन्ने बारेमा अध्ययन भइरहेको छ । सम्भाव्यता अध्ययन रिपोर्टका आधारमा डिपिआर सर्भे रिपोर्टका लागि कन्सल्ट्यान्टको सहयोग लिइनेछ । यसअघि नै नवलपरासीतर्फ केलाँदीबाट मौलाकालिका जानका लागि एक हजार दुई सय मिटर स्टेप निर्माण गरिसकिएको छ । पुल निर्माणसँगै देवघाटधाम र मौलाकालिका मन्दिर जोड्न सहज हुने र यसले धार्मिक चक्रपथ निर्माण गर्न सहयोग पुग्ने अध्यक्ष पौडेलले बताउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध