Skip to content
Friday, July 17, 2026 Nepali Online Media

बजारमा काचो सुन्तलाको ब्यापार बढ्दो, कृषि कार्यालय भने बेखबर

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

दलसिंह गिरी | कात्तिक १९, कालिकोट | हिजो आज मान्म लगायत आसपासका बजारमा काचो सुन्तलाको बेचविखन ब्यापक बढेको छ । मौसम अनुसार कालिकोट जिल्लाको हकमा मंसिरमा मात्र सुन्तला पूर्ण पाक्ने र खान योग्य हुने भएपनि ब्यापारीहरुले छिट्टै पैसा कमाउने दाउका कारण बजारमा काचो सुन्तलाको बेचविखन बढेको हो ।

काचो सुन्तला विक्रि वितरण गर्दा यसको गुणस्तर खस्किने भन्दै दैलेख अछाम जस्ता जिल्लाहरुमा काचो सुन्तला विक्रि वितरण नगर्न कृषकहरुलाई त्यहाको कृषि विकास कार्यालयहरुले निर्देशन दिने गरेपनि कालिकोट कृषि विकास कार्यालयले काचो सुन्तला बिक्रि वितरण रोकथामको लागि कुनै पहल गरेको पाइदैन । काचो स्याउ विक्रि वितरण रोकथाम एवं स्याउको गुणस्तरियता बारे संचार माध्यम मार्फत प्रचार प्रशार तथा कृषि सेवा केन्द्र मार्फत जागरण अभियान संचालन गरेपनि काचो सुन्तला विक्री वितरणमा रोक लगाउन कुनै खास अभियान संचालन नगरेको जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत एवं निमित्त कार्यालय प्रमुख गणेश अधिकारीले बताउनु भएको छ ।

जिल्ला कृषि विकास कार्यालय कालिकोटले जिल्लाका केही गाउँहरुलाई सुन्तला गाउँ नै घोषणा गरी सुन्तलाको बगैचा विस्तार अभियानलाई अगाडी बढाए पनि बगैचामा फलेका सुन्तलाहरु पूर्ण नपाक्दै बजारमा आउने सुन्तलाको रोक थाम तथा कृषकहरुलाई काचो सुन्तला विक्रीको दिर्घकालिन असरबारे कुनै जानकारी दिन नसकेको जिल्लाका जानकारहरु बताउछन् ।

जिल्ला कृषि विकास कार्यालय कालिकोटले बदालकोटको बरातु, सिपखानाको जनालीकोट र सुकाटियामा सुन्तला गाउँ अभियान संचालन गरेको छ । हाल जिल्ला भर १ सय १३ हेक्टर क्षेत्रफलमा सुन्तला खेती भैरहेको र अझै १ सय ९२ हेक्टर क्षेत्रफलमा सुन्तला खेती विस्तार गर्न सकिने कृषि विकास कार्यालयको तथांकमा उल्लेख गरिएको छ ।