पढ्न करिब 2 मिनेट लाग्छ

राम नारायण पंडित/साउन २७, सिरहा । लगातारको बर्षाले मिर्चैयाको बिभिन्न चौकमा पानी जमेकोले जनजीवन प्रभावित भएको छ ।

सामान्य बर्षासंगै मिर्चैयाको केन्दुबिन्दु मानिने थाना चौक, बजार एरिया र कटारी चौक लगायतका स्थानहरुमा पानी जमेकोले आवतजावतमा समस्या भईरहेको छ । नालाको उचित व्यवस्थापनको अभावमा मिर्चैयामा पानीको निकास नहुँदा पुर्ब पश्चिम लोकमार्गमा समेत पानी जमेको छ ।

मिर्चैयामा नाला निर्माणका लागि खनिएका खाल्डोहरु अधुरै रहेकोले स्थानिय व्यबसायीहरुको पसलको अगाडी पानी जमेकोले थप सकस भएको छ भने मिर्चैयाको थाना चौक एरिया र बजार एरियामा पसलहरुमा पानी पसेको छ । वर्षाले मिर्चैयाको प्रायः सडक बाटोहरु जलमग्न र हिलाम्य भएको छ । मिर्चैया नगरपालिका अन्तर्गत रहेका जिर्ण एवं कच्ची सडक तथा गल्लीको सडकहरु पनि वर्षाले हिलाम्य भएको हो ।

नगर भित्र ढल तथा पानी निकासको लागि नालाको उचित व्यवस्थापन नहुँदा समान्य वर्षा हुँदा पनि पानी सडकमै जम्ने गरेकाले हिलाम्य हुने गरेको छ । सडकमा पानी जमेर हिलाम्य हुँदा पैदल हिँडडुल गर्न समेत कठिनाई भएको छ । पटक पटक यस्ता समस्याहरुले मिर्चैया नगरपालिकाबासी आजित भएपनि नगरापलिकाले समस्या समाधान गर्न खासै चासो देखाएको छैन् ।

यदि समयमा नालाको उचित व्यवस्था नभए मिर्चैयाको घरघरमा पानी पस्ने संभावना रहेको स्थानियहरुको भनाई रहेको छ । यता, मिर्चैया नगरपालिकाले सडकमा जमेको पानीलाई निकास दिने काम भईरहेको बताए । बर्षाले जिल्ला मिर्चैयाको साथै, गोलबजार, लहान, सुखिपुर, कल्याणपुर, बस्तिपुर धनगढीमाई लगायत ग्रामिण क्षेत्रको सडक हिलाम्य भएको छ ।