डीबी विष्ट/असार ३१, बझाङ । सामुदायिक बनबाट जम्मा गरेको रकमले समुदायका केही ब्यक्तीहरुले बाख्रा पालन गर्ने सोच बनाएका छन् । 

केदारस्युँ गाँउप"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

डीबी विष्ट/असार ३१, बझाङ । सामुदायिक बनबाट जम्मा गरेको रकमले समुदायका केही ब्यक्तीहरुले बाख्रा पालन गर्ने सोच बनाएका छन् । 

केदारस्युँ गाँउप"/>

2026-09-16 04:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

सामुदायिक बनबाट जम्मा गरेको पैसाले बाख्रा पालन


डीबी विष्ट/असार ३१, बझाङ । सामुदायिक बनबाट जम्मा गरेको रकमले समुदायका केही ब्यक्तीहरुले बाख्रा पालन गर्ने सोच बनाएका छन् । 

केदारस्युँ गाँउपालीका ४ सैसुका केही ब्यक्तीहरुले बाख्रा पालन गरी रहेको स्थानीयले बताएका छन् । विगत केही बर्ष अघि बन जंगल फडानी गर्ने गरेका यहाँका स्थानीयहरु अहीले केदार स्युँ गाउपालीका ४ मा रहेको भु गाँउ पिपलधार सामुदयिक बन बाट फाईदा लिई रहेको सामुदयिक बनका अध्यक्ष कुमेन्द्र बहादुर मल्लले बताउनु भयो । 

समीतीको बैठेक बसेर सामुदायिक बन जोगाउन अहिले पनी पहल भई रहेको उहाको भनाई छ । 

४/५ बर्ष अघि देखी यहाँका स्थानीय बासिन्दा जती बेला मन लाग्यो त्यती बेला घाँस दाउरा र जंगल समेत जथाभावि फडानी गर्थे स्थानीय ज्ञाना देवि भण्डारीले भन्नु भयो । अहीले दाउरा घाँस काट्न गए पनि समीती बाट एक भारीको एक सय रुपैयाको रसिद काट्नु पर्छ । यो रकम गाँउमा दुख विरामी परेका ब्यक्तीहरुलाई ऋणका रुपमा लगानी गरेका छौ । समीतीमा अहीले झण्डै दुई लाख भन्दा बढी आम्दानी भएको छ । 

यही रकम बाट यहाँका झण्डै १० जना भन्दा बढीले बाख्रा समेत खरीद गरेको स्थानीय कलसा भण्डारीले बताउनु भयो । समीती बाट नै ऋण निकालेर दुई बाख्रा आफुले पनी खरीद गरेको र गाँउका अन्य ब्यक्तीहरुले पनी बाख खरिद गरी पालेको उहााको भनाई छ ।

तत्कालीन बाँझ गाविसका सबै स्थानीयहरुले जंगल फडानी र छाडा पशु चौपाया छोड्ने गरेका थिए । समीतीको बैठेक बसी सामुदायीक बनको सिमाना पुर्वमा सिउचुला, पश्चिममा खोलमारा धार, उत्तरमा काईराली खोला र दक्षिणमा सैस्यु गाँउ सम्म बन्द गरे पछि सामुदायिक बन हराभरा हुन थालेको छ । समीतीको निर्णय विपरीत कनै ब्यक्तीले गएको खण्डमा तथा दाउरा घाँस पशुचौपाय छोडेको खण्डमा ५० रुपैया देखी दुइ सय सम्म जरीवाना तोकीएको माल देवि मल्लले बताउनु भयो । 

झण्डै ८० परिवार बसोबास गर्ने यस गाँउका सबै स्थानीयहरु अहीले सामुदायिक बन संरक्षण गर्न लागी परेका छन् । यस जंगलमा अहीले बन कुखुरा, कालीज, मृग, चाखुरा सुगा, लगायतका चरा चुरुङ्गी फेला पर्दछन् भने सल्ला, सानन, धान्ने, भट्टु लगायतका बोट विरुवाहरु रहेका छन् । 

दुई बर्ष पहीले अपरिचीत ब्यक्तीले सामुदायिक बनमा आगो लगाएका कारण स साना बोट विरुवाहरु मरेका कारण समस्या सृजना भएको स्थानीयहरुले बताएका छन् । 

वृक्षा रोपणका लागी अब आफुहरु लाग्ने र जिल्ला बन कार्यालयले पनी सहयोग गर्नु पर्ने स्थानीयले बताएका छन् । यता जिल्ला बन कार्यालयले पनी जंगल संरक्षण गर्नका लागी र हराभरा बन बनाउनका लागी जिल्ला बन कार्यालयमा भएको बाट विरुवाहरु उपलब्ध गराउने । रेन्जर  हेम कुमार पाठक  बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्सेमा २१.१९ अंकको गिरावट महँगी र कालोबजारी नियन्त्रण गर्न सरकारलाई सांसद प्रसाईंको आग्रह जेनजी आन्दोलनमा पक्राउ परेकालाई तत्काल रिहा गरियोस् : सांसद खतिवडा चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र तीनजनाको शव भेटियो सर्वदलीय बैठकको निर्णय : बाढीपहिरो अनुगमनका लागि विशेष समिति गठन हुने सरकार अप्ठ्यारो पर्दा पुगिरहेको छ, नीतिअनुसार काम गरिरहेको छ : रवि लामिछाने जनमत नागरिकको हितका लागि हो, धम्की दिनका लागि होइन : निश्कल राई रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग