२०८३, ६ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

क्वारेनटिन अनुभव: सकारात्मक सोचले जितेको नकारात्मक रोग

२०७७, २४ असार बुधबार १५:१२

कोरोनाले विश्व आक्रान्त भएको अहिलेको अवस्थामा विश्वमा कोरोनाका कारण भएका हरेक गतिबिधिहरुमा हामीले सामाजिक सन्जालमा पढियो हेरियो । कतै बाटोभरि पैसा, त कतै कोरोना लागेकै कारण आत्महत्या लगायत धेरै उतारचढावहरु देखिए । त्यसैले यसको प्रत्यक्ष असर नेपालमा पनि पर्नु सामान्यनै मान्नु पर्छ । दुनियामा पैसा भएर मात्र पनि केहि हुन्न रहेछ भन्ने गतिलो शिक्षा यो कोरोनाले दिएको छ । यदि पैसा र शक्तिले कोरोनाबाट बच्ने भए सायद अमेरिका यस्तो महामारीमा फस्ने थिएन होला । गाउँ छोडेर शहर पस्ने अनि गाउँको अर्ग्यानिक खानपिनलाई छोडेर सहरिया खानपिनमा रमाउन थालेका हामी अधिकांश नेपालीलाई पनि कोरोनाले गाउँनै ठिक रहेछ अनि गाउँकै पानी र गाउँकै खानपान ठिक रहेछ भन्ने पाठ पनि सिकाएको छ र गाउँको तुलनामा शहरमा संक्रमण पनि धेरै देख्न सकिन्छ । 

मध्यमबर्गिय परिवारमा जन्मेको म आफ्ना असिमित आवश्यकतालाई केहि हदसम्म पुरा गर्न र बिग्रेको ब्यवहार्लाइ सुधार्न परदेशिएको म आफ्नो भाग्य अनि देशको सिस्टमले बिगत नौ महिनादेखि अलपत्र परेर युएइमा बसेर एनआरएन युएइ तथा राजदुतावास अनि पत्रकारहरुको बिशेस पहलमा नेपाल आउन सफल भएर आफ्नो स्थानिय क्वारेनटिन झापाको अर्जुनधारा नगरपालिकाको क्वारेनटिन शनिश्चरे माबिमा आईपुगें ।

असार ९ गते बेलुका म यस शनिस्चरे माध्यमिक बिध्यालयको क्वारेन्टिनमा आएको थिएँ । सामाजिक संजालमा धेरै देखेको थिएँ अनि सुनेको थिएँ  यस क्वारेन्टिनको बारेमा तर यो अवस्थामा भने प्रत्यक्ष अनुभव गर्ने मौका पाए मैले । नेपालको नै नमुना क्वारेनटिन भन्ने सुनेको थिएँ, जब म त्यहाँ त्यहा दिन बिताउन थाले तव मलाइ पनि लाग्न थाल्यो कि सामाजिक सन्जालमा हरेक ठाउको क्वारेन्टिन यस्तो-उस्तो यसो भयो उसो भयो भन्ने सुन्नमा आइरहन्थ्यो तर यो त साचिकै पारिवारिक वातावरण भएको अनि नगरपालिका देखि लिएर स्थानिय समाजसेवी, संघ संस्था, पत्रकार  सबैले नेपालको उत्तम क्वारेन्टिन बनाउन भरमजबुर प्रयास गरेको पाएँ र त्यो प्रयास सार्थक हुँदै गएको पनि एकै दिन ४२ जना नेगेटिभ रिपोर्ट आएर घर फर्कनुलाई लिन सकिन्छ ।

क्वारेन्टिनको ११ औं दिनको बसाइलाई स्मरण गर्दा यस अर्जुनधारा नगरपालिकाका मेयरज्युलाई सम्झनैपर्ने हुन्छ, वहाकै नेतृत्व अनि सम्पुर्ण टिमको सकृय सहभागिताले नै यो सम्भव भएको हो जस्तो मलाइ लाग्दछ । जनपथ प्रहरी दिपक सर भुल्नै नसक्ने पात्र हुनुहुन्छ । वहाको पिटि  अनि उहाँको बोलाइ-हसाइ जोक्सले हामीलाई क्वारेन्टिनमा छौं भन्ने आभास नै गर्न दिएन भने एपिएफका ठकुरी सर पनि सम्झन योग्य रहनुभयो, वहाको अनुशाशन सम्बन्धिको शिक्षा, निति-नियमको पालनाले पुरै क्वारेनटिन्लाई अनुशाशित र मर्यादित बनाएको कुरा सम्झन योग्य रहयो । त्यसै गरि स्वास्थ्य टिमका सर-मेमहरु जो बिहान ६ बज्दा ज्वरो नाप्न हाजिर हुने अनि फेरि १२ बजे र बेलुका ५ बजे ज्वरो नाप्नुका साथै औषधि, मास्क लगायत दैनिक आवस्यक समानको बितरण प्रसंशायोग्य रहयो भने यस अर्जुनधारा नगरपालिका स्वास्थ्य प्रमुख मुकुन्द बस्नेतज्यु को त जति नै प्रशम्सा गरेर पनि कम्ति नै हुन्छ । हरेक कोठाको सरसफाइ सेनिटाइज गर्न आफै स्प्रे बोकेर नडराइ हरेक कोठा-कोठा जाने अनि हाम्रा हरेक समस्याको तुरुन्तै समाधान गर्ने अनि वहाको पोजेटिभ र मिठो सुझाव-सल्लाह पनि हामी नेगेटिभ हुनुको प्रमुख उपचार हो भन्ने मलाइ लाग्यो । हामीलाई टेम्पुमा हरेक दिन बिहान ७ बजे नास्ता अनि १० बजे खान फेरि २ बजे नास्ता र बेलुका ७ बजे खाना ल्याउने दाइ अनि त्यो खाना र तातो पानी बितरण गर्ने मेमहरुको सेवा पनि सम्झन योग्य नै थियो । योग गुरु डा . रमेश पोख्रेल ज्युको योगा र नैतिक शिक्षाले हामिलाई क्वारेन्टिनमा होइन कहि उच्च शिक्षाको लागी प्रशिक्षण गराइदै छ भन्ने आभास हुन्थ्यो ।

स्थानिय समाजसेवी तथा पत्रकार रमेश समदर्शि ज्यु अझ सम्झन योग्य रहनु भयो । हरेक दिन बिहानदेखि बेलुकासम्म क्वारेन्टिनमा नै रहेर सबैको केयर तथा ब्यवस्थापनमा खटिइरहनु भयो भने सामाजिक अभियन्ता तथा समाजसेवि कमल पोख्रेलज्यु हरेक दिन कहिले नास्ताको ब्यवस्था कहिले टि-सर्टको ब्यवस्था अनि कहिले मास्क त कहिले प्याड अनि कहिले टाढा जानेलाई यातायातको ब्यवस्था हरपल हाम्रो सेवामा समर्पित रहिरहनु भयो भने समाजसेवी तथा सामाजिक अभियन्ता बिस्णु आचार्यज्यु तथा भरत यादवज्युको साथ सहयोग अनि असार पन्ध्रको दहि चिउरा लगायतका सहयोग अविस्मरणिय रह्यो । सबैको नाम त मैले जानिन तर त्यहाँ हाम्रो सेवामा जति खटिनु भएको थियो, सुरक्षाकर्मि अनि स्वास्थ्यकर्मि तथा ब्यवस्थापन टिम सबैको सक्षम उपस्थितिले नै यस शनिस्चरे क्वारेनटिनलाई नेपालको नमुना क्वारेनटिन बनाउन सफल बनाएको छ । 

क्वारेन्टिन को ११ दिनको बसाइमा धेरै साथीहरुसँग पनि संगत भयो र उहाँहरुको पोजिटिभ सोचले नै हामि नेगेटिभ भएर क्वारेनटिनबाट होम क्वारेन्टिनमा आउन धेरै सहयोग गर्यो । युएइबाट माधव तामाङ भुल्नै नहुने नाम शिक्षित, सालिन सधै पोजेटिभ मात्र सोच्नु हुने तर प्राबिधिक कारणले हामीसंगै बाहिर आउन नसके पनि २/३ दिन भित्र अवस्य आउनुहुनेछ । अनिल लम्साल इन्जिनियरिङका बिध्यार्थि ब्याङ्लोर भारतबाट आउनु भएका र पोजिटिभ थिन्किङ तथा सरिरलाई ब्यस्त राख्नु पर्छ भनेर हरपल नृत्य गर्ने र नृत्य गर्न प्रोत्साहन गर्ने संधै हासिरहने पोजेटिभ थिन्कर अनि हाम्रो दिपक छेत्री राजाको कुरानै नगरौँ कतारबाट आएर हामी साथमा थियौं भने मलेसियाबाट आउनु भएका सिद्धान्त भट्टराइ संधै हसाइराख्ने अनि कृष्णदास, हाम्रा अरु साना भाइहरु सबैलाई सम्झना गरेको र विशेष केसव भाइ साउदिबाट आएर हासियो-बोलियो रमाइलो गरियो पोजिटिभ थिन्किङ बढाइयो खुसि लाग्छ । पोजिटिभ बनाउने मेरो सह-क्वारेनटिन यात्री भारत चेन्नाइबाट आउनु भएको श्रेया मेमको जति नै तारिफ गरे पनि कम नै हुन्छ । नाच्न-गाउन अनि योगा देखि बिहानको मर्निङवाकमा पनि सकृय भएर उहाँको संगतले हामीलाई कहिलेपनि एक्लोपन महशुस हुन दिएन भने संधै सकारात्मक सोचलाई प्रोत्साहन गरिरह्यो । उहाँ सम्झनयोग्य रहनुभयो भने कुवेतबाट आउनु भएकी बहिनी जुनु पनि संधै हासेर नाचेर क्वारेनटिन बसाइलाई अविस्मरणीय बनाउनु हुनेमा पर्नुहुन्छ र सबैलाइ धेरै मिस गरेको छु र होम क्वारेन्टिन सकेर अवस्य फेरि एकपटक जानेछु शनिस्चरे क्वारेनटिनमा । हामी जति पनि  थियौं, सबैलाई सम्झना अनि stay safe, आफू पनि सुरक्षित रहुन र परिवारलाई पनि सुरक्षित राखौं ।

रमेश बुढाथोकी

अर्जुनधारा

झापा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ