2026-10-15 10:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सुर्खेत - SKT

प्रदेश सरकारद्वारा कार्यालयमा फेसबुक बन्द गर्न गृहकार्य शुरु

दलसिंह गिरी | चैत्र १२, सुर्खेत | कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सरकारी कार्यालय संचालन अवधिमा कार्यालयमा कार्यरत कर्मचारीहरुले फेसबुक चलाउन नदिने उद्घोष गरे संगै फेसबुक संजालबाटै विभिन्न प्रतिकृया आइरहेका बेला मुख्यमन्त्री कार्यालयले सरकारी कार्यालय संचालन अवधिमा फेसबुक बन्द गर्न गृहकार्य थालेको छ । पहिलो चरण प्रदेश राजधानी समेत रहेको सुर्खेतमा रहेका सरकारी तथा नीजि स्वामित्वमा रहेका इन्टरनेट सेवा प्रदायकहरुसंग अनौपचारिक रुपमा फेसबुक सञ्चालनमा रोक प्रक्रियाबारे छलफल गरेको हो ।

विगत बर्ष देखि सुर्खेतमा इन्टरनेट सेवा दिदै आइरहेका नेपाल टेलिकम, वल्र्डलिंक, सुविसु, टेक माइण्डका इन्टरनेट संचालकहरु संग आईतबार विहान मुख्यमन्त्री शाहीले आफ्नै कार्यकक्षमा बोलाई छलफल प्रक्रिया अगाडी बढाएका छन् ।

इन्टरनेट सेवा प्रदायकका प्रमुख/प्रतिनिधिहरु संगको भेटमा शाहीले सुर्खेतमा रहेका सरकारी कार्यालयमा जडित इन्टरनेट सेवामा फेसबुक बन्द प्रक्रियाबारे छलफल गर्नु भएको छ ।

भेटमा इन्टरनेट सेवा प्रदायकका प्रतिनिधिहरुले जिम्मेवार निकायबाट आधिकारीक पत्र पाए फेसबुक बन्दप्रक्रिया अगाडी बढाउन सकिने र यो कुनै जटिल प्रक्रिया नरहेको बताएका छन् ।

फेसबुक बन्द प्रक्रियाबारे जानकारी पाए संगै पहिलोचरण मुख्यमन्त्री कार्यालय सहित अन्य मन्त्रालयहरुमा लागु गरिने मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव सुरेश पहाडीले जानकारी दिएका छन् । उनले भने ‘अब विहान १० बजेदेखी साँझ ४ बजेसम्म कार्यालय अवधिमा फेसबुक चलाउन पाइने छैन’ सोमबार नै मुख्यमन्त्री कार्यालयले सबै इन्टरनेट सेवा प्रदायक कार्यालयलाई फेसबुक सेवा बन्दका लागि आधिकारीक पत्र पठाईने पहाडीले बताएका छन् ।

पहिलो र दोस्रो चरण गरेर कुन–कुन कार्यालयमा कसरी फेसबुक सञ्चालनमा रोक लगाउने भन्ने विषयमा छलफल नभईसकेकाले तत्काल छलफल गरी कार्यान्वयनमा ल्याउने कर्णाली प्रदेश सरकारका प्रबक्ता विमला केसीले जानकारी दिएकी छन् ।

सरकारी कार्यालयका कर्मचारीहरु आफ्नो सेवा प्रति बफादार नरही सेवा प्रवाहमा असर पर्ने गरी फेसबुक संजालमा बढी झुम्मीने गरेको भन्दै यत्रतत्र जनगुनासो आउन थालेपछि मुख्यमन्त्री कार्यालयले यस्तो  निर्णय गर्न बाध्य रहेको प्रवक्ता केसीले बताएकी छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने