2026-10-15 08:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टर्कीबाट पाँच नेपाली निस्काशित

काठमाडौँ | टर्कीले अवैधरुपमा बसेका पाँचजना नेपालीलाई निष्काशन गरेको छ। उनीहरू गत शनिबार टर्किस एयरलाइन्सको जहाजबाट काठमाडौं आइपुगेका छन्।

अवैधरुपमा बसेको थाहा पाएपछि टर्कीको प्रहरीले उनीहरूलाई केहीदिनअघि पक्राउ गरेको थियो। निष्काशित हुनेहरूमा जीवन राज आङदाम्बे,राजु सुनुवार,गोविन्द श्रेष्ठ,नरध्वज थारु र श्रीष थापा रहेका छन्।

स्रोतका अनुसार पक्राउ परेका न‍ेपालीहरू टर्कीलाई ट्रान्जिट बनाइ युरोप र अमेरिका छिर्ने प्रयासमा थिए। उनीहरूलाई काठमाडौंबाट मानव तस्करको सञ्जालले त्यहाँ पुर्‍याएको हुनसक्ने बताइएको छ।

उनीहरूको साथमा आफ्नो राहदानीसमेत थिएन। ट्राभल डकुमेन्ट बनाएर उनीहरू नेपाल आएका हुन्। उनीहरूलाई मानव तस्करकै सञ्जालले त्यहाँ अलपत्र पारेको थियो । लुकिछिपी बसेका उनीहरूलाई टर्कीको अध्यागमन प्रहरीले पक्राउ गरी निष्काशन गरेको हो।

टर्कीमा रहेका बेला उनीहरूले क-कस्तो काम गरेका थिए भन्ने विषयमा भने खुल्न सकेको छैन।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने