2026-09-19 04:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

उत्पादन बृद्धीका लागी पशु सेवा कार्यालय डडेल्धुराले अनुदान दिने

असोज १२, डडेल्धुरा | जिल्ला पशु सेवा कार्यालय डडेल्धुराले चालु आर्थिक बर्ष २०७३÷०७४ को बार्षिक स्वीकृत कार्यक्रम अनुसार पशु सेवा प्रसार कार्याक्रम निक्षेपित र सहकारी खेती कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

विभिन्न कार्यक्रमहरु सहकार्य गरि संचालन गर्ने लक्ष्य रहेकाले पशु सेवा सम्बन्धि समुह, समिती, सहकारी, उद्यमी, फार्महरुलाई आफुले गर्न चाहेको कार्यका लागी निवेदन दिन कृषकहरुलाई आह्वान गरेको छ । पशु सेवा प्रसार कार्यक्रम अन्तरगत व्यवासायिक कुखुरा फार्महरुका लागी जैविक सुरक्षा सामाग्री वितरण, डाले घांसको नर्सरी स्थापना, मासु पसल सुधार, डेरी पसल सुधारका कार्याक्रम रहेको जनाएको छ । गणेशपुर, असिग्राम, मष्टामाण्डौ, चिपुर, देवल, बगरकोट, गांखेत गाविसमा वोयर बोका वितरणको कार्यक्रम रहेको छ । भैसी पालन समुह, समिती, सहकारी, व्यवसायिक फर्मका लागी पाँच वटा रांगो वितरण गरिने पशु सेवा कार्यालयले जनाएको छ । अमरगढी नगरपालिका भित्र एउटा चिलर मेसिन वितरण गरिने, भँैसीको पिउने पानिका लागी रुपाल, भागेश्वर, भद्रपुर, अजयमेरु, समैजी गाविसमा पोखरी तथा आहाल निर्माण गरिने जनाईएको छ । यस्तै सहकारी खेती कार्यक्रमका लागी १÷१ को संख्यामा सहकारी बंगुर र कुखुरा पालनको कार्यक्रम रहेको छ ।

राष्ट्रपति चुरे तराई मधेश संरक्षण÷रंगुन नदी प्रणाली सघन आयोजना अन्तरगत सहकार्यमा १० वटा वायोग्यास निर्माणका लागी प्रति वायोग्यास १५ हजार रुपैया अनुदान दिने पशु सेवा कार्यालयले जनाएको छ । यस्तै सहकार्यमा ४० वटा गाई, भैसीको गोठ, गोठ सुधारका लागी प्रती गोठ १० हजार रुपैया अनुदान राखेको छ । सहकार्यमा नै ५० वटा बाख्राका खोर सुधार कार्यक्रमका लागी प्रति खोर पाँच हजारका दरले अनुदान दिईने छ । डडेल्धुराको भित्रि मधेश क्षेत्र परशुराम नगरपालिका र आलिताल गाविस क्षेत्रमा संञ्चालन हुने कार्यक्रममा गरिव विपन्न, सिमान्तकृत तथा महिलालाई प्राथमिकता दिईने छ । वायोग्यास निर्माण तर्फ पाँच गाई भैँसी अनिवार्य हुनु पर्ने पशु सेवा कार्यालय डडेल्धुराले जनाएको छ ।

युवाहरुलाई पशु उत्पादन व्यवसायिक गाई, भैसी तथा बाख्रा पालन कार्यक्रम अन्तरगत युवा लक्षित व्यवसायिक फार्म सुदृढीकरण कार्यक्रमका लागी कम्तिमा ५० प्रजन्न योग्य माउ बाख्रा र गाई भैसीको हकमा पाँच÷पाँच दुधालु गाई भैसी हुनु पर्ने, वास्तविक लक्षित वर्ग विदेशबाट फर्केको, प्राबिधिक दृष्टिकोणले उपयुक्त भएको, ५० प्रतिशत लगानी भएको हुनु पर्ने जनाईएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई