2026-09-14 04:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

केरा खेतीवाट लाखौ कमाउँदै डिलाराम खनाल

माधव बेल्वासे/फागुन १६, कपिलवस्तु । लामो समय सम्म वैदेशिक रोजगारीमा रहेका डिलाराम खनालले अहिले स्वदेशमै केरा खेती सुरु गरेका छन । 

कपिलवस्तुको वुद्धभुमी नगरपालिका वडा न ४ डाब्रामा २१ कट्ठा जग्गामा खनालले केरा खेती गरेका छन ।आफ्नै जग्गामा २०७२ सालवाट सुरु गरेको केरा खेती वाट मनग्य आम्दानी गर्न सफल भएका छन ।व्यीलीम हाइव्रेट जातको केरा उनले लगाएका छन ।

विदेशको लामो समयको वसाई त्याग गर्दै नेपालमै केहि गर्छु भन्ने मनसायले नेपाल आएका खनाल आफ्न्त तथा साथिहरुले केराखेती वाट आम्दानी गर्न सकिने सुझाव दिएपछि सो व्यावसाय सुरु गरेको खनालले वताए ।अर्काको देशमा पसिना वगाएर पैसा कमाउन नसकीने भएपछी उनले आफ्नो जग्गामा सो व्यावासया सुरु गरेका हुन ।

मेहनत गरे सफल व्यावसाय वन्ने सकिने एक उदाहरणिय पात्र उनि बनेका हुन ।व्यावसाय सुरु गर्दा थोरै मात्रमा बेर्ना खरिद गरी रोपेको र अहिले ति वेर्नेहरु वाट फैलीएर अहिले धेरै बेर्नाहरु रहेको वताए ।उनले भने–“सुरुमा धेरै समस्याहरु आएका थिए तर अहिले म सन्तुष्ट छु खुसी छु”।६० हजार वाट व्यावसाय सुरु गरेको खनालले अहिले लाखौको कारोवार गरेको देख्या स्थानिय छिमेकीहरुको अचम्म पर्दछन ।

चितवनकोवाट केराका विरुवाहरु ल्याएर सुरु गरेको व्यावासायवाट वर्षमा ५ लाख जति कमाइ हुने गरेको खनालले वताए ।यसै कमाई वाट छोरालाई इन्जीनियर पढाएको छु,घरखर्च चलाएको छु परिवारलाई खुसी राखेको छु उनले थपे ।

छोटो समयकै मेहनता वाट राम्रो व्यावासय नेपाल रहेकोले वैदेशीक यात्रामा जाने युवालाई नेपालमै व्यावासाय सुरु खनालले गर्न आग्रह गर्छन ।पहिले विदेशमा पैसाको रुख नै होला भनेर गइयो अहिले बल्ल थापा पाएर नेपालमै व्याबासय  गरेको छु उनले भने,

खनालले सुरुवाटै केरालाई बजार पठाउन सुरु गरेको वताए ।

उनि भन्छन सुरुमा अफट्यारो हुन्छ कि भन्ने सोचेको थिए तर व्यापारीहरु घरमै आएर लैजादा सजिलो भयो ।खनालले सरकारवाट कुनै अनुदान नपाएको गुनासो गरेका छन । सरकारले कृषिको लागी लाखौ रकम खर्च गरेको छ तर आफुले केहि नपाएको गुनासो पोखे ।

खनालले एउटा वोरि¨ पनि जडान गरेका छन जुन केराको सिचाईको लागी प्रयोग गरिन्छ । विहानै वाट उनि केरा खेती गरेको ठाउ तर्फ जाने गर्दछन । परिवार तथा श्रीमतीको सहयोगले आफु सफल भएको उनले वताए ।

सुरुमा इन्टरनेटको सहयोगवाट आफुले यो व्यावासायको वारेमा जानकारी लिएको जनाए । नेपालमा विभिन्न फाइदामुलक व्यावासय रहेकोले नेपाली युवाले विदेशको मह त्यागनुपर्ने उनको भनाई रहेको छ । 

कुखुरा पालन,वङगुर पालन,वाख्रा पालन लगाएत कृषि क्षेत्र वाट मनग्य आम्दानी गर्न सकिने उनले वताए ।

खनालले आफुवाट कसैले जानकारी तथा यो व्यावसाय गर्ने मन भएमा सहयोग गर्ने प्रतिवद्धता जनाए

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ