2026-06-20 05:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

निर्माणाधीन पक्की पुल अलपत्र हुदा डुंगाकै भर

असोज ११, संखुवासभा । संखुवासभा सदरमुकाम खाँदबारी र भोजपुरको षडानन्द नगरपालिकालाई जोड्ने अरुण नदीमा निर्माणाधीन पक्की पुल अलपत्र हुदा  स्थानीयवासी डुंगाको भरमा अरुण नदी वारपार गर्ने गर्छन् । लंसुवाघाटमा २ वर्षअघि निर्माण सम्पन्न हुनुपर्ने पक्की अझै अलपत्र अवस्थामै छ। भोजपुरको  दिङ्लाबाट संखुवासभा सदरमुकाम खाँदबारीसम्म मोटरसाइकलमा आएकाहरू पनि डुंगामा राखेर तार्छन् ।

 पुल नबनेपछि बाढी आउँदा पनि डुंगाको भरमा अरुण नदी तर्नुपर्ने बाध्यता रहेको भोजपुर दिङ्लाका स्थानीयहरु बताउछन्।  डुंगामा अरुण नदी वारपार गर्दा लाइफ ज्याकेटको प्रयोग पनि नभएको र खचाखच गरेर डुंगा तार्ने गरेको तुम्लिङ्टारका सुरेश कुमालले बताए।  डुंगा चढ्नु बाहेक यहाँ अरु कुनै विकल्प नभएको उनले बताए ।

ठेकेदार कम्पनीले  विभिन्न कारण देखाएपछि बीचमै पुल अलपत्र पारेर हिडेपछि नदि वारपार गर्न समस्या भएको हो । भोजपुरको १८ गाविसका स्थानीय दैनिक उपभोग्य बस्तुहरु किनमेल गर्नका लागि संखुवासभाको तुम्लिङ्टार र सदरमुकाम खाँदबारी आउनु पर्ने भएपनि पुल नबन्दा डुंगाकै भर पर्नु पर्छ । उक्त पुल निर्माण अनिश्चित बन्नुले संखुवासभा सदरमुककाम खाँदबारी र भोजपुरको प्रमुख व्यापारीक केन्द्र दिङ्ला विचको सडक सम्बन्ध जोडिन सकेको छैन । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ