2026-10-14 08:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

आधुनिक कृषि प्रणाली तर्फ सबै कृषकहरु अघि बढनु पर्नेः नगरप्रमुख बोहरा

कमल रावल, | चैत १५, अछाम | मंगलसेन नगरपालिकाका प्रमुख पदम बहादुर बोहराले परम्परागत कृषि प्रणाली भन्दा आधुनिक कृषि तर्फ सबै कृषकहरु अघि बढनु पर्ने बताउनु भएको छ । 

मंगलसेन नगरपालिकाको वडा नम्बर १ र ३ मा संञ्चालित खाद्य सुरक्षा कार्यक्रमको अनुगमनको क्रममा वडा नम्बर १ को कुन्तिमा भएको कृषकसँगको छलफलमा बोहराले कृषकलाई आत्म निर्भर बनाउन नगरपालिका मार्फत थुप्रै कार्यक्रम संञ्चालन भएकाले सबैले यसको सही सदुपयोग गर्नु पर्ने बताउनु भयो । कृषि खेती गरिरहदा कुन्तिका कृषकको पानीको समस्यालाई समाधान गर्न आफु लागि पर्ने बताउनु भयो । 

जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला कृषि बिकास कार्यालय र जिल्ला पशुसेवा कार्यालय मार्फत संञ्चालित बाख्रा पालन, खोण ब्याबस्थापनको अबस्था, गहु तथा आलुमा कृषि मार्फत पाठशाला, खानेपानी योजना, सुनौला हजार दिन मार्फत ब्याबहार परिवर्तको बारेमा जानकारी लिईएको थियो । समुदायको जिबिको पार्जनका लागि वडा नम्बर ३ बिरोल तोली टोल र वडा नम्बर १ को कुन्ति टोलमा २५÷२५ जनाको समुह मार्फत ६ लाख अनुदान सहीत ५० वटा उचित बाख्राका खोण बनाईएका छन । 

कृषकका लागी कुन्तिमा तरकारी खेतीका लागि सहयोग गरिएको थियो । अनुगमन पछी कृषकसँग गरिएको अन्तरक्र्रियामा सहयोगले आफुलाई कृषि पेशामा आत्म निर्भर बन्न टेवा पुगेकाले आगामि दिनमा अझै सहयोग अपेक्षा रहेको बताएका थिए । तरकारी खेती गरिरहदा पानीको समस्या रहेकाले नगरपालिकाले पानीको ब्याबस्थापनका लागि सहयोग गर्नु पर्ने माग गरेका थिए । अनुगमन टोलीले कृषकलाई गएको सहयोगले किसान आत्म निर्भर बन्दै गएकाले कार्यक्रम प्रभाबकारी भएको बताएका थिए । 

अनुगमन कार्यक्रममा मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहरा, कार्यकारी अधिकृत गणेश प्रसाद जैसि ढुगाना, सबै वडाका वडा अध्यक्ष, जिल्ला पशुसेवा कार्यालय, रुडेक नेपालका कर्मचारी, जिल्ला स्थित संञ्चारकर्मिको सहभागिता रहेको थियो । साथै उहाँले आजै कुन्तिवण्डाली स्वास्थ्य चौकीको अबस्थाको बारेमा जानकारी लिनु भएको छ । साथै नगरप्रमुख बोहराले स्वास्थ्य संस्थामा भौतीक अबस्था नाजुक भएकाले आगामी दिनमा समस्या समाधानका लागि पहल गरिने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश