2026-07-25 04:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सूचना प्रबिधि

सुर्खेतका बाढीपिडित राहतको प्रतिक्षामा

गोविन्द बिश्वकर्मा, मंसिर १०, सुर्खेत । सुर्खेतका बाढी पिडित अझै राहत कुरेर बसेका छन् । बढीपिडित भएको तिन बर्ष भईसक्ला पनि पुनर्वास हुन नसक्दा पाल भित्र जीवन कटाएका पिडितले राहत कुरेर बसेका हुन् । वि.स २०७१ साल साउन अन्तिम साता परेको अविरल बर्षाका कारण सुर्खेतलाई बाढीले तहसनहस बनाएको थियो । लगातार दुई दिन रात परेको पानीले सुर्खेतलाई डुवानमा पारेको थियो । साउन २८ र २९ गते आएको पानीले निम्त्याएको प्राकृतिक प्रकोप बाढीले सुर्खेतका सयौं घरपरिवारलाई विस्तापित गरेको थियो ।

अन्य क्षेत्रको भन्दा खोला आसपासमा घर भएका, आर्थिक अबस्था कमजोर रहेकाहरु बढी प्रभावित भएका थिए । बाढीले घर बगाएपछि घरबार बिहिन भएका बाढी पिडितहरु यो बर्षको जाडोमा पनि पाल भित्र कै बास बस्न बाध्य हुने भएका छन् । सरकारले दिने भनेको राहत त रेडिोमा बज्ने र पत्रपत्रीकामा छापिने समाचार मात्र हुने गरेको पिडितहरुको गुनासो छ । सुर्खेतका बाढी पिडितले अझै पनि घर बनाउने पैसा पाएका छैनन् । मध्यपश्चिमाञ्चल बिकास क्षेत्रको रुपमा बिकास भएको सुर्खेत वीरेन्द्रनगरमा जग्गा किन्ने आर्थिक नभएको र सरकारी पैसाको बाटो हेरेर बसेको बाढी पिडित लक्ष्मी सुनारले बताईन् । खोर्के खोलामा झपडी भएकि लक्ष्मी सुनारको सबै सर–सामान सहित घर बगाएको थियो । श्रीमानले घर बनाउने मिस्त्री काम गरेर जोडेको घर एक्कासी बगाएको बताउदैं सुनारले अब कसरी घर हाल्ने भन्ने चिन्ता रहेको बताईन् ।

अहिले पनि सुनारका परिवार पाल भित्रै छन् । यस्ता सुनार मात्र नभई अन्य थुप्रै बाढीपिडितको कहानी यस्तै छ । लक्ष्मी सुनारको जस्तै समस्या भएका २५ जनाको पाल रहेका छन्, ईत्राम स्थित महिला प्रशिक्षण केन्द्रमा । वीरेन्द्रनगर ८ ईत्रामको प्रशिक्षण केन्द्रमा बसेका पालवाला यसबर्ष पनि पालवाला नै बन्ने भएका छन् । आधा च्यातिएका त्रिपालमुनी बसेका पालवालाको जीवन पाल जस्तै च्यातिएको छ । पिडित बनेको तिन बर्ष बितिसक्दा पनि पालवालाको दैनिकि फेरिएको छैन । छिटो घर बनाउने आशामा रहेका पालमुनीका नागरिक सरकारको राहत कर्दाकुर्दै थकित भएको महिला प्रशिक्षण केन्द्रमा सरण लिएर बसेका पिडित महिला बताउछन् । थुरथुर काँप्दै गरेका बालबालीकाहरु शरिरमा गतिलो तातो कपडा छैन । पाल भित्र ओड्ने राम्रो सिरक, डसना छैन । बिहान बेलुका के खाउ भन्ने पिडितले हजारौ खर्च गरेर तातो कपडा किन्न सक्ने अबस्था नभएको ईत्राम ८ कि पिडित मैसरा थापाले बताईन् । च्यातिएको त्रिपालभित्र रात कटाउन सारै कठिन हुन्छ, कपडा छैन । थापा बताउछिन् ।

घर बगेको बर्ष केहि सहयोग गरेपनि त्यसपछि सरकारी निकायबाट कुनै सहयोग नपाएको थापाको गुनासो छ । पिडित थापाले सरकारले बाढीपिडीतका लागि १० लाख दिने भनेको सुनेको बताईन् । तर आफुले कुनै रकम पनि नपाएको जानकारी दिएकि छन् । महिला प्रशिक्षण तालिम केन्द्रमा सरण लिएका बाढीपिडतलाई बेलाबेला त्यँहाका कर्मचारीले बचन लगाउने गरेको उनिहरुको भनाई छ । नेपाल सरकार मन्त्रिपरिषदको २०७१ चैत्र १२÷१३ गते बसेको बैठकले पिडितलाई जम्मा एक लाख २५ हजार नगद अनुदान दिने निर्णय गरेको थियो । बाढीले बेघरबार बनाएपछि अर्काको घर भाडामा बसेका, जग्गा नै नभएकालाई जग्गा खरिदका लागी ५० हजार दिने निर्णय राज्यको थियो । त्यसपछि घर बनाउनका लागी ७५ हजार दिने निर्णय ग¥यो । एक लाख २५ हजार दिने भनेपनि कसैले त ५० हजार पनि नपाएको गुनासो गरेका छन् । जिल्ला दैवी प्रकोप  उद्धार समिति सुर्खेतको वैठकले प्रभावित १४ सय ६५ घर परिवार मध्ये छानविन गरी ८ सय ३२ परिवारलाई नेपाल सरकारबाट राहत अनुदान पाउने परिवारका लागी सिफारिस गरिएको थियो ।

जिल्लास्तरका विभिन्न संघसस्थाबाट पनि सहयोग मिलेको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा सुर्खेतबाट एक सय ४० परिवार, नवज्योती केन्द्रबाट ४९ परिवार गरी जम्मा एक हजार २१ परिवारलाई  पुनर्वासको लागी सिफारिस गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । धेरैको पुनर्वासको ब्यवस्था भईसकेको र अब करिव एक सय जति परिवारलाई पुनर्वास गराउनुपर्ने कार्यालयले जनाएको छ । बाढी प्रभावित भईसकेपछि २०७१ मा नै रु. पाँच सयका दरले कपडा खरिद भनेर सहयोग गरेको प्रशासकिय अधिकृत हित प्रसाद पौडेले जानकारी दिए । पौडेलले यस बर्षको चिसोलाई मध्येनजर गर्दै आबश्यक सहयोगको पहल गर्ने आश्वासन दिएका छन् । मानव भएको हैसियतले मानवको दुःखमा सहयोग गर्नुपर्ने भन्दै सितलहर सुरु भयो र अत्याधिक मात्रामा चिसो बढ्न थाल्यो भने जिल्ला प्रशासन कार्यालयले सहयोगको पहल गर्ने बताएका हुन् । गत बर्ष पनि तातो कपडा र कम्बल वितरण गरेको बताउदै पौडेलले यो बर्ष पनि चिसो कटाउने ब्यवस्थापन गर्ने बचन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक