Skip to content
Friday, July 17, 2026 Nepali Online Media

सेरिज्यूला गाउँमा बन संरक्षण गर्न गजबको विधि प्रयोग हुदै

By साझासवाल 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

दलसिंह गिरी, कार्तिक ३, कालिकोट । जिल्ला सदरमुकाम मान्म देखि पश्चिम उत्तर तर्फ पर्ने रकु गाविस वडा नं। ४ सेरिज्यूलाका समुदायहरुले बन संरक्षण गर्न एक गजबको विधि प्रयोग गरेका छन् ।

नेपालको पहाडी भेगमै एक प्रमुख बालीको रुपमा लिइने मकैबाली पाकी सकेपछि केही महिना घर बाहिर राख्न प्रयोग गरिने ठांग्रो (आवश्यक विरुवा) बनबाट ल्याई बर्षेनी बन मासिदै जान थालेपछि घरमै सिमलको बोट रोपौं   अभियान थालेका छन् । घरमै सिमलको बोट रोपेपछि जंगलको बहुउपयोगी काठे विरुवा पनि नमासिने र घरमा मकै झुन्ड्याउने ठांग्रो (माझ) पनि बर्षै पिच्छे फेर्न नपर्ने भएकाले सिमलको बोट रोपौं अभियानमा लागेको स्थानीय वासीहरु बताउछन् ।

६/७ बर्ष पहिले रकु ४ का शंक गिरीले मकैको ठांग्रो बनाउन सिमलको बोट रोपी प्रयोगमा ल्याएका थिए पछि त्यही गाडेको सिमल पालएर रुखै बन्यो, अहिले गाउका अधिकांश घरहरुमा मकैको ठांग्रो बनाउन सिमलको बोट प्रयोग गरेको पाईन्छ । शंक गिरी भन्छन् ७ बर्ष पहिले आफुले मकै झुन्ड्याउने उपयुक्त काठ नजिको बनमा नपाएपछि अन्तत सिमलको हरियो बोट काटी गाडेर मकै झुन्ड्याउने काम गरे पछि उसै गाडेको सिमलको बोट पलाएर रुख बनेपछि अहिले नियमित ६÷७ बर्ष देखि त्यसैमा मकै झुन्ड्याउने धानको पराल राख्ने काम गरिरहेकोछु । अहिले यहि सिको सिंगो गाउले गरेपछि पुरै गाउँ सिमलगाउँ झै  भएको उनी बताउछन् ।

मकै झुन्ड्याउने ठांग्रोका लागि सेरिज्यूलामा मात्र बर्षेनी सल्लो, उतिस, बाझ, काउलो जस्ता पचास भन्दा विरुवाहरु मासिने गर्थे तर अहिले मकै झुन्ड्याउन सिमलको बोट प्रयोग गर्न थालेपछि जंगल मासिने क्रम घट्दै गएको भुमिराज सामुदायीक बनका अध्यक्ष नरेन्द्र गिरी बताउछन् ।

सेरिज्यूला गाउँमात्र मकै खेतीहुने सम्पूर्ण बस्तीहरुमा सिमलको विरुवा हुर्काइ प्रयोगमा ल्याउन सके बर्षेनी मकै झुन्ड्याउनका लागि मात्र काटीने हजारौ विरुवा काटिनबाट रोकी बन संरक्षण हुने स्थानीय बुद्धिजीवी पूर्ण गिरी बताउछन् । यो अभियानले बन संरक्षण मात्र नभै नेपाल सरकारले जारी गरेको जलबायुपरिवर्तनका लागि रुख रोपौं अभियानको नारालाई सार्थक बनाउने गिरीको भनाइ रहेको छ ।