होम साउद | पुस २४, अछाम | एक वर्ष अगि जयगढमा ब्यापार गर्ने कालिका गाविस वडानम्वर १ का गोविन्द रावलको दैनीकि हिजो आज आफ्नै तरकारी बारीमा बित्छ । ब्यापार छोडर तरका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... होम साउद | पुस २४, अछाम | एक वर्ष अगि जयगढमा ब्यापार गर्ने कालिका गाविस वडानम्वर १ का गोविन्द रावलको दैनीकि हिजो आज आफ्नै तरकारी बारीमा बित्छ । ब्यापार छोडर तरका"/>
2026-10-14 08:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

यी हुन् – १२ रोपनी बाँझो जमिन हरियाली बनाँउने मेहनती युवा

होम साउद | पुस २४, अछाम | एक वर्ष अगि जयगढमा ब्यापार गर्ने कालिका गाविस वडानम्वर १ का गोविन्द रावलको दैनीकि हिजो आज आफ्नै तरकारी बारीमा बित्छ । ब्यापार छोडर तरकारी खेतीमा लागेका रावल कृषि पेशावाटै पनि केही गर्न सकिने अठोट गरेर तरकारी खेतीमा लागेका हुन ।

आफ्नो ३/४ रोपनी जग्गामा बिगत देखीनै तरकारी खेती गरिरहेका गोविन्द र उनकी श्रीमतीले यो वर्षवाट थप १२ रोपनी बाँझो जग्गा लिजमा लिएर तरकारी खेती गरेका हुन । उनले घर नजिकै रहेको १२ रोपनी बाँझो जग्गा वर्षमा एक कुईन्टल चामल र एक कुईन्टल गहुं जग्गावालालाई दिने गरी ५ वर्षको सम्झौता गरेका छन ।

रावलले जग्गालाई खनजोत गरि बिभिन्न जातका तरकारी रोपेर हरियाली बनाएका छन । बिगतका वर्षहरुमा बाँझो चौर रहेको उक्त १२ रोपनी बाँझो जग्गा हरियाली बनाएका रावलले भने “बाँझो जग्गा खेती गर्न लायक बनाँउन २०/२२ पटक खनजोत गरे, एक महिना लगाएर खनजोत गरी तरकारी खेती गरेको छुं राम्रै उत्पादन हुने विश्वास छ ।” उनले उक्त जग्गामा आलुको बिउ मात्रै ५ कुईन्टल लगाएका छन भने आफ्नो ३ रोपनीमा टमाटर खेती गरेका छन । यस्तै उनको बारीमा बन्दा, मुला, प्याज, लसुन, धनीयाँ, केराउ प्रसस्तै लगाईएको छ । रावलले बारिभित्रै सिंचाई पोखरी पनि निर्माण गरेका छन ।

एकै पटक ठुलो परिणाममा तरकारी खेती गरेका रावलले ४ कुईन्टल उन्नत जातको आलुको बिउ जिल्ला कृषि विकास कार्यालयवाट ५० प्रतिशत मुल्य अनुदानमा लिएका हुन भने ४० केजी मालिका विकास संघको दीगो कृषि विकास परियोजनार ६० केजी दलित सेवा संघ नामक संस्थावाट अनुदानमा लिएका हुन । “पहिला पनि तरकारी वाट घरखर्च र छोराछोरीको पढाई खर्च धानेकै थियो तर यसपाली ब्यापारको भन्दा पनि राम्रै होला भन्ने अनुमान छ” रावलले भने ।

गोविन्दलाई उनकी श्रीमती पार्वती रावलले पनि निरन्तर सघाईरहेकी छन । श्रीमानको अन्य काम भएका बेलामा उनी एक्लैले पनि बारीमा काम गर्नुपर्छ । बिहान देखी साँझसम्म रावल दम्पतीको समय तरकारी बारीमै बित्छ । रावल दम्पतीले एक छोारलाई काठमाण्डौमा साईन्स पढाईरहेका छन भने एक छोरा धनगढीमा पढ्ने गर्दछन । उनिहरुको पढाई खर्च पनि तरकारी ब्यावसायवाटै बेहोर्ने गरिएको छ । 

गाँउमै नमूनाको रुपमा तरकारी ब्यावसाय गरीरहेका तिं युवाको मेहनत देखेर अन्य युवाहरु पनि हौसिएका छन । पछिल्लो समय कालिका सहित दर्ना, बरदादेवी लगायतका गाविसमा तरकारी खेतीतर्फ युवा तथा महिलाहरुको आर्कषण बढेको छ । यहाँका कृषकहरुलाई मालिका विकास संघको दीगो कृषि विकास परियोजनाले पनि तरकारीका बिउ, मसलाजन्य कृषि बस्तुको बिउ बिजन अनुदानमा उपलब्ध गराई ब्यावसायिक तरकारी खेती गर्न प्रोत्साहन गरिरहेको छ । ३ वटै गाविसमा ७० जनाका दरले अगुवा कृषक पनि तयार भएका छन भने सामान्य तरकारी खेती गरेर बिक्रि तथा उपभोग गर्ने कृषकको संख्या पनि धेरै रहेको छ ।

जिल्ला कृषि विकास कार्यालय अछामवाट युवा लक्षीत ब्यावसायिक तरकारी उत्पादन कार्यक्रम मार्फत पनि उनले गत वर्ष सहयोग पाईसकेका छन । ब्यावसायिक तरकारी उत्पादका लागि प्राविधिक ज्ञान सीप भए अझैं राम्रो गर्न सकिने रावलको बिश्वास छ । नेतालाई र राज्यलाई गाली गर्दै रोजगारीको खोजीमा भौंतारीने युवाहरुलाई आफ्नै बारीमा कृषि उत्पादन गरि बिक्रि गर्दा पनि आत्मनिर्भर बन्न सकिने रावलको सुझाव छ ।

माथिको तश्विरहरुमा: तरकारी बारीमा गोविन्द रावल, उनको तरकारी खेती र बाँझो जमिन  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश