वैशाख १६, खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ३२ शय्याको आइसोलेसन केन्द्र स्थापना भएको छ । कोरोना भाइरस सङ्क्रमित बिरामीको सङ्ख्या वृद्धि हुन थालेपछि नगरपालिकाले सो केन्द्र स्थापना गरेको हो...