2026-10-15 02:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सुर्खेत - SKT

सुर्खेतमा क्यान इन्फोटेक सुरु

फागुन २४, सुर्खेत  । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा क्यान इन्फोटेक सुरु भएको छ । कम्प्यूटर एशोसियसन नेपाल (क्यान) महासंघ सुर्खेत शाखाले ईन्फोटेकको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शुक्रबार उद्घाटन गरेका हुन् । इन्फोटेकमा नेपाली वैज्ञानिकहरुद्वारा निर्माण गरिएको रोबोर्टले रिबन काटेर स्टलहरुको उद्घाटन गरेको हो । फागुन २८ गतेससम्म सञ्चालन हुने क्यान इन्फोटेकमा आईसिटी कन्फ्रेन्स, आईटी वर्कसपहरु डिजिटल कर्णालीका लागि स्मार्ट प्रविधि विषयमा सेमिनारजस्ता कार्यक्रमहरु सञ्चालन  हुनेछन् ।

इन्फोटेकका मुख्य आकर्षकको रुपमा सूचना प्रविधिको बृहत प्रदर्शनी, प्रत्येक दिन आईटी सेमिनार, लक्की ड्रबाट हरेक दिन एक जनालाई रारा भिजिटलगायतका कार्यक्रमहरु समोवेश गरिएको छ । त्यस्तै इन्फोटेक मेलामा कम्प्युटर ल्यापटप र प्रिन्टर फ्रि सर्भिस क्याम्प, टाईपिङ्ग कम्पीटिसन, नेपाली वैज्ञानिकहरुद्वारा निर्मित रोबोर्ट तथा अन्य प्रविधिहरुको प्रदर्शनी, दृष्टिविहीनहरुलाई कम्प्युटर मोवाईल चलाउन सिकाईने, सेवा तथा सामान खरिदमा ५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था, अनलाईन टिकेटिङमा निशुल्क टिकटको व्यवस्था र हरेक दिन १० जनालाई एनपिएभी एन्टिभाईरस सित्तैमा प्रदान गरिने कार्यक्रमहरु रहेका छन् ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेश डिजिटल प्रदेश बन्नेमा आशा पलाएको बताएका छन् । शुक्रबार वीरेन्द्रनगरमा क्यान इन्फोटेकको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले कर्णाली सरकारले प्रदेशलाई डिजिटल बनाउने लक्ष्य यस्तो प्रविधीको सहयोगका मात्र पुरा हुने बताए । विज्ञान र प्रविधिको विकासले मात्र अन्य बिकास सहज हुने भन्दै त्यसका लागि प्रविधीको बिकास र प्रयोग बढाउनु पर्नेमा उनले जोड दिए । ‘अब कर्णाली प्रदेशमै नयाँ अनुसन्धान गरेर नयाँ प्रविधी आविस्कार गर्न आवश्यक छ’ उनले भने ।

कम्प्युटर एशोसियसन नेपाल (क्यान) महासंघका केन्द्रीय अध्यक्ष हेमन्त चौरासीयाले कर्णाली प्रदेश सरकारले डिजिटल प्रदेशको निर्माण गर्ने योजनाले प्रविधीको बिकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे । सहज, सरल र समुन्नत ढंगले अघि बढ्नका लागि प्रविधिलाई जीवनशैलीमा प्रयोग गर्नु पर्ने उनको सुझाव छ । कम्प्यूटर एशोसियसन नेपाल (क्यान) महासंघ सुर्खेतका अध्यक्ष प्रेमप्रकाश चन्दले कर्णाली प्रदेशमा सूचना, संचार र प्रविधिमा जानकारी दिनुका साथै प्रचार–प्रसारमा टेवा पु¥याउने बताए । आइएमइ पे मुख्य प्रयोजक रहेको इन्फोटेकमा भिष्टा सिसिटिभीले एशोसियट प्रयोजन गरेको छ । कर्णाली प्रदेश भित्रका १० वटै जिल्लाको सहभागीता रहेकाले करिब १ लाख बढी दर्शकहरुले अवलोकन गर्ने आयोजकको दावी छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता