सल्यानको छ्त्रेश्वरी गाउँपालिका प्रमुख पदमा पराजित आदरणीय दाइ चित्र बहादुर के.सी.(क.भास्कर) प्रती

अप्रत्याशित रुपमा हार ब्यहोर्नु पर्यो सल्यानको छ्त्रेस्वरी गा."/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सल्यानको छ्त्रेश्वरी गाउँपालिका प्रमुख पदमा पराजित आदरणीय दाइ चित्र बहादुर के.सी.(क.भास्कर) प्रती

अप्रत्याशित रुपमा हार ब्यहोर्नु पर्यो सल्यानको छ्त्रेस्वरी गा."/>

२०८३, ५ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिशेष खबर

दाईलाई भाईको मार्मिक पत्र- ‘संसदीय व्यवस्थामा काम गर्नेको मूल्याकंन हुँदैन दाई, यसको विकल्प खोज्नुस’

२०७४, ४ जेष्ठ बिहीबार ०७:४०


सल्यानको छ्त्रेश्वरी गाउँपालिका प्रमुख पदमा पराजित आदरणीय दाइ चित्र बहादुर के.सी.(क.भास्कर) प्रती

अप्रत्याशित रुपमा हार ब्यहोर्नु पर्यो सल्यानको छ्त्रेस्वरी गा.पा.मा अघि सम्म धेरै मतान्तरको अग्रता नै रहेको थियो । सायद माथिल्लो भेगका शुभचिन्तक र जनताले बिजय जुलुस मनाउने तयारी पनि गर्दै थिए होला ।

तर अन्तिम परिणाम नसोचेकै आयो केही समय अघिको मत परिणाम हेर्दा सायद कसैले सोचेको पनि थिएन होला । यो परिणामले कोहि खुशी होलान् तर धेरै जनता र शुभचिन्तकहरु पक्कै पनि दुखी भएका छ्न मलाई थाहा छ ।

आदरणीय #भास्कर दाइ हिजोका दिनमा हजुरले धेरै दुख पाउनु भो जीवनको उर्जाशील उमेरमा सामन्ती राजतन्त्र र दलाल संसदीय ब्यबस्था फालेर एउटा छुट्टै खालको समाजबादी राज्य ब्यबस्था ल्याउने परिकल्पना र सपना देखेर आफ्नो पढाई जागिर परिवार लगायत सबै थोक त्यागेर जनयुद्धमा होमिनु भयो संगै मेरो बुबा पनि होमिनु भो भुमिगत जीवन बिताउनु भयो ।

त्यही क्रममा हजुरको बहिनी अर्थात मेरो दिदी #खला के.सी.सहिद हुनुभयो ।

त्यतिबेला न कुनै ब्यक्तिगत स्वार्थ थियो थियो त, केवल स्वाधीन र समुन्नत राज्य निर्माण गर्ने दृढ अठोट लिएर मृत्यु वा मुक्तिको लडाइँमा अबिचलित भइ लड्नु भो । २०५४ को स्थानीय निर्वाचन प्रचण्डको निर्देशनमा भएको बहिष्कार र खारेजी अभियानमा हजुर पनि हुनुन्थ्यो होला ।

खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने संसदीय ब्यबस्थालाई जरैदेखि फालेर नयाँ जनबादी निर्माण गर्नु पर्छ भनी १० वर्ष महान जनयुद्ध भयो । हजारौं नेपाल आमाका सपुतहरुले जीवन उत्सर्ग गरे रगत बगाए परिणाम स्वारुप १९ दिने जनान्दोलन भयो माओवादी शान्तिप्रकृयामा आयो राजतन्त्र फालियो गणतन्त्र स्थापना भयो । (१९ दिने जनान्दोलनले मात्र गणतन्त्र आयो भन्ने आफुलाइ गणतन्त्रको ठेकेदार ठन्नेहरुलाइ स्मरण रहोस जनयुद्ध विना १९ दिने जनाआन्दोलन सम्भव थिएन) जनताको छोराछोरी राष्ट्राध्यक्ष चुनिने ब्यबस्था आयो ।

पहिलो संविधानसभा निर्वाचन भयो, माओवादी पहिलो पार्टी भयो, सरकारको नेतृत्व पनि गर्यो, तर छुट्टै राज्य ब्यवस्थाको सपना देखेको बहुमत ल्याएर जनबादी ब्यबस्था स्थापना गर्ने अभिलाषाका साथ संविधानसभामा आएको माओवादीले पूरा बहुमत त ल्याउन सकेन । अरु दलको खुट्टा तान्ने प्रवृत्तिका कारण आफ्नो एजेन्डा लागू गर्न पनि सकेन, मेरो विचारमा पुर्ण रुपले बिजय हासिल नगरी हतियार बिसाउनु नै गल्ती थियो ।

बिडम्बना भनौ या बध्याता घुम्दै फिर्दै रुम्जाटार भने झै उहीँ पुरानै खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने संसदीय ब्यबस्थामा भासियो । मृत्यु वा मुक्तिको कसम खाएर लडेका जनसेना केहीलाई आयोग्यको बिल्ला, कोहिलाइ अपमानजनक समायोजन गरियो । रगतसङ साटिएको हतियार बुझाइयो, जसको कारण जितेको लडाइँ पनि हार्न बिभस भयो परिणाम स्वरुप पार्टी फुट्यो ।

एक पक्ष अर्थात नेकपा अहिले पनि बैज्ञानिक समाजबादी ब्यबस्था स्थापनाको निम्ति अहिले पनि संघर्षमै छ, जसमा म पनि आबद्द छु । अर्को पक्ष अर्थात माके अहिले हजारौं सहिदहरुको सपनाहरू माथी कुल्चिदै पुरानै संसदीय ब्यबस्थामा भसियो, हिजोका बर्ग दुश्मनसंग अपबित्र गठबन्धनहरु भए ( जसमा हजुर पनि आबद्ध हुनुन्छ )

जसको कारण प्रतिक्रियावादीहरुले सिर उठाउने मौका पाए । दोस्रो संविधानसभा चुनाबमा तेस्रो हुनु पर्यो, तेस्रो हुँदा पनि सरकारको नेतृत्व गर्ने अवसर पायो उहीँ पुरानै ढर्रामा स्थानीय चुनाव पनि गरियो । जसमा हिजो टाउकाको मूल्य तोक्ने बर्ग दुश्मनसंग अपबित्र गठबन्धन गर्यो, तर गठबन्धनका सहयात्रीले नै सौतासङ मिलेर पोइ मार्ने काम गरे फलस्वरूप नतिजा अर्कै तिर गयो ।

हजुर पनि त्यही खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने ब्यबस्था भित्रको स्थानीय चुनावमा सल्यानको छ्त्रेश्वरी गाउँपालिकाबाट मेयरको उम्मेदवार बन्नु भयो, धेरैको आशा थियो भास्करले चुनाव जितोस भन्ने, तर अन्तिम नतिजा अप्रत्याशित रुपमा अर्काको पक्षमा आयो ।

हजुरले २०६५/६६ ताका दमाचौरको बुरासेको नमुना गाउँ निर्माणमा उपभोक्ता समितिको अध्यक्ष भएर गाउको बाटो, बिजुली, बिद्यालय आदि निर्माणमा धेरै राम्रो काम गर्नु भयो । जनताको मन पनि जित्नु भो, अब भास्कर चुनावमा उठे भोट दिनुपर्छ भन्ने मानसिकता समेत बिकास भैसको थियो । 

यो चुनाबमा भोट पनि दिए साबिकको छयाछेत्र गाबिस बाहेक अरु ठाउँको भोट गन्दा हजुर सधै अग्रतामा हुनुन्थ्यो धेरैको बिश्वास थियो अब भास्करको जीत सुनिश्चित छ, त्यति मात्र होइन बिजय जुलुस मनाउन आतुर थिए जनता तर अन्तिम मत परिणाम अप्रत्याशित रुपमा अर्काको पक्षमा गयो ।

यसले हजुरलाइ मात्र नभएर धेरै जनता र शुभचिन्तकहरु माथी निराशा पैदा गरेको छ । तपाईं नआत्तिनुहोस दाइ निराश पनि नहुनुस किन कि तपाईंलाई धेरै जनताको साथ छ, थोरै मतान्तरले हारे पनि सायद केही प्राविधिक कुरा मिलाउन सकेको भए जितिन्थ्यो होला पनि ।

यो संसदीय ब्यबस्थामा काम गर्नेको मूल्याकंन हुदैन दाइ त्यसैले यो ब्यबस्थाको विकल्प खोज्नु जरुरी भैसकेको छ, हजुरले पनि पक्कै महसुस गर्नै भएको छ, चुनाव र नेपालको फोहोरी संसदीय राजनीति पुरै ठेकादारी राजनितिमा परिनत भैसकेको छ ।

हजुर पनि संसदीय ब्यबस्था बिरुद्द १० वर्ष लड्नु भयो बहिनी गुमाउनु भयो । तर बिडम्बना उहीँ संसदीय ब्यबस्थामा फर्किनु पर्यो यो असफल सिद्ध भैसकेको ब्यबस्थाको विकल्प खोज्ने बेला पक्कै पनि आएको छ दाइ ।

चुनावको बेला सत्ता टिकाउन जति सुकै जनताको आकर्षण छ, भनी भ्रम छरे पनि संसदीय ब्यबस्था प्रति जनमानसमा बितृष्ण पैदा हुँदै गएको छ । जतिसुकै मै हु भन्ने पार्टी वा ब्यक्ति त्यहा छिरेपनी उस्तै हो, जब मुहान नै धमिलो छ भने खोलामा देखिने थोरै सङ्लो पानीको कुनै अस्तित्व हुदैन । जब बैज्ञानिक समाजबादमा पुगौला अनि मात्र हाम्रो मिसन पूरा हुनेछ दाइ ।


हजुरकै प्यारो भाइ 
लक्ष्मण केसी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ