२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

महाकालीबाट उखु भारत निर्यात हुन थाल्यो

२३ पुष २०७५, सोमबार ०१:३२

पुष २३, भीमदत्तनगर (रासस) | उचित मूल्य पाउन थालेपछि कञ्चनपुरको महाकाली नगरपालिकामा उत्पादित उखु भारतीय बजारमा निर्यात हुन थालेको छ । 

स्थानीय साना गुड उद्योगभन्दा सीमापारि भारतीय बजारमा सञ्चालित उद्योगमा उखु बिक्री गर्दा मुनाफा बढी हुने भएकाले उखु किसान बिक्रीका लागि भारत जाने गरेका छन् । 

दुई वर्षअघि रु १५ लाख ऋण लिएर पदमा गुड उद्योग सञ्चालनमा ल्याएका चाँदनीका स्थानीयवासी पुरनबहादुर चदारोले गुड उद्योग फष्टाउन नसकेको बताउनुभयो । 

“भारतीय बजारमा उखुको मूल्य बढी भएपछि दोधारा चाँदनीका किसान उखु बिक्री भारतमै गर्छन् ।” उहाँले भन्नुभयो, “भारतीय गुड यहाँको भन्दा सस्तो भएकाले पनि स्थानीय उद्योग फष्टाउन सकेनन् ।” भारतीय बजारमा उखु मूल्य प्रतिक्विन्टल ४०० भारुमा बिक्री हुन्छ, भने नेपाली बजारमा रु ४०० नेपालीमा बिक्री हुने गरेको छ । उद्योग सञ्चालन गरेका चदारोले आफूले पनि तीन बिघा जमीनमा उखुखेती गरेको बताउनुभयो । 

“उखुको उचित मूल्य निर्धारण नहुनुले पनि किसान मारमा परेका छन् ।” उहाँले भन्नुभयो, “स्थानीय उद्योगलाई सहयोग पुग्ने गरी मूल्य निर्धारण गर्नुपर्छ ।” उहाँका अनुसार भारतीय गुड प्रतिकिलो रु २० र नेपाली गुड रु ४० मा बिक्री भइरहेको छ । १५ जनालाई उद्योगमा रोजगारी समेत दिएका चदारोले गुडबाट वार्षिक रु एकलाखभन्दा बढी मुनाफा भइरहेको बताउनुभयो । उखुबाट राम्रो आम्दानी हुन थालेपछि दोधारा चाँदनीमा अधिकांश किसान उखु खेतीतर्फ आकर्षित भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य