पढ्न करिब 5 मिनेट लाग्छ

दलसिंह गिरी/बैशाख २५, कालिकोट । स्थानीय निकायको निर्वाचनका लागि चुलिदै गएको चुनावी सरगम संगै रास्कोट नगरपालिकाको चर्चा पनि चुलिदै गएको छ ।

जिल्लाका सबै राजनैतिकदलहरुले समेत रास्कोट नगरपालिकामा आ–आफ्नो उम्मेदवारीलाई विजयी गराउन विशेष शक्ति केन्द्रीत गरेका छन् । रास्कोट नगरपालिकामा मेहरका लागि सबै दलहरु राजनैतिक भन्दा सामाजिक चर्चा कमाएका उम्मेदवारहरु छनोट गरी चुनावी मैदानमा उत्रिएका छन् ।

यस्ता उम्मेदवारलाई जिताउन जिल्ला देखि केन्द्र तथा अन्तराष्ट्रिय स्तरसम्म चिनिएका ब्यक्तित्वहरु समेत रास्कोट नगरपालिकामा केन्द्रीत भएका छन् । संविधान सभाको निर्वाचन २०६४ र २०७०मा समेत जिल्ला केन्द्रीत नभएका ब्यक्तित्वहरु अहिले रास्कोट नगरपालिकाको मेहर उम्मेदवारमा आफ्नो आस्था केन्द्रीत पार्टीका उम्मेदवारलाई जिताउन घर दैलो भेटघाट अभियानमा लागि परेका छन् ।

नेकपा एमालेबाट मेहरका लागि उम्मेदार मनिराज बराललाई जिताउन पूर्व सहायक मन्त्री एवं २०५१ सालको मध्यावधि निर्वाचनमा कालिकोटका सांसद यज्ञराज न्यौपाने अहिले जनताको घरदैलो भेटघाट अभियानमा लाग्नु भएको छ । तत्कालिन संचार सहायक मन्त्री भए देखि कालिकोट फिर्ती नहुनुभएका मन्त्री न्यौपाने हाल मेहर उम्मेदार बराललाई जिताउन घरदैलो भेटघाट अभियानमा लाग्नु भएको हो । यस्तै नेकपा एमाले निकट रहनु भएका सामुदायिक रेडियो प्रशारक संघ (अकोराप)का पूर्व अध्यक्ष एवं ओमातका उपाध्यक्ष मिनबहादुर शाही पनि मेहर उम्मेदार बराललाई बिजयी गराउन घरदैलो भेटघाट अभियानमा जुट्नु भएको छ ।

रास्कोट नगरपालिकाको मेहर उम्मेदारको लागि नेपाली कांग्रेसबाट उम्मेदार दान बहादुर बमलाई जिताउन लोकतान्त्रिक गैसस महासंघका केन्द्रीय उपाध्यक्ष एवं एक लाख ग्रेजुअट युवा अभियान्ताका संयोजक अशोक नाथ योगी पनि चुनावी घरदैलो अभियानमा होमिनु भएको छ । केहि दिन पहिले कांग्रेस र राप्रपाले छुट्टा छुट्टै मेहर र उप मेहरको उम्मेदवार उठाएर प्रचार प्रशारमा लागेको २ पाटी विच समिकरण गराई अहिले मेहरमा दान बहादुर र उपमेहरमा राप्रपाका हजा सुनारलाई आफ्नै पहलमा साझा उम्मेदारी उभ्याउन समेत योगीले भ्याउनु भएको छ ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनीयका ब्यक्तित्व समेत आफु सम्बद्ध पार्टीबाट रास्कोट नगरपालिकाको मेहर उम्मेदार बिजयी गराउन किन लागिपरेका छन् त ? यसका बारेमा देखिएका केही सम्भावित तर्कहरु यस्ता देखिएका छन् ।

पर्यटकिय स्थलको प्रचुर सम्भाब्यता

रास्कोटक्षेत्र पर्यटनको प्रचुर सम्भावना बोकेको क्षेत्र मानिन्छ । यातायातको पहुँच भन्दा बाहिर रहेका बेला गुमनाम रहेको यहाको धार्मिक तथा प्राकृतिक पर्यटकिय स्थल सडक यातायात जोडिए संगै पर्यटन प्रबर्धनको एक प्रमुख केन्द्रविन्दुको रुपमा रहेको छ ।

भार्मिक हिसावले कालिकोट मात्र नभई अछाम दैलेख र बाजुरा र जुम्ला सम्म समेत चर्चामा रहेका सिवनाथ मन्दिर, देउरापाटन, डाडेमाडु जस्ता धार्मिक स्थल यसै नगरपालिकामा रहेका छन् । गौगोलिक हिसाबले ठूलठुला फाटयुक्त पाटनी भूभाग र मानब निर्भित तालहरु समेत बनाउन सकिने सम्भाब्य स्थान र ह्वाइयातायात संचालन गर्न सकिने प्रयाप्त फाटयुक्त भूभाग रहेको छ ।

यस्तै मध्य तथा सूदरपश्चिम लगायत भारत सम्म बहुचर्चित धार्मिक स्थलको रुपमा रहेको बडिमालीका मन्दिर जान सजिलो र छोटो सडक बाटो यसै रास्कोट नगरपालिका बाटै विस्तार गर्न सकिने सम्भाब्य क्षेत्र भएकाले यो क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकको उपयुक्त गन्तब्यस्थल बनाई नगरपालिकाको आर्थिक स्तर उन्नती विकास गर्ने एक प्रमुख सम्भाब्य रहेकाले बसैको ध्यान यसमा केन्द्रीत रहेको पाईन्छ ।

उर्बरयोग्य कृषि जमिन

कुनै बेला तत्कालिन राजदरबारमा पुग्ने रातो चामल उत्पादित रास्कोट क्षेत्र धान, मकै, कोदो, फापर, जौ जस्ता नगदे बालीको प्रमुख उर्भरायुक्त क्षेत्र मानिन्छ ।

मौसमी तथा ब्यमौसमी तरकारी खेती योग्य भूभाग तथा सुहाउदो हावापानी यसै क्षेत्रमा प्रयाप्त रहेकाले यस क्षेत्रमा ब्यवशायिक कृषि प्रणालीको विकास गरी रोजगारमुखी समाज निर्माण गर्न सकिने सम्भाब्यता प्रबल रहेको छ, यस्तै स्याउ, ओखर सुन्तला उत्पादन हुने एक उर्भर योग्य क्षेत्रको रुपमा लिई जिल्ला कृषि विकास कार्यालय कालिकोटले स्याउ तथा सुन्तला पकेट क्षेत्र निर्धारण गरी आफ्ना कार्यक्रम समेत अगाडी बढाइसकेकाले छोटै समयमा यस क्षेत्रको स्तरउन्नती बृद्धि गर्न सजिलै सकिने दोश्रो प्रमुख आधार भएकाले सबै दलहरुको ध्यान यस नगरपालिकामा केन्द्रीत भएको पाइन्छ ।

भौगोलिक सहजता

जिल्लाका अन्य गाउ तथा नगरपालिकाको तुलनामा रास्कोट नगरपालिका भौगोलिक हिसाबले एकनासको भई यहाँको जुनसुकै वडा क्षेत्रमा बस्ने नागरिकले राज्य तथा अन्य निकायबाट पाउने हरेक सेवा एकनास र सहजै ग्रहण गर्न सक्ने भएकाले छोटै समयमा नगरपालिकाका सबै जनताको विश्वासिलो पार्टीको रुपमा स्थापित हुने उपयुक्त अवसर ठानी सबै दलहरु आफ्नो उम्मेदारी जिताउन बढी कसरत गरिरहेको पाईन्छ ।

यातायात तथा विद्युतको पहुँच

ग्रामिण विकासको एक प्रमुख आधार मानिने सडक र विद्युत सेवाको हकमा विगत साढे २ बर्ष देखि ग्रामिण पहुँच कार्यक्रम र्यापथ्रिले ग्रामिण सडक विस्तारका लागि रास्कोट नगरपालिकाको सान्तीघाटदेखि सबै वडा सम्म पुग्ने गरी सडक संजाल विस्तार गरिसकेको, र रास्कोट नगरपालिकाकै पोतमारा स्थानमा करिव ५ सय किलो वाडको विद्युत उत्पादन भै रास्कोट क्षेत्र लगायत सान्नीत्रिबेणी गाउपालिका हुदै खाडाचक्र नगरपालिका सम्म विद्युतीय सेवा विस्तार भैसकेकाले यसलाई आधारविन्दु बनाई विभिन्न खालका उद्योग कलकारखाना संचालन गरी नगरपालिकाको स्तर उन्नती गर्न सहज बाताबरण हुनुका साथै रास्कोट नगरपालिकालाई कालिकोटकै एक नमुना नगरपालिका बन्ने सम्भावना देखिएकाले यहाँ आफ्नो प्रभाव हावी गराउन सबै दलहरु आफ्नो उम्मेदार विजयी गराउन रातादिन लागिपरेका छन् ।