पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>असोज ६, बिराटनगर । </b>बिराटनगरमा जारी रहेको बिकास निर्माणकार्य व्यवस्थित नभएको भन्दै बिराटनगरका विभिन्न कलेजका युवाहरु सडकमा आएका छन् । बुधबार बिराटनगरमा प्राज्ञिक बिद्यार्थी परिषदको आयोजनामा बिद्यार्थीहरुले नगरमा र्याली साथै बिराटनगर उपमहानगरपालिका अगाडि जनचेतनामूलक सडक नाटक समेत प्रस्तुत गरेका थिए ।<img src="http://sajhasabal.com/uploads/posts/c1c77673d7bca343c649b14ee9e6ee7b1474529859.jpg" style="width: 640px; float: left;"></p><p> अव्यवस्थित बिकास निर्माणले बिराटनगर शहर नै कुरुप भएको र सडकमा हिलोरधुलोले गर्दा हिड्न नसकिने अवस्था भएको भन्दै बिद्यार्थीहरुले आन्दोलन सुरु गरेका हुन । बिद्यार्थीहरुले बिराटनगर उपमहानगरपालिकाका सहायक अधिकृत राजेन्द्र प्रधानलाई बिकास निर्माणकार्य चाडै व्यवस्थित रुपमा सम्पन्न गर्न अनुरोध गर्दै ज्ञापनपत्र बुझाएका थिए ।<br></p>

