Skip to content
Friday, July 17, 2026 Nepali Online Media

प्रदेश नम्बर-२ राष्ट्रको समृद्ध र विकासका स्रोत

By साझासवाल 9 मिनेट पढाइ

पढ्न करिब 4 मिनेट लाग्छ
प्रकाशित:

सरोज यादव | सर्लाही | पुर्वी नेपालको सप्तरी देखि पश्चिम् पर्सा सम्म ८ वटा जिल्लालाई समेटिएर बनाएको प्रदेश हो । मधेसी आदिवासी  सामुदायको बहुलियता रहेको सप्तरी,सिरहा,धनुषा,महोत्तरी,सर्लाही,रौतहट, बारा र पर्सा जोडिएको २ नम्बर  प्रदेश हो । भारतको बिहार संग सिमा जोडिएको यो  प्रदेश हिमाल र पहाड नगाभिएको एक मात्रै प्रदेश रहेको  छ।  तराईको समथर भूगोल भएकाले अरु प्रदेश  भन्दा यो प्रदेशमा  ठुलो अधोगिकक्षेत्र कलकारखाना   रहेको छ ।

मुलुकका लागि सबै भन्दा  बढी राजस्व बुझाउने कलकारखाना र भारत संग सिमाना जोडिएको बिरगंज भन्सार कार्यालय सहित सबै जिल्लामा सहाय (सानो) तथा (ठुला) प्रमुख भन्सार कार्यालयले संकलन गरेको राजस्वले मुलुकलाई आर्थिक विकासमा ठुलो सहयोग पुर्याउदै आएको प्रदेश पनि हो । समग्रमा यो प्रदेश आर्थिक रूपमा बलियो प्रदेश रहेको देखिन्छन् ।

जनकपुरको चुरोट कारखाना लगायत कयौं साना उद्योग बन्द रहेका छन्  ।  पुर्व पश्चिम् राजमार्ग संग जोडिएको यो प्रदेश कृषि,ब्यापार ब्यवसाय संग जोडिएका छन् । हरियो झाडपात,वन जङ्गल , उष्ण प्रदेसिय बागवानी रहेको यो प्रदेशमा हजारौं  हेक्टर एलानी जग्गा रहेको छ।  खेतीयोग्य जमिन भएकाले तराईका यो प्रदेशलाई अन्न भणडारको रुपमा चिनिन्छ ।

हरियो तरकारी  , मतसय र पशुपालनका लागि पनि यो प्रदेश प्रसिद्ध  छ ।  जलविद्युत सहित प्राकृति स्रोत सधन न्यून भए पनि  यहाँ पर्यटन केन्द्रका रूपमा  रहेको पर्सा बन्यजन्तु  राष्ट्रिय निकुञ्ज धार्मिक स्थल,मठ मन्दिर र तालले यो प्रदेश पर्यटनका अधारहरु छन् । सर्लाही स्थिति चन्द्रनगरको ५२ बिघामा फैलिएको नाढिमन ताल  जस्ता सयौं साना (पोखरी)तालले यो प्रदेशमा मुलुकमै आगाडी छ्न ।

एतिहासिक धार्मिक पुरातात्त्विक महत्त्व बोकेको धार्मिक स्थल मिथिला नगरी जनकपुरधामको राम जानकी मन्दिर, बाराको कन्काली मन्दिर,बलि पूजाका लागि प्रख्यात एसियामै प्रसिद्ध बाराको गढिमाई मन्दिर लगायत  नेपालको धार्मिक र पर्यटनका महत्त्वका अधारहरु रहेका छन्  ।

९ हजार ६ सय ६१ वर्ग किलोमिटर फैलिएको यो प्रदेश हुलाकी सड्क संजालले छोएको छ । राष्ट्रिय गौरवको आयोजनाले राजधानी  जोडिने तराई  मधेस काठमाडौं द्रुत मार्ग, निजगढ अन्तर्राष्ट्रिय विमान स्थल पुर्व पश्चिम् रेल मार्ग निर्माण, हुलाकी सड्क संजाल निर्माणकार्यले  यो प्रदेश भविस्यमा अरु प्रदेश भन्दा विकसित प्रदेशको रूपमा विकास हुने सम्भावना धेरै छ ।

२७ लाख ६७ हजार तीन सय मतदाता रहेको यो प्रदेशमा प्रदेश सभाका लागि प्रत्यक्ष तर्फ ६४ जना र समानुपातिक तर्फ ४३ जना प्रदेश प्रतिनिधि रहने यो प्रदेशका स्थानीयवासी जनप्रतिनिधिबाट धेरै अपेक्षा रहेको छ ।

राजनीति आन्दोलनको केन्द्र  बिन्दु  भनेको यो प्रदेश हो । जहाँबाट मधेस केन्द्रित दल सहित ठुला पार्टीहरुको राम्रो पकड रहेको प्रदेश  हो । आज सम्म नेपालको राजनितीमा परिवर्तन आए पनि देश विकास निर्माणमा परिवर्तन नआउँदा यो प्रदेश चरम राजनीतिक मार परेको छ । जस्ले गर्दा अशिक्षा,गरिबी र बेरोजगारीको मुख्य समस्याको रुपमा उच्च रहेको छ । साथै शिक्षा, स्वास्थ्य ,खनेपानी, सड्क बाढीपहिरो नियन्त्रणका सथै चुरे संरक्षण गर्नु पनि आवश्यक छ ।

२०६२/०६३ देखि यताको आन्दोलनको मारमा परेको यो प्रदेशको उद्योग,ब्यबसाय र बेरोजगारीले युवा कामका लागि भारत लगयत मलेसिया सहितको खाडीमुलुकमा प्रवेश गरेको  संख्या उच्च स्थानमा रहेको छ । आउने दिनमा युवालाई स्वदेशमै रोजगारको ग्यारेन्टी गर्दै शिक्षा स्वास्थ र समाजिक विकासमा नेतृत्वको पहुँच गर्ने हो भने २ नम्बर प्रदेश मुलुककै समृद्ध बन्ने छ । यो प्रदेशमा प्रयाप्त खाली जग्गा भएको स्थानमा थप उद्योग कलकारखाना बिस्तार, बन्द कलकारखाना पुनः सन्चालन गर्दै युवालाई स्वरोजगारका लागि रोजगारदाताको भुमिका निर्वाह गर्न सक्नुपर्छ । जस्ले २ नम्बर प्रदेश अरु प्रदेश भन्दा फरक विकास गर्न सकिने धेरै स्रोत रहेका छन् ।

राजस्वले मुलुकलाई ७० प्रतिशत आर्थिक भार दिदै आएको  २ नम्बर  प्रदेशले आफैलाई व्यवस्थापन गर्न  सकियो भने अरु प्रदेश भन्दा  २ नम्बर प्रदेश  समृद्ध  नमुना प्रदेशको रूपमा विकसित गर्न सकिन्छ ।  अन्तयमा  आउने नयाँ प्रदेश प्रतिनिधि, राजनीति दल र नागरिक समाजले प्रदेशमा देखिएको समस्या चुनौती र व्यवस्थापनका लागि स्थानीय तहबाटै  सम्बाद आवश्यक हुन्छ भने नेतृत्वकर्ताको निति  र नियत दुबै सहि हुन् सके प्रदेश नम्बर दुई मुलुककै समृद्ध र विकसित प्रदेशको रूपमा बिस्तारका हुने सम्भावना प्रबल छ ।