2026-10-17 10:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

चर्चामा बैतडी र रौतहट

यतिखेर रौतहट र बैतडी चर्चामा छन् । रौतहटमा विस्फोटका घाइतेहरूलाई इ“टाभट्टामा लगेर मारिएको रहेछ भने बैतडीमा हालै सडक खन्दा अनधिकृत रूपमा प्रयोग गरिएको डोजरले आफ्नो खेत मासेको भनी विरोध गर्ने महिलालाई पेलेर मार्ने कोसिस गरको थियो । यद्यपि यी घटना भनेजस्तो नभएको प्रतिक्रिया समेत आइरहेका छन् । 

‘इहवा“ के ढेलो बोलेला’ अर्थात् यहा“को माटोको डल्लो पनि बोल्छ, यो रौतहटमा प्रचलित आहान हो । ठीक त्यस्तै बैतडीमा सडक खनिएको ग्वाल्लेक धाम वरपर ‘कंकर–कंकरमा शंकर ’अर्थात् त्यहा“का प्रतेक शिलाखण्डमा शिवजी रहेको जनविश्वास छ । त्यस क्षेत्रमा पनि ‘हुक्काउने बल्ल झट्ट काठा लोटन्छ’ भन्ने आहान प्रचलित छ । यसको शाब्दिक अर्थ हो, यहा“ जुध्नको लागि डुक्रिने गोरु चा“डै भीरबाट खस्छ । अझै पनि मर्कामा पर्दा माटी घत्याउने अर्थात् माटोलाई गुहार्ने गरिन्छ । यो सन्त्रासको समयमा माटो र ढुंगा निःशब्द मानिएलान् र हुन सक्लान् पनि । तर पापको घडा भरिएपछि समयले आफै निसाफ खोज्छ भन्नेमा नेपाली समाज अझै विश्वस्त भइ बसेको छ ।

कुरा ग्वाल्लेक सडकको हो । शक्तिको आडमा उपभोक्तालाई आतंकित पार्ने यो घटनालाई सडक बनाउन दिने र नदिने बीचको सामान्य घटनामात्र मानिनु हु“दैन । यो दानवी लीलाको पछाडि कुन अदृश्य शक्ति थियो ? जनताले जान्न चाहेका छन् । प्रतिनिधि निकायलाई सामेल नै नगराई कानुनले प्रयोग गर्नै नपाइने डोजरको हठात् प्रयोग गरी तियामेनचोक शैलीमा चलिरहेको मेरो देशको कथित विकासपथ कसका लागि बनिरहेको छ ? भुइ“ यथार्थले प्रस्टिने नै छ । यो कामको लागि जिम्मेवार दण्डित हुनुपर्छ । डोजर चालकलाई मात्र बलिको बोको नबनाई पर्दा पछाडि बस्ने माफिया सञ्जाललाई नेतृत्व वर्ग मानिरहने आडम्बरी स्थितिको पर्दाफास समेत भएमा न्याय कहिल्यै नमर्ने विश्वास झन् बलियो हुने थियो ।

– भानदेव बडु, दसरथचन्द नपा–७, बैतडी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु