नवग्रह शान्ति गर्न नौ दिनदेखि नौ ओटा बत्ती

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
2 Min Read

सास । असार ७, बर्दिया ।

स्थानीय चुनावी माहोल तात्तिँदै गएको छ । प्रचार प्रसार तीब्र रुपमा चलिरहेको छ । यसैबीच स्थानीय निकायहरुको ध्यान सानातिना कुरामा जान नसकेकोमा स्थानीयहरुको गुनासो रहको छ ।

विगत नौ दिनदेखि गुलरिया नगरपालिका वडा नं. ५ को सन्तोषीटोलका नौ ओटा सडक बत्तीहरु विगत नौ दिनदेखि निरन्तर बलिरहेका छन् । मेन मिटरबक्समा रहेको एमसिभीमा समस्या भएका कारण अफ नभएपछि यी बत्ती दिनभर बलेका स्थानीय ज्ञानप्रसाद ज्ञवालीले बताउनुभयो ।

‘विद्युतमा जानकारी गराउँदा नगरपालिकामा भन्नुस भन्यो र नगरपालिकामा जानकारी गरायौँ अहिले भर्खर बनाउने मान्छे आउँछ भनेको आज चार दिन वितिसक्दा पनि आएका छैनन् खै के हो बुझ्न सकिएको छैन, ‘बत्तीहरु निरन्तर बलेका बल्यै छन् मिटर घुमेको घुम्यै छ यसको महशुल हामीले नै तिर्नुृ पर्छ किन वास्ता नगरेको हो कि हाम्रो कुरा नसुनेका हुन् कुरा बुझ्न सकिएन’ ज्ञवालीले भन्नुभयो । व्यङ्ग्यात्मक पारामा वहाँले भन्नुभयो खै ? कतै नौ ग्रहको शान्ति गर्न त हैन बत्ती बलेका ?

यस्ता कुराहरुमा नगरपालिका र सम्बद्ध निकायको ध्यान नजाँदा राज्य तथा समाजलाई नै घाटा पर्ने हुँदा छिटो भन्दा छिटो यसको उचित मर्मत तथा व्यवस्थापनका लागि सम्बन्धित निकायको ध्यान जान जरुरी देखिन्छ । यति मात्रै हैन पोलमा भएका चराका गुँडहरु तथा पुराना भएर कमजोर भएका तारहरु तथा संरचनाहरु समयमा नै व्यवस्थापन नगर्ने हो भने वर्खायाममा विद्युत चुहावट भई सर्ट हुने तथा आगलागी भई धनजनको समेत क्षति हुने भएकोले पनि यथाशीघ्र यसको व्यवस्थापन गरिनु पर्दछ ।

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply