2026-07-24 06:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाम गठबन्धनका नाममा मुलुकलाई अधिनायकबादतर्फ लैजाने खतरा बढ्यो

दलसिंह गिरी/कात्तिक १३, कालिकोट । बाम गठबन्धनका नाममा मुलुकलाई अधिनायकबादतर्फ लैजाने र लोकतन्त्र खतरामा पर्न थालेपछि गठबन्धन गरिएको लोकतान्त्रिक गठबन्धनका नेताहरुले बताएका छन् । 

कालिकोटमा लोकतान्त्रिक गठबन्धनका दलहरुले सोमबार गरेको संयुक्त पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । लोकतान्त्रिक गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले संयुक्त पत्रकार सम्मेलन गरेका हुन् । 

पत्रकार सम्मेलनमा लोकतान्त्रिक गठबन्धनले कालीकोटमा प्रतिनीधिसभा र प्रदेशसभाको निर्वाचनमा आफुहरुले जित्ने दावी गरेका छन् । गठबन्धनमा आबद्ध दलहरुले बामपन्थीहरुले देशका एक तन्त्रीय शासन व्यवस्था लाद्न खोजेकाले लोकतान्त्रिक गठबन्धन दलहरुले जित्ने दाबी गरेका हुन् । 

कुनै पनि दलहरुले सधै जित्न नसक्ने र विगतको परिमाणलाई अहिलेको निर्वाचनलाई हेर्न नहुने लोकतान्त्रिक गठबन्धन दलबाट प्रतिनिधिसभाका उम्मेदवार भुपेन्द्रजंग शाहीले  बताए । 

‘अघिल्लो स्थानीय तहको निर्वाचनको मत परिमाणलाई आधार बनाएर अहिले पनि बामपन्थी दलहरुले जित्छन भन्ने भ्रण रहेको छ’ उनले भने, ‘सधै निर्वाचनमा एउटै परिमाण आउने भए निर्वाचनको आवश्यकता किन प¥यो ?’ शाहीले एमाले र माओवादीबीच भएको गठबन्धन ले उनीहरुमा खैलाबैला आएको र त्यो गठबन्धन नभएर गडबढ मात्र भएको बताए । ‘बामपन्थी दलहरुको यो गठबन्धन हैन्’ उनले भने, ‘यो गडबढ मात्र हो ।’

सम्मेलनमा राप्रपा नेपालका केन्द्रीय सदस्य दीपबहादुर शाहीले लोकतन्त्र धरापमा पर्न लागेका कारणले लोकतन्त्रवादीहरुले एक भएको बताए । ‘देशमा लोकतन्त्र खतरामा पर्दैछ’ उनले भने, ‘त्यसैले अहिलेको आवश्यकता भनेको लोकतन्त्रवादी एक हुनुको विकल्प छैन् ।’ 

एउटा चुनाव जित्दै र भ्रममा छर्दैमा देशको विकास नहुने राप्रपाका केन्द्रीय सदस्य धनबहादुर बुढाले बताए । ‘माओवादीले जनयुद्धमा सयौं सहिद    बनायो ।’ उनले भने,

‘के देशमा जनवाद नै आयो त ?’

बुढाले भ्रम र सपना बाड्दैमा जनतालाई भ्रम दिन सकिन्छ तर त्यो कहिल्यै पुरा नहुने बताए । ‘बामपन्थीहरु बुन्दुकको नालबाट सत्ता कब्जा गर्न चाहन्थे’ उनले भने, ‘तर, सकेनन् अहिले वैधानिक रुपमा सत्ता कब्जा गर्ने सपना देखेका छन् ।’ केन्द्रमा प्रचण्ड र ओलीका कारणले गठबन्धन बनेको भए पनि जिल्लामा तहमा उनीहरु कहिल्यै मिल्न नसक्ने, जनतामा त्यो कुरा झनै नमिल्ने प्रदेशसभा ‘ख’ उम्मेदवार कालीबहादुर सहकारीले बताए । 

‘केन्द्रमा ओली प्रचण्ड मिलेका छन्’ उनले भने, ‘केन्द्रमा मिलेपनि कालिकोटमा एमाले र माओवादी कहिल्यै मिल्न सक्दैनन् ।’ नेपाली कांग्रेसका पार्टी सभापति हर्षबहादुर बमले अहिलेको समयमा लोकतन्त्र खतरामा पर्ने बेला आएको त्यसको रक्षाका लागि अहिले लोकतान्त्रिक गठबन्धन आवश्यकता रहेको बताए । ‘कालिकोटमा माओवादीले आलु खाने समय आएको छ’ उनले भने, ‘अब देशमा लोकतन्त्र खतरा परेको बेला लोकतन्त्रले मात्र देशलाई बचाउन सक्छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक