२०८३, २२ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिशेष खबर

इरानले गरेको मिसाइल आक्रमणमा ११ जना अमेरिकी सैनिक घाइते

२०७६, ३ माघ शुक्रबार ११:५४

माघ ३, एजेन्सी | केहि समय अघि अमेरिका र इरानबीचको तनाब चुलिएपछि इरानले सुलेमानिको ह्त्त्याको बदलामा इराक स्थित अमेरिकी सैन्य क्याम्पमा मिसाइल आक्रमण गरेको थियो | उक्त आक्रमणमा परि ११ जना अमेरिकी सेना घाइते भएका छन् | 

इरानले अल असद सैनिक शिविरमा गरेको सो क्षेप्यास्त्र आक्रमणमा परी कसैको मृत्यु भने नभएको अमेरिकी सेनाले जनाएको छ | घाइते ११ जनाको उपचार भइरहेको छ |  अमेरिकी केन्द्रिय कमाण्डका प्रवक्ता कप्तान बिल अर्बनले बिज्ञप्ति जारि गर्दै घाइतेहरुको अवस्थामा सुधार आइरहेको उल्लेख  गरेका छन् |

जनवरी ३ मा अमेरिकी ड्रोन आक्रमणमा इरानी वरिष्ठ कमाण्डर कासिम सुलेमानीको हत्याको बदलामा इराकको पश्चिमी प्रान्त अन्बर, इर्बिल र अर्ध स्वायत्त क्षेत्रको कुर्दिस्तानका क्षेप्यास्त्र आमक्रण गरेको थियो | जनवरी ८ मा इरानले इराकमा रहेको आफ्नो सैन्य आधार शिविरमा एक दर्जनभन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको अमेरिकी रक्षा मन्त्रालयले जनाएको थियो |

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा बग्दादमा भएको इरानी सैन्य कमाण्डर कासिम सुलेमानीको हत्याको बदला लिन इरानले दर्जनौं मिसाइल आक्मन गरेको जनाएको थियो | इराकको राजधानी बग्दादस्थित विमानस्थल नजिकै जनवरी ३ मा इरानी सैन्य कमाण्डर कासिम सुलेमानीको हत्त्या गरिएपछि दुई देशबीच निकै तनाब बढेको हो |

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा बग्दादमा भएको इरानी सैन्य कमाण्डर कासिम सुलेमानीको हत्याको बदला लिन ती क्षेप्यास्त्रहरू प्रहार गरिएको इरानी पक्षले दाबी गरेको थियो ।  इराकको राजधानी बग्दादस्थित विमानस्थल नजिकै जनवरी ३ मा इरानी सैन्य कमाण्डर कासिम सुलेमानी मारिएपछि इरान र अमेरिकाबीच तनाब बढेको छ | इराकमा अमेरिकाका पाँच हजार सैनिक रहेका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बीपी राजमार्गमा राति सवारी चलाउन रोक विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जनालाई पक्राउ सुकुम्बासी बस्ती खाली गराउँदाको विवरण झिकाउन सर्वोच्चको आदेश वैशाख २८ गते संसद् अधिवेशन आह्वान गर्न सिफारिस मन्त्रिपरिषद् बैठक जारी राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी वर्षाका करण पहिरो खस्दा देशका विभिन्न क्षेत्रका मुख्य राजमार्ग अवरुद्ध नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु बागमती खोला तर्ने क्रममा अचानक आएको भेलले बगाउँदा एक जनाको मृत्यु सुनचाँदीको मूल्य घट्यो कांग्रेसले संसद् समन्वय बोर्डको प्रथम बैठक बोलायो टिपरले ठक्कर दिँदा एक भारतीय नागरिकको मृत्यु नागढुंगा सुरुङमार्ग साउन दोस्रो हप्तादेखि सञ्चालनमा ल्याउन निर्देशन नेप्से परिसूचक ३४ अंकले घट्यो यो देश गरिबको पनि हो: हर्कराज राई अब केही समयमा बागमती र मधेश प्रदेशसम्म पानी पर्ने ट्याक्टर अनियन्त्रित भइ ठक्कर दिँदा दुई जनाको मृत्यु जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ रोजगारी सिर्जना र अर्थतन्त्रको दायरा फराकिलो बनाउन निजी क्षेत्र नै सबैभन्दा महत्त्वपूर्ण खम्बा हो: अर्थमन्त्री वाग्ले