2026-09-13 03:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटका स्याउ बिक्रि भएपछि किसानहरु उत्साहित

भदौ १८, कालिकोट । जिल्लाका स्याउ किसानहरुले बारीमा नै राम्रो मूल्य पाउँदा उत्साहित भएका छन् । बिगतमा कर्णाली राजमार्गमा पुर्याउँदा थोरै मूल्य पाउने किसानहरूले अहिले बारीमा नै स्याउको राम्रो मूल्य पाउँदा उत्साहित भएका हुन्।  विगतमा बारीबाट कर्णाली राजमार्ग स्याउ पुर्याउँदा पनि व्यापारीहरूले २५ देखि ३० रुपैयाँमा प्रतिकिलो दिने गरेको भए पनि अहिले स्याउ बारीमा नै व्यापारीहरूले प्रतिकेजीको ६० रुपैयाँमा बिक्री हुन थालेपछि स्याउ किसानहरू उत्साहित भएका हुन्।

व्यापारीहरू स्याउ किसानहरूको बारीमा नै पुगेर स्याउ किन्ने गरेको र स्याउ बाली राम्रो भएका कारणले स्याउबाट किसानले राम्रो आम्दानी लिएको तिलागुफा नगरपालिका प्रमुख रतनबहादुर शाहीले बताए। ‘किसानले स्याउ बेच्नकै लागि बजार जानु गरेको छैन’ उनले भने, ‘व्यापारीहरू स्याउ किन्नका लागि किसान कै घरमा आउन थालेका छन्।’

विगतका दिनमा स्याउ बिक्री गर्नका लागि राजमार्गमा स्याउ पुर्याउनु पर्ने आफूले भनेको मूल्यमा नपाउने गरेकोमा यो वर्ष भने स्याउ बारीमा नै व्यापारी स्याउ किन्न थालेको तिलागुफा नगरपालिका–४ फोइमहादेवमा किसान नरपति कटुवालले बताए। ‘स्याउ बारीमा नै व्यापारीहरु स्याउ किन्न आउने गरेका छन्। स्याउको मूल्य पनि राम्रो दिएका छन्’ उनले भने,‘अहिले बारीमा नै व्यापारीहरूले ६० रुपैयाँ प्रतिकेजी दिने गरेका छन्।’

स्याउ किसानले राम्रो मूल्यमा स्याउ बिक्री हुन थालेपछि किसानको आम्दानी बृद्धि भएको र किसानलाई सहुलियतमा स्याउ बिरुवा बितरण गर्न थालिएको तिलागुफा नगरपालिका प्रमुख शाहीले बताए। ‘कालिकोटको आम्दानीको स्रोत नै स्याउ बाली हो’ उनले भने,‘हामीले स्याउमा बिरुवामा अनुदान समेत दिएका छौं।’ १२ हजार मेट्रिक टन स्याउ फल्यो जिल्लाका तिलागुफा नगरपालिका–१० हजार मेट्रिकटन र अन्य ठाउँमा दुई हजार मेट्रिकटन स्याउ फलेको जिल्ला कृषि विकास कार्यालय कालिकोटले जनाएको छ।

तिलागुफा नगरपालिका यस आर्थिक वर्षमा स्याउ बाली लगाएको क्षेत्रमा ८० प्रतिशत स्याउ फलेको र १० हजार मेट्रिकटन स्याउ उत्पादन भएको तिलागुफा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गोबिन्दप्रसाद देवकोटाले बताए। ‘स्याउ बाली लगाएको क्षेत्रमा ८० प्रतिशत स्याउ बिरुवाले दाना दिएको छ’ उनले भने, ‘हाम्रो नगरपालिकामा १० हजार मेट्रिक टन स्याउ फलेको अनुमान गरेका छौं।’ जिल्लाका अन्य स्थानीय तहहरुमध्ये खाँडाचक्र नगरपालिका, रास्कोट नगरपालिका र पचालझरना गाउँपालिकामा क्षेत्रमा करिब दुई हजार मेट्रिक टन स्याउ फलेको जिल्ला कृषि विकास कार्यालय कालिकोटका बागवानी अधिकृत भक्तिराम शर्माले बताए।

‘सबैभन्दा बढी तिलागुफा नगरपालिका स्याउ फलेको छ’ उनले भने,‘त्योभन्दा अन्य क्षेत्रमा कमै स्याउ फलेको छ ।’ कर्णाली प्रदेशका जुम्ला, मुगु र कालिकोट जिल्लाबाट स्याउ निर्यात गर्ने काम सुरु भएको छ। भदौं महिना सुरु भएसँगै स्याउ निर्यात सुरु भएको हो। कर्णालीबाट निर्यात गरिएको स्याउ नेपालका प्रमुख व्यापारिक शहरहरू सुर्खेत, नेपालगञ्ज, दाङ, बुटवल, चितवन, काठमाडौं र विराटनगरमा पुग्ने गरेको व्यापारी मुनबहादुर थापाले बताए।

जिल्लाको स्याउको राजधानीका रुपमा चिनिएको तिलागुफा नगरपालिका–१ बजेडीचौर टोलका किसानले ४५ लाखको स्याउ बिक्री गरेका छन्। बजेडीचौर टोलका ३१ घर परिवारले यो वर्षमा ७२ लाख बराबरको स्याउ बिक्री गरेका हुन्। ७२ घरधुरी रहेको बजेडीचौर टोलमा यस बर्ष ३१ जना किसानले स्याउ फलाएका थिए। ३१ जना किसानहरूमध्ये अधितम धेरै स्याउ बेच्ने सात लाखको स्याउ बिक्री गरेका थिए भने कम बेच्नेले ६ हजारसम्मको स्याउ बिक्री गरेका छन्।

बजेडीचौर टोलका सबैको स्याउ रोपेका थिए। तर कसै कहाँ स्याउ राम्रो फलेको छ भने कसै कहाँ कम फलेको छ। तर राम्रो स्याउ फलेका कृषकहले भने राम्रो आम्दानी लिएको स्याउ किसान पृथ्वीबहादुर बुढाले बताए। ‘यो टोलमा स्याउ बेचेर सबैले राम्रो आम्दानी लिएका छन्’, उनले भने, ‘यो वर्षको कसैको बारीमा स्याउ नै फलेन।’ बजेडीचौर टोलबाट सबैभन्दा बढी बेगम शाहीले सातलाख रुपैयाँको स्याउ बिक्री गरेका थिए। त्यसैगरी सबैभन्दा कम ६ हजार रुपैयाँको स्याउ ३ जना किसानले बेचको बजेडीचौरका स्याउ किसान मनबहादुर बुढाले बताए। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले