2026-09-19 03:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

जनताको घर घरमा पुगेर सामाजिक सुरक्षा भत्ता बितरण गर्ने जनप्रतिनिधिको निर्णय

सम्राट सिंह/असोज २१, बझाङ । जिल्लाको थलारा गाउँपालिकाका जन प्रतिनिधिहरुले घर घरमा गएर सामाजिक सुरक्षा भत्ता बितरण गर्ने भएका छन । 

नव निर्वाचित जन प्रतिनिधिहरुले बृद्व, एकल महिला तथा विधवा, बालबालिका र फरक क्षमता भएका मनिसहरुले सहज रुपमा नेपाल सरकारबाट उपलब्ध सामाजिक सुरक्षा भत्ता पाउन भन्ने उद्येश्यले  जनताको घर घरमा गएर बितरण गर्ने भएका हुन ।

सरकारले जेष्ठ नागरिकलाई मासिक १ हजार भत्ता १ हजार औषधि उपचार, एकल तथा बिधवा महिलालाई मासिक १ हजार, जेष्ठ नागरिक दलित मासिक १ हजार,आंशिक अपांगलाई मासिक ६ सय, पूर्ण अपांगलाई मासिक २ हजार र ५ बर्ष मुनिका बालबालिकालाई मासिक ४ सय उपलब्ध गराउँदै आएको थियो । 

थलारा गाउँपालिकाका जनतालाई सहज होस भन्ने उद्येश्यले जनताको घर घरमा गएर सामाजिक सुरक्षा भत्ता बितरण गर्ने निर्णय गरेको थलारा गाउँपालिकाका अध्यक्ष भुवनेश्वर उपाध्यायले बताए । यहि असोज २३ गतेबाट प्रत्येक वडाका वडा सचिव र जनप्रतिनिधिहरुलाई जनताको घर घरमा नै गएर सामाजिक सुरक्षा भत्ता बितरण गर्ने उनको भनाइ छ । 

जनप्रतिनिधिहरुले यसरी जनताको घर घरमा गएर सामाजिक सुरक्षा बितरण गर्ने निर्णय गरेपछि थलारा गाउँपालिकाका बासिन्दाहरु खुसी भएका छन । बृद्व भत्ता बुझ्न लौरो टेकेर लामो बाटो हिडेर गाविस भवनमा पुग्नु प¥थ्यो थलारा गाउँपालिकाकी हरिना भट्टराइले बताइन् । 

जन प्रतिनिधिहरु भत्ता दिन घरमा नै आउने भन्ने सुनेपछि अत्यन्त खुसी हुँदै भत्ता बुझ्न गाविस भवनमा झण्डै एक घण्टा लाइन लाग्नुपर्ने झन्झटबाट पनि उन्मुक्ती पाउने उनको भनाइ छ । 

गाउँपालिकामा रहेका जनताहरुले सामाजिक सुरक्षा भत्ता लगायत अन्य सुबिधा पाए नपाएको बारे गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा कार्यकारी अधिकृत सहितको टोली जनताको घरघरमा गएर  अनुगमन गर्ने  थलारा गाउँपालिकाका निमित्त कार्यकारी अधिकृत गणेश राज जोशीले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई