मकरराज धामी/बैशाख १५, बझाङ । जयपृथ्वी नगरपालीका स्थापना भएको तिन वर्ष पुगिसक्यो तर नगरपालिकाले अहिले सम्म फोहोरको उचित व्यवस्थापन गर्न सकेको छैन । 
"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मकरराज धामी/बैशाख १५, बझाङ । जयपृथ्वी नगरपालीका स्थापना भएको तिन वर्ष पुगिसक्यो तर नगरपालिकाले अहिले सम्म फोहोरको उचित व्यवस्थापन गर्न सकेको छैन । 
"/>

2026-06-25 05:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

फोहोर व्यवस्थापन नहुँदा बझाङ सदरमुकाम दुर्गन्धित

2017-04-28


मकरराज धामी/बैशाख १५, बझाङ । जयपृथ्वी नगरपालीका स्थापना भएको तिन वर्ष पुगिसक्यो तर नगरपालिकाले अहिले सम्म फोहोरको उचित व्यवस्थापन गर्न सकेको छैन । 

जसका कारण  जल तथा वायू प्रदुषण बढदै गएको छ । जयपृथ्वी नगरपालीकाले नगरक्षेत्र  भित्रबाट संकलन भएको फोहोरलाई स्थानिय बाहुलीगाड खोलाको किनारमा विर्सजन गर्ने गरेको छ । जयपृथ्वी नगरपालीका भित्रबाट उठेको फोहोरलाई सिधै पानीको श्रोतमा मिसाउने र बाल्ने गर्दा प्रदुषण बढ्दै गएको ले समस्या उत्पन्न हुन थालेको स्थानियले गुनासो गरेका छन ।

सेती नदी र बाहुलीगाडको दोभान भन्दा करीब ५ सय मिटर माथी नगरपालीकाले फोहोर फाल्ने गरेको छ । 

बाहुलीगाडले बगाएर यो फोहोरलाई सेती नदीमा समेत मिसाउनाले यहांको पानी प्रयोगकर्तामा समेत स्वास्थ्य सम्बन्धी समस्या देखिन थालेको बताइएको छ । बझाङ सदरमुकाम लगायत बाहुलीगाड र सेती नदी आसपासका धेरै बस्तीहरुले अहिले पनि यहांको पानीलाई खानेपानीको रुपमा प्रयोग गरिरहेका छन । भने आसपासका बस्तीका मानिसहरुले नुहाउने र लुगा धुने मुख्य ठांउ बाहुली गाड र सेती नदी नै हुन ।

सदरमुकामवासीले सदरमुकामका धारामा खानेपानी नियमित रुपमा नआउने हुदा विकल्पको रुपमा बाहुलीगाडको पानी प्रयोग गर्ने गरेका छन् । पानीमा जथाभावि नगरपालिकाले फोहोर मिसाउनाले आफुहरुलाई निकै समस्या भएको स्थानिय विस्ना नेपाली बताउनु भयो । भनिन धारामा पानी नआउदा नजिकैको बाहुलीगाड खोला भएकाले त्यतै बाट ल्याएर खान्थ्यौ । फोहोर फाल्न थाले पछि खोलाको पानी पिउन मन लाग्दैन उहाले बताईन ।

यस्तै बाहुलीगाडको पानी प्रदुशित हुदै गए पछि त्यहां नुहाउदा पनि छालाजन्य रोगको संक्रमण हुन थालेको छ । यहांको पानीले नुहाएको एक दुइ घण्टा पछि जिउ चिलाउने, शरिरमा विमिरा आउने, घाउ पाक्ने जस्ता समस्या आउने गरेको अर्का स्थानिय अक्कल बोहराले बताउनु भयो । 

यता जयपृथ्वी नगरपालिकाका कार्यकारी प्रमुख अम्मर राज खत्रीले उपयूक्त ल्याण्डफिल्ड साइटको खोजीमा नगरपालिका लागिरहेको जानकारी दिनु भयो । जन स्वास्थ्यमा असर पर्न सक्छ भन्ने थाहा हुदा हुदै पनि अरु विकल्प नहुंदा सम्मका लागी बाध्य भएर बाहुलीगाडमा फाल्नु परेको उहाको भनाई छ ।

तस्बिर: बझाङ सदरमुकाम चैनपुर नजिकै बौलीगाडखोलामा नगरपालिकाले दिनहु फालेको फोहोरको थुप्रो । तस्विर: मकरराज धामी, बझाङ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने