पढ्न करिब 2 मिनेट लाग्छ

ललित बोहरा/असोज ११, डडेल्धुरा । डडेल्धुरामा पछिल्लो समय स्थानिय जातका धान, चामलको कारोबारमा बृद्धि भएको छ ।

बजारमा पाईने विभिन्न ब्राण्डका चामल भन्दा स्थानिय चामलको गुणस्तर राम्रो हुने भएकाले डडेल्धुराका अधिकांस नागरिकले स्थानिय जातको चामल रोज्ने गरेका छन । बढ्दै गएको धान चामलको बजार भाउ, विभिन्न रसायन प्रयोग गरी प्याकिंक गरिने एवं प्लाष्टिकका चामल समेत बजारमा आए संगै उपभोक्ता ठगिने गरेका कारण यहाका पहाडी जिल्ला तथा तराईमा उत्पादन भएको धान, चामल उपभोक्ताले खोज्ने गरेका छन ।

ठुला मिल प्लान्टमा चामललाई पोलिस गरिए संगै भातमा पाईने पौष्टिक तत्व, स्वाद ह्रास आउने गरेककाले स्थानिय जातका धान खरिद गरि स्थानिय मिलमा कुटाईने गरेको स्थानियले बताएका छन । आज भोली डडेल्धुराका साना उद्योग मिलमा धान कुटाउने, चामल किन्नेको दिनहु बाक्लो घुईचो देखिन्छ ।

सुदुरपश्चिमका तराईका जिल्लामा उत्पादन हुने सर्जु लगायत अन्य स्थानिय जातका चामल उपभोग गर्नेहरुको डडेल्धुरामा दिनहु संख्या बढ्दै गएको अमरगढी ८ रातागौनका मिल सञ्चालक चन्द्र पाण्डेयले बताएका छन । उनले अहिले धान खरिद गरि मिलमा धान कुटेर स्थानिय जातका चामल बिक्रि समेत गर्ने गरेको बताएका छन ।

डडेल्धुराका विभिन्न क्षेत्र तथा सुदुरपश्चिमका अधिकांस स्थानका नागरिकले स्थानिय जातका चामल खोज्ने गरेकको भए पनि आवश्यकता अनुसार आपुर्ती गर्न कठिनाई भएको बताएका छन । मिल संञ्चालक पाण्डेयले कम्तिमा पनि दैनिक रुपमा पाँच कुण्टल बढी धान कुटी चामल बिक्री गर्ने गरेको बताएका छन ।

बजारमा पाईने मोटो चामल भन्दा कम मुल्यमा स्थानिय जात सर्जु लगातका चामल पाईने तथा मसिनो चामल भन्दा राम्रो, मिठो भात हुने भएकाले यहाका नागरिकले स्थानिय जातको चामल खोज्ने गरेको उनले बताएका छन ।

उग्रतारा मिल सञ्चालनमा ल्याएका पाण्डेयले स्थानिय जातको सर्जु चामल ३८ सय प्रति क्विन्टलका दरले बिक्रि वितरण भई रहेको जनाएका छन ।