2026-09-03 03:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीमा अवैध कामदारलाई वैधानिक हुने मौका

काठमाडौँ | साउदी सरकारले आफ्नो देशमा अवैधानिक रूपमा बसेका विदेशी कामदारलाई वैधानिक हुने अवसर दिएको छ।

साउदीको मिनिस्ट्री अफ ह्युमन रिसोर्स एन्ड सोसल डेभलपमेन्टले अवैध रूपमा बसेका विदेशी कामदारलाई १ डिसेम्बरदेखि २९ जनवरीभित्र वैधानिक हुने मौका दिएको हो।

जनवरी अन्तिमदेखि साउदीमा अवैध कामदार वैधानिक नभए बस्न नपाउने त्यहाँका सञ्चारमाध्यमहरूले जनाएका छन्। साउदी सरकारले दिएको अवसरको फाइदा लिन साउदीस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपाली कामदारलाई आग्रह गरेको छ।

साउदीमा ७० देखि ९० हजारभन्दा बढी नेपाली कामदार अवैध रुपमा बसेको दूतावासको अनुमान छ।

यस्तो छ दुतावासको सूचना:

हुरुब लागेका कामदारलाई जरुरी सूचना !
The Ministry of Human Resources and Social Development (MHRSD) साउदी सरकारले हुरुब लागेका कामदारहरुले २०२४ डिसेम्बर १ बाट २०२५ जनवरी २९ सम्म ६० दिनको अवधिमा हुरुब हटाई नयाँ कम्पनीमा जाने अवसर प्रदान गरेको छ । यहाँ साउदी बोलिचालिको भाषामा हुरुब भन्नाले कम्पनीले कामदार कम्पनीमा अनुपस्थित रहेको भनी अनलाईन सिस्टममा रिपोर्ट भएको अवस्था बुझ्नुपर्दछ । हुरुब भएको व्यक्तिको स्टेटस साउदीमा अबैधानिक/इल्लिगल हुन्छ ।
हुरुब हटाइ नयाँ कम्पनीमा जान के चाहिन्छ र के गर्नुपर्छ ?
किवा (QIWA) मा खाता खोलेको हुनुपर्छ । नयाँ कम्पनीबाट किवा (QIWA) मा ट्रान्सफरको लागि रोजगार सम्झौता सहितको रिक्वेस्ट मगाउनुपर्छ ।किवा (QIWA) मा Log in गरी कामदारले १० दिनभित्र अध्ययन गरी नयाँ कम्पनीले प्रस्ताव गरेको रोजगार सम्झौता स्विकार गर्नु पर्दछ ।यो कार्य २०२५ जनवरी २९ भित्र गरिसक्नुपर्नेछ ।
किवा (QIWA) के हो?
रोजगारदाता र कामदारबीच सम्बन्ध स्थापित, नियमित र संचालन गर्न साउदी सरकारद्वारा विकास गरिएको अनलाइन वेवसाइट वा प्लेटफर्म कीवा हो । किवा वेवसाइटमार्फत कामदारले कार्यअनुभवको प्रमाणपत्र प्राप्त गर्न, आफ्नो रोजगार सम्झौता हेरी स्वीकार/अस्विकार/पुनरावलोकन गर्न, रोजगारी अन्त्य गर्न, नयाँ कम्पनीहरुबाट रोजगारीको अनुरोध प्राप्त गर्न लगायतका धेरै सुविधाहरु प्राप्त गर्न सकिन्छ । यसलाई ब्राउजरमा https://qiwa.sa/en लिंकमार्फत भिजिट गर्न सकिन्छ । यसै प्लेटफर्म वा वेवसाइट मार्फत आफ्ना जिज्ञासाहरु समाधान गर्न साउदीको लेबर अफिसमा अपोइन्टमेन्ट लिन समेत सकिने व्यवस्था छ ।
हुरुब भएको नभएको कसरी थाहा पाउने ?
कामदार कम्पनीमा अनुपस्थित रहेको भनी कम्पनीले सिस्टममा उल्लेख गर्नासाथ किवामा अकाउन्ट हुने व्यक्तिहरुको Absher भएको मोबाइलमा म्यासेज गएको हुन्छ । किवामा अकाउन्ट नहुने व्यक्तिले हुरुब लागेको म्यासेज प्राप्त गर्न सकिदैन । यस्तो म्यासेज प्राप्त नभएको अवस्थामा देहायको लिंकमा गई अकमा नम्बर इन्ट्री गरेर सर्च गर्न सकिन्छ : miniurl.pro/hooroob
साथै हुरुब हटी नयाँ कम्पनीमा ट्रान्सफर भए पश्चात कामदार साउदीमा अबैधानि नहुने र नयाँ कम्पनीले अकमा बनाई बैधानिक रुपमै आफ्नो कम्पनीमा काममा लगाउन सक्छ ।
थप जानकारीको लागि साउदी गजेटको यो लिंकमा रहेको समाचार हेर्नुहुन समेत अनुरोध छ : miniurl.pro/hooroobnews
साथै प्रस्तुत विषयहरु सबै हुरुब लागेका नेपाली कामदारहरुलाई गराउनुहुन समेत सम्पुर्ण महानुभावहरुलाई यस राजदूतावासको विशेष अनुरोध छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२, ४ हजार ८७५ जना बेपत्ता रास्वपा सचिवालय बैठक जारी कृष्णभीरमा पृथ्वी राजमार्ग पुनःनिर्माण सुरु, सडक खुलाउन तीव्र तयारी सुन प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ७,६०० रुपैयाँ वृद्धि धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे