राम नारायण पंडित/साउन २८, सिरहा । अविरल बर्षाले सिरहाको जनजिबन अस्तब्यस्त भएको छ । 

गएराति बर्षाको पानी व्यापारीहरुको पसल र गोदाममा पस्दा मिर्चैय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

राम नारायण पंडित/साउन २८, सिरहा । अविरल बर्षाले सिरहाको जनजिबन अस्तब्यस्त भएको छ । 

गएराति बर्षाको पानी व्यापारीहरुको पसल र गोदाममा पस्दा मिर्चैय"/>

2026-06-26 03:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिशेष खबर

पानी गोदाममा पस्दा मिर्चैयामा करोडौको क्षति, प्रहरी कार्यालयको पर्खाल भत्कियो

2017-08-12


राम नारायण पंडित/साउन २८, सिरहा । अविरल बर्षाले सिरहाको जनजिबन अस्तब्यस्त भएको छ । 

गएराति बर्षाको पानी व्यापारीहरुको पसल र गोदाममा पस्दा मिर्चैयामा करीब एक करोड भन्दा बढीको क्षति भएको छ । मिर्चैया नगरपालिकाको बजार एरिया, कटारी चौक र थाना चौकमा रहेका ठुल–ठुला पसल र गोदामहरुमा पानी पस्दा ब्यापारीहरु समस्यामा परेका छन । 

मिर्चैयामा बर्षाको पानी पसल र गोदाममा पस्दा एक करोड भन्दा बढीको क्षति भएको उद्योग बाणिज्य संघ मिर्चैयाका अध्यक्ष हरीशंकर साहले बताए । मिर्चैया ५ मा रहेको गदरी बजारमा करीब ४ फिट पानी जम्दा अधिकांश ब्यापारीहरुको पसल पसेको अध्यक्ष साहले जनाए । 


मिर्चैया नगरपालिकाको लापरबाहीले स्थानिय ब्यापारी र सर्बसाधारणहरुलाई बर्षाको समयमा यस्तो दुख भोग्नुपरिरहेको स्थानिय ब्यापारी हरिकिशोर महतोले आरोप लगाए । 

मिर्चैयामा नाला निर्माणका लागि खनिएको खाल्डोले पानी निकास नहुँदा डुवानमा परेको उनले दाबी गरे । केहि दिन लगातार रुपमा यस्तै बर्षा भए मिर्चैयाको दर्जन भन्दा बढी घर भत्किने सम्भाबना रहेको महतोले बताए ।

वर्षाका कारण मिर्चैया नगरपालिका जलमग्न हुँदा अधिकांश घरमा पानी पसेको छ । पानीको निकास हुन नसकेकोले मुख्य सडक जलाशयमा परिणत भएको छ ।  


मिर्चैयामा पानीको उचित बहाव नहुँदा ईलाका प्रहरी कार्यालय, मिर्चैया नगरपालिका, बिद्युत प्राधिकरण, सशस्त्र प्रहरी बल बेश क्याम्प, ईलाका बन कार्यालय, खानेपानी आयोजनामा पानी पसेको छ । 

पानीको बेगले ईलाका प्रहरी कार्यालय मिर्चैयाको करीब ३० मिटर पर्खाल भत्केको छ । बर्षाको पानी निकास गर्न मिर्चैयामा पुर्ब पश्चिम लोकमार्गलाई भत्काईएको छ । जसले सबारीसधान आबागमनमा समस्या भईरहेको छ । 

बर्षासंगै मिर्चैयाको केन्दुबिन्दु मानिने थाना चौक, बजार एरिया र कटारी चौक लगायतका स्थानहरु जलमगन भएकोले आवतजावतमा समस्या भईरहेको छ । नालाको उचित व्यवस्थापनको अभावमा मिर्चैयामा पानीको निकास नहुँदा पुर्ब पश्चिम लोकमार्गमा समेत पानी जमेको स्थानिय ब्यापारी आशोक साहले बताए । वर्षाले मिर्चैयाको प्रायः सडक बाटोहरु जलमग्न भएको छ । 


मिर्चैया नगरपालिका अन्तर्गत रहेका जिर्ण एवं कच्ची सडक तथा गल्लीको सडकहरु पनि वर्षाले जलमग्न भएको छ । लगातारको बर्षाले मिर्चैयाको साथै गोलबजार, लहान, सुखिपुर, कल्याणपुर, बन्दिपुर, चोहर्बा, बस्तिपुर भगवानपुर लगायत जिल्ला भरीको अबस्था अस्तव्यस्त भएको छ ।

लागतारको बर्षाले जिल्लामा अहिले सम्म कुनै अप्रिय घटना नभएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरिक्षक (एसपी) शेखर कोइरालाले बताए । बर्षाको पानी सर्बसाधरणको घरघर गएको भएपनि मानबिय क्षति नभएको एसपी कोइरालाले थपे । 


आज बिहान सिरहा नगरपालिका अन्तरगत रहेको सारस्बरमा कमला नदिको बाढीको बेगले बाँध कमजोर पारेको जानकारी पाएपछि नेपाल प्रहरी शसस्त्र प्रहरी र नेपाली सेनाको सहयोगमा नियन्त्रण गरिएको उनले जनाए । 

सम्भाबित घटनाको मध्य नजर गर्दै दैबिक प्रकोप उद्धार समिति, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना हाईएलर्टमा रहेको एसपी कोइरालाले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ