2026-07-26 06:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

खरीमा खरी पिडालुको व्यवसायिक खेति: उपभोक्तालाई पौष्टिक आहार, कृषकलाई व्यवसायिक फाइदा

अनिल अधिकारी | कात्तिक २५, धादिङ | ज्वालामुखि गाउँपालिका वडा नम्बर ५ खरीमा वडा कार्यालयको सहयोगमा स्थानीय किसानहरुले खरी पिडालु खेति गरेका छन् । उक्त पिडालु खेति जन कल्याण कृषि समुहमा रहेका कृषकहरुले सामुहिक रुपमा उत्पादन गरेका हुन् । 

खरीमा पहिलेदेखिनै खरी पिँडालुको खेति हुने गरेकोमा पछिल्लो केहि बर्ष यता कृषकहरुको समुहले सामुहिक रुपमा खरी पिडालुको व्यवसायिक खेति गरेको यो पहिलो पटक हो ।

सामाजिक संजाल मार्फत ज्वालामुखी वडा नम्बर ५ का वडाध्यक्ष कृष्ण प्रसाद काप्रीले कृषकहरुले उत्पादन गरेको खरी पिडालु बिक्रीको लागि तयार रहेको जानकारी दिएका छन् । वडा कार्यालयले वडामा खरी पिडालु खेति गर्ने बिषयलाई प्राथमिकतामा राख्दै कृषकलाई अनुदान दिने घोषणा गरेपछि कृषकहरुले सफल रुपमा खेति गर्न सफल भएका हुन् । 

खरी पिडालु अन्य पिडांलुकै एक जात हो । सामान्यत: पिडालु गोलाकार हुने भए पनि खरी पिडालु लामो हुन्छ । एक वर्षे तरकारी बालीको रुपमा रहेको पिडालुको पातबाट ताजा अवस्थामा गाभा र पिडालुको पातलाई तातोमा खंगारेर ‘खंगारेको गाभा’ को रुपमा लामो समयसम्म पनि तरकारीको रुपमा खान सकिन्छ । 

त्यसो त पिडांलुको डाँठ, पात र गानो तिनै थोक तरकारीको रुपमा प्रयोग गरिने हुँदा यसको खेति व्यवसायिक रुपमा पर्वर्धन गर्न सकिने हो भने कृषक र उपभोक्ता दुवैलाई निकै फाइदाजनक हुन्छ । पिडालुको गानोमा स्टार्च प्रशस्त पाइन्छ जसमा १७ देखी २५ प्रतिशत एमाइलोज हुन्छ । यसका साथै पिडांलुमा सबैभन्दा बढी चिस्यान, चिल्लो, रेसा, क्यालोरी, फस्फोरस, क्याल्सियम, सोडीयम, प्रोटिन, खनीज पदार्थ, कार्बोहाइड्रेट, आइरन, पोटासीयम, भिटामीन बी, राइबोफ्लाबिन, थायमिन, निकोटिनीक एसिड लगायतका मानव सरिरलाई अत्यावश्यक पर्ने पौष्टिक तत्वहरु पाइन्छन् । 

पिडांलु गर्मी हावापानीमा हुने बाली हो । बलौटे माटोमा पिडांलु खेती राम्रो हुन्छ तर खेति लगाउँदा प्रशस्त मात्रामा प्राङगारीक पदार्थ हुन पर्दछ । हल्का तर दोमट माटोमा पिडांलुको गाना ठूलो लाग्छ । त्यसोत चिम्टाइलो माटोमा पनि पिडालु खेती हुन्छ । 

ठूला पिडांलुसंगै सानो गाना भएका पिडालु पनि हुन्छ । सानो गाना भएमा गाउँघरमा त्यसलाई बिउको रुपमा प्रयोग गरिन्छ । टुसा पलाएको साना गानोहरु बीउको रुपमा प्रयोग हुन्छ भने गानो ठूलो भएमा २ देखि ३ आँख्ला राखि काटेर पनि पिडालु रोप्न सकिन्छ । 

खरीमा खरी पिडालुको खेति किन ?  

नामैले पनि खरी भएको हालको ज्वालामुखी वडा नम्बर ५ साविकको खरी गाविसले परिचित ठाउँ हो । पहाडी भेग, त्यसमा पनि सिंचाईको राम्रो प्रवन्ध नहुँदा यहाँ सिंचाई आवश्यक पर्ने वालीहरु लगाउन कृषकहरुको लागि निकै असहज हुन्छ । परापुर्व कालदेखिनै यहाँ पिडालु, कोदो, बदाम लगायत सिंचाई आवश्यक नपर्ने खेति बढी हुने गरेकोमा यहाँ पिडालुको व्यवसायिक खेतिमा कृषकहरुको ध्यान तान्न सकिए कृषकहरुको जीवनस्तर उकास्न सकिने प्रसस्त आधारहरु छन् । उपभोक्तामा यसको महत्वबारे जानकारी गराउन सक्ने यसको बिक्रि सहज हुने र व्यवसायिक रुपमा यसको खेति गर्ने किसानहरु पनि उत्साहित हुन सक्छन् । 

पिडालुमा पाइने पौष्टिक तत्वको प्रचुर मात्राबारे जानकार नहुँदा पनि उपभोक्तामा पिडालुको माग कम रहेको बुझिएको छ । काठमाडौँबाट ४ घण्टाको मात्र दुरीमा रहेको यो गाउँका किसानले उत्पादन गरेको पिडालु काठमाडौँसम्म बिक्रिको लागि ल्याउन सकिने र उपभोक्तालाई यसको फाइदाबारे जानकारी दिन सकिने हो भने पिडालुको बजार सहज हुन्छ । बिशेष गरि पिडालुको डाठ, पात र गानो तीनै कुरालाई तरकारीको रुपमा बजारमा बेच्न सकिन्छ । त्यसो त बिक्रि नहुने खालको डाठ पशुपालन गर्नेहरुले पानीमा पकाएर पशुलाई खुवाउन सक्छन् । त्यस्तै पिडालुको प्रयोग कालो दाललाई बाक्लो बनाएर दैनिक खानामा थप पौष्टिक आहार युक्त बनाउन सकिन्छ । आम उपभोक्ताले दैनिक खानामा दालको प्रयोग गर्ने हुँदा हतारको समयमा दालसंगै पिंडालु काटेर कुकरमा २/३ सिट्ठी लगाईदिने हो भने तरकारीको समेत काम गर्छ ।

उत्पादनमा सहज 

पिडांलु बालीमा खासै रोग कीराको समस्या भएको पाइदैंन । पात खाने कीरा र खुम्रे किराको समस्या हुन सक्छ तर त्यसको समाधानको लागि पात खाने कीरा लागेमा थायोपात र गानो डन २ मि.ली प्रति लिटर पानीमा मिसाइ छर्कने र खुम्रे कीराबाट जमिन बचाउने हो भने बाली लगाउने तयारी गर्दा २० किलो मालाथायन धुलो प्रति हेक्टर जग्गामा छर्नु पर्दछ । पिडांलु बाली लगाउँदा कट्टुसको रुखको स्याउला काटेर बाली लगाईसकेपछि छापो लगाउने चलन छ । छापो दिएको छ भने गोडमेल धेरै गर्न पर्दैन । यदी छापो लगाइएको छैन भने झारपात हटाउन, माटो खुकुलो पार्न गोडमेल आवश्यक हुन्छ । बाली लगाएको २ महिना पछि १०/१५ दिन भित्रमा पुराना पातहरु निकालेर २/३ पात मात्र बाँकी राख्नाले पिडालुको गानो ठूलो हुन्छ । 

Photo: Krishna Kapri 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ